राज्य हिंसामा उत्रिएपछि आन्दोलन पनि आत्मरक्षाकै लागि हिंसात्मक हुने गर्दछ

  • वीरेन्द्र कटवाल। 
‘स्वतन्त्र हुनु भनेको कोही जन्जीरबाट मुक्त हुनुमात्रै होइन, बरु यसरी बाँच्नुपनि हो जस्ले अरुहरूको सम्मान र स्वतन्त्रता बडावस।' – नेलसन मण्डेला। 

मोरङ्गको रङ्गेली घटनाले नेलसन मण्डेलालाई संझायो। लाग्छ, हामीले उनको बर्थ र डेथ एनिभर्सरीमा फोटोमा माल्यार्पण गर्ने भन्दा अरु केहीपनि गरेनौं। यदी प्रतिस्पर्दा गर्‍यौं भने फोटो र एनिभर्सरी पार्टीको डेकोरेसनमा गरौं होला। सहभागि र अतिथिका टाउका थुपार्ने काममा गर्‍यौं हाला। र, मेहनत गर्‍यौं भने, उनको नाम बेचेर आफ्नो पोल्टो भर्ने काममा गर्‍यौं होला।  

ब्यवहार त, उनको कृतित्व र ब्यक्तित्वको हामीले उपहास गर्‍यौं। हामी ब्यक्तिगत र गुटगत स्वार्थका कारण अन्धा र बहिरा मात्रै भएनौं। सम्भवतः हामी अरुले बोकाइदिएको अन्धो–आस्थाको पनि शिकार भएका छौं। यसैको प्रकट रूप होला मोरङ्गको रङ्गेली घटना।    

रबिन्द्रनाथ टेगर आस्थाको बारेमा लेख्छन, ‘आस्था त्यस्तो पंक्षी हो, जो बिहानको अँध्यारोमा पनि उज्यालोको महसूस गर्छ।' 

उदारणको रूपमा यो सन्दर्भ नेपालको १० बर्षे रक्तपातपूर्ण जनयुद्धसित जोडेर हेर्न उपयुक्त लाग्यो। त्यो जनयुद्धप्रति आस्थाबान मान्छेले त्यहाँभित्र उज्यालो भविश्य लुकेको देखे। त्यस बखत हाम्रा सुझाव र आलोचनाहरू मिथ्य लाग्थे। त्यो अन्धकार भित्रपनि ती आस्थाहरू उज्यालो बिहानको महसुस गर्थे। त्यही उज्यालोको खातिर छोराछोरीको साहदत समेत गर्भले स्वीकार गर्थे।

अङ्ग्रेजीमा अर्को एउटा भनाइछ, ‘फेथ विदाउट वर्कस इज अ डिड।' 

तर, जनयुद्ध कालमा आस्था बाँड्ने मान्छेहरू जब सत्तामा पुगे। र, कामगर्न थाले। अनि जनयुद्धभित्र उज्यालो भविश्यको आस्था बोकेर हिडने धेरै मान्छेहरूलाई लाग्यो, उनीहरूले बोकेको आस्था त मृतप्राय रहेछ। त्यसपछि उनीहरूभित्र तितरबितर हुने क्रम सुरु भयो। अन्ततोगत्व यो भन्न सकिन्छ जीवन्त आस्थाको प्राण कर्म रहेछ।

यो माओवादीको हकमा मात्रै कार्यन्वीत भएको होइन। नेपालका सबै राजनीतिक पार्टीहरूको जीवनमा यी उदारहरण चरितार्थ भएको छ। तर, हामी ती घटनाबाट ‘क' पनि सिक्ने पक्षमा छैनौं। त्यसोभएको हुनाले रङ्गेली घटना अरुले बोकाइदिएको अन्धो–आस्थापनि एउटा कारण हो भन्ने लाग्छ।      

आज धेरै नेपालीहरू रोजगारको शिलशिलामा बिभिन्न देशहरूमा छरिएर बस्नुभएकोछ। कतिपय दाजुभाईहरू युरोपियन मुलुकमा गएर त्यहाँका नागरिक स्वसरह अधिकार प्राप्त गर्नुभएकोछ। कहिलेकहीँ सुन्न र पढ्न पाइँन्छ कि उहाँहरूको सम्मान र स्वतन्त्रता आफ्नो देशमा भन्दा बडेकोछ। यस्तो कुरा सुन्दा खुसीलाग्छ। 

तर, दुःख त्यतिखेर लाग्छ, जतिखेर ती मधेसी र आदिवासि जनता आफ्नो राज्यसित सम्मान र स्वतन्त्रताको ग्यारेन्टि मागिरहेकाछन। तर, राज्य उनीहरूको मागको मिसइन्टरप्रेट गर्छ। अपमान गर्छ। त्यत्तिमात्रै होइन ६२ बर्षिया बृद्धाको छातिमा गोली दाग्छ। अनि, प्रधानमन्त्री मन्द मुस्कानसहित घोषणा गर्छन ‘विदेशीरूको इसारामा देश टुक्र््याउने अभियान सफल हुन्न दिदैनौं।' तर, खुलेआम देशटुक्र््याउने भाषण गर्दै हिँड्ने सि.के. राउतलाई जेलसम्म हाल्न सक्दैन, यो सरकार। के ६२ बर्षिय द्रौपदीदेवी चौधरी बिखण्डनकारी हुन?  

र, दुःख त्यत्तिखेर लाग्छ, जतिखेर ती नेपाली मित्रहरू जो अर्काको मुलुकमा गएर त्यहाँका नागरिक सरह सम्मान र स्वतन्त्रताको उपभोग गर्दछन। तर, आदिम कालदेखि बसोवास गर्दै आएका मधेसी र थारु समुदायलाई बिदेशी र बिखण्डकारी भन्ने झुटो आरोप लगाउने र नागरिकको हत्य गर्ने सरकारको समर्थन गर्नपुग्छन। 

अनि दुःख त्यत्तिखेर लाग्छ, जतिखेर धेरै साथीहरू सोध्नेगर्छन। तँ क्षेत्रीको छोरो भएर मधेशीको समर्थन किन गर्छस? मेरो प्रतिप्रश्न यही हुनेगर्छ, कि मन–मस्तिक्समा जातीयबिभेद बोकेर मण्डेलाको किन जयजयकार गर्नु हुन्छ?    

नयाँ प्रकृतिका समस्याहरूलाई सम्बोधन गर्न राजनीतिक पार्टी र सङ्गठनहरूले आफूलाई नविकरण गर्दै जानुपर्छ। सङ्ठनका नीति, कार्यक्रम र बिचारहरू राष्ट्रको अधिकतम हितको अधीनस्थ बनाउँनुपर्छ। त्यसोगर्न सकिएनभने हाम्रा प्रयासहरू बिफलमात्रै हुँदैनन। बिषाक्त र गतिहिन साबित हुदैजान्छन।
र यो सरकारलाई सोध्न मन लाग्छ, समाजलाई किन युद्धमा धकेल्दै हुनुहुन्छ? शान्तिपूर्ण सामाधान चाहाने, सबैको सम्मान, स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको समान ढंङ्गले बडावा र बिकास गर्न चाहने मान्छेहरूलाई किन भारतीय दलाल, बिदेशीको एजेन्ट भनेर प्रचार गराउँनु हुन्छ? 

मधेसलाई हतियार उठाउँन बाद्य बनाएर समाजलाई के फाइदा हुन्छ? हो, समाजमा अशान्ती र द्वन्द्व भयो भने तस्कर, माफियाँ र कालाबजारीहरूको बुइचडेर राजनीति गर्नेहरूलाई फाइदा हुन्छ। राज्यलाई राज्यलक्ष्मी गोल्छाहरू जस्ता चन्दादाताहरूको बिकास र उन्नति गर्न सजिलो हुन्छ।   

अरूले बोकाइदिएको आस्था बोकेर हामी कति हिड्ने? स्व–अध्ययन कहिले गर्ने? बद्लिदो परिवेश र नयाँ प्रकृतिका समस्याहरूलाई सम्बोधन गर्न राजनीतिक पार्टी र सङ्गठनहरूले आफूलाई नविकरण गर्दै जानुपर्छ। सङ्ठनका नीति, कार्यक्रम र बिचारहरू राष्ट्रको अधिकतम हितको अधीनस्थ बनाउँनुपर्छ। त्यसोगर्न सकिएनभने हाम्रा प्रयासहरू बिफलमात्रै हुँदैनन। बिषाक्त र गतिहिन साबित हुदैजान्छन।
सम्भवतः अहिले त्यही भैरहेको छ। 

यस्तो लाग्छ कि मान्छेभित्र एउटा खतरनाक र टार्न नसकिने कुरा हुदोरहेछ। त्यो हो अन्धो–आस्था। यो सरकारसित पनि आस्था जोडिएका लाखौं जनताहरू छन। जस्लाई बिश्वास गराइएको छ कि यो सरकारले यी तमाम जटीलताको बावजुधपनि राष्ट्रको सुनौलो भविश्य कोर्ने सामर्थ राख्दछ। 

तस्करी गरुन, भ्रष्टाचार गरुन, अपहरण गरुन, ज्यानमास्ने ब्यवसाय गरुन, हत्या र हिंसा गरुन, कालाबजारी गरुन, बलात्कार गरुन, चोरुन, डकैति गरुन, तर अन्ध–आस्थाले अन्तर्लीन भएको मान्छेलाई केही फरक नपर्दोरहेछ। 
कृष्ण धारावासीको शब्द सापटी लिएर भन्दा ‘सयौ वर्षदेखि निरङ्कुशताको अभ्यासगरेको सामाजिक मनोविज्ञानबाट ब्यक्ति कसरी मुक्त हुन सक्छ।' त्यसैले जत्तिनै राजनीतिक परिवर्तन भएपनि हाम्रो मन–मस्तिक्सबाट सामन्तवदी चिन्तन र सोच कहिल्यै बद्लिएन। 

यो देेशमा, अहिले कम्युनिष्टहरूको बाहुल्यता भएको सरकार छ। यो सरकार सहीद दिवसको उपलक्षमा तडकभडकका साथ बडो भक्ति देखाएर सहीद सप्ताह मनाउँछ। तर, राणा र पञ्चायत भाँति सहीद उत्पादन गर्ने संस्कार र संस्कृति पनि छोडेको छैन। लाग्छ, त्यसैको जिउँदो रुप हो, मोरङ्गको रङ्गेली घटना।

अन्तमा माफ गर्नु होला। नेलसन मण्डेलालाई स्मरण गरेर मधेस आन्दोलनको नेतृत्वगर्नेहरूलाई मण्डेलाको पङ्तीमा उभ्याउन खोजेको पटक्कै होइन। न त बगलीमा छुरा बोकेर, मुखले भक्तिगान गाउने बर्तमान सरकारसित नै त्यो अपेक्षा गरिएको हो। बरु, नेलसन मण्डेलाको जस्तो बृहत्तर र वाइड–रेन्जिङ्ग सोच भएका नेता नजन्मिकन अबको नेपालको नेतृत्व सम्भव देखिँदैन, भन्न सम्म खोजेको हो। 

आफ्नै देशमा जब नागरिक राज्यबाट असुरक्षित हुन्छ। राज्यले आफ्ना नागरिकहरूको शिकार गर्छ। अनि जीवन रक्षाको लागि भएपनि उसले स्वतन्त्र भूगोल खोज्छ। अकारण मर्नुभन्दा अधिकारकोलागि मर्नुमा जीवको मुल्य ठान्छ। नागरिकसित जब अन्याय महसुस गर्ने ज्ञान हुन्छ। राज्य जत्तिनै शक्तिशाली भएपनि जनताको लाशमाथि सुशासन स्थापना गर्न सक्दैन। 

त्यसैले, मण्डेलाले भने जस्तै सबैको सम्मान र स्वतन्त्रता बडाउने खालको लोकतन्त्रको बिकास गरेर सुशान्त मुलुक निमार्ण गर्ने हो भने नेपाली समाजमा नेताको भ्याकेन्सी छ। 

यो जरुरी छैन कि त्यो नेता पहाडेमूलकै होस। या मधेसी मुलको। मुख्यकुरो मण्डेला जस्तै, त्यो नेता सबै को होस। तर, हाम्रो मन–मस्तिष्कभित्र काई परेर बसेको कालो संस्कार र संस्कृति नपखालीकन त्यो सम्भव देखिदैन। 

राज्यको मन–मस्तिष्कमा काइ परेर बसेको त्यही कालो संस्कार र संस्कृतिको घिनलाग्दो रूप हो मोरङ्गको रङ्गेली घटना। खुडाखुकुरी बोकेर आन्दोलनमा सहभागि हुने आन्दोलनकारी दोस मुक्त छैनन। तर, मुख्या दोसी हो बर्तमान सरकार। किनभने राज्य हिंसामा उत्रिएपछि आन्दोलनपनि आत्मारक्षाकै लागि हिंसात्मक हुने गर्दछ। 
(सेतोपाटीबाट साभार) 

प्रकाशित मिति: Monday, January 25, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।