नेपाल टेलिकमका रिचार्ज कार्ड चोरी

२०७२ माघ ६।  नेपाल टेलिकमका एकसय रुपैयाँ दरका दुईसय वटा रिचार्ज कार्डहरु चोरी भएकाले ती कार्डहरु नकिन्न ग्राहकलाई सचेत गराएको छ।

सिरियल नम्बर १११५०८०३८१९२०००१ देखि १११५०८०३८१९२०२०० सम्मका रिचार्ज कार्ड आयात गर्ने क्रममा चोरी भएकाले ती कार्डहरु नकिन्न टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले आग्रह गरेका छन् । यी नम्बरका कार्ड रिचार्ज नहुने पनि टेलिकमले जनाएको छ।

त्यस्तै, टेलिकमले ती कार्डहरु भेटिएमा वा त्यसबारेमा कुनै जानकारी पाएमा नजिकको टेलिकम कर्यालयमा सूचना दिन पनि आग्रह गरेको छ।

प्रकाशित मिति: Wednesday, January 20, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।