म हुँ एउटा नेपाली (गीत)

  • गणेश पुमा चिन्तन 
म हुँ एउटा नेपाली समाजमा बाँच्दछु
नामै मेरो पौरखी परिश्रम गर्दछु ।

बिहानीको मिर्मिरेमा घामको न्यानो किरण
पसिनामा डुबाउँछु परिश्रमी जीवन ।

कोइली गाउने हरियाली मयुर नाच्ने वन
हरियाली बसन्तमा रमाउने यो मन ।

झयाउरे गाउदै धाउँदछु सधैभरि वनपाखा
रमाइलो लाग्छ है हिउचुलीको काख ।

गाउको माया राख्दछु छाती भित्र मुटुमा
रगत अनि पसिना भिजाउछु यै माटोमा ।

देशको लागि आइपरे बलिदान दिनुछ
आखिर जीवन अन्त्य पछि यै माटोमा मिल्नु छ ।

रचनाकाल: २०५३ पौष ६ गते शनिबार 

प्रकाशित मिति: Saturday, January 09, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।