चीनले एक सन्तान नीति परिवर्तन गर्दै दुई सन्तानको नीति लागू गर्ने

बेइजिङ, २०७२ पुस १९। चीनले आधिकारिक रुपमा नै एक सन्तान नीतिलाई समाप्त गरेको छ । दुई सन्तान जन्माउन पाउने विद्येयकलाई चिनियाँ कम्युनिस्ट पार्टीले पारित गरेको थियो । बढ्दो वृद्ध जनसंख्या र घट्दो श्रमशक्तिसँगै कम्युनिष्ट मुलुक चीनले दुई सन्तान नीति लागू गर्न लागेको हो ।

एक सन्तान नीतिकै कारण अभिभावकमा पनि लिंग पहिचानपछि भ्रूण हत्या गर्ने संस्कारमा बृद्धि भएको थियो ।
चीनको कम्युनिष्ट पार्टीले गत अक्टोबरमा घोषणा गरेको यस परिवर्तन नियम जनवरी १ देखि लागू भएको छ । अब सम्पूर्ण बिबाहित जोडिलाई दोस्रो सन्तान जन्माउने अनुमति दिइनेछ । तर दुई भन्दा बढी सन्तान जन्माउन भने कानूनले प्रतिबन्ध लगाएको छ ।

सन् १९७० मा लागू गरिएको एक सन्तान नीतिले चीनमा तीब्र आर्थिक वृद्धि हुनुका साथै ४० करोड जन्मलाई रोक्न सफल भएको छ । एक सन्तान नीति उल्लंघन गर्नेलाई त्यहाँको राष्ट्रिय आयोगले सजाँय दिनुका साथै जर्बजस्ती गर्भपतन गराएको थियो । एक सन्तान नीतिकै कारण अभिभावकमा पनि लिंग पहिचानपछि भ्रूण हत्या गर्ने संस्कारमा बृद्धि भएको थियो ।

बाध्यात्मक गर्भपतनलाई चीनमा गैरकानुनी बताइए पनि जन्मदरमा अधिकांश चिनियाँले यस्तो बिधि अप्नाएको पाइन्छ । गत वर्ष चीनको परिवार नियोजन सम्बन्धी कडा नियमलाई लिएर निकै वहस चलेको थियो । सानक्सी प्रान्तकी एक महिलालाई चिनियाँ अधिकारीले उनको सात महिनाको गर्भ पतन गर्न बाध्य बनाएपछि यहाँ ठूलो विवाद सृजना भएको थियो ।

विश्वमै सबैभन्दा ठूलो जनसंख्या भएको चीनमा १ अरब ३७ करोड जनसंख्यामा बृद्धबृद्धाको जनसंख्या तीब्र रुपमा बढिरहेको छ । यहाँ लैगिक असन्तुलन बढ्नुका साथै मजदूरबर्गको संख्या घटिरहेको छ । सन् २०१३ मा सिमित सुधारका योजना सार्वजनिक गरी ग्रामिण क्षेत्रमा पहिलो सन्तान छोरी भएमा अर्को एक सन्तान जन्माउन पाउने नीति ल्याइएको थियो ।
चीन कम्युनिष्ट मुलुक भए पनि त्यहाँको गहिरो पितृसतात्मक सोचका कारण छोरीलाई भन्दा छोरालाई महत्व दिने गरिन्छ । त्यसो त पहिलो सन्तान छोरी भएमा ग्रामिण भेगमा अर्को सन्तान जन्माउन समेत फुकुवा गरिएको थियो । त्यस्तै अल्पसंख्यक समूदायलाई पनि यस्तो छुट दिएसँगै कतिपयले यसले ‘डेढ सन्तान नीति’ को बिल्ला भिराउने गर्थे ।

विश्वमै सबैभन्दा ठूलो जनसंख्या भएको चीनमा १ अरब ३७ करोड जनसंख्यामा बृद्धबृद्धाको जनसंख्या तीब्र रुपमा बढिरहेको छ । यहाँ लैगिक असन्तुलन बढ्नुका साथै मजदूरबर्गको संख्या घटिरहेको छ । सन् २०१३ मा सिमित सुधारका योजना सार्वजनिक गरी ग्रामिण क्षेत्रमा पहिलो सन्तान छोरी भएमा अर्को एक सन्तान जन्माउन पाउने नीति ल्याइएको थियो ।

विज्ञहरुका अनुसार दुई सन्तान नीतिमा फड्को मारे पनि चीनको डरलाग्दो जनसंख्या संकट समाधान गर्न भने निकै ढिलो भइसकेको  छ ।  (स्वास्थ्यखबरबाट)

प्रकाशित मिति: Sunday, January 03, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।