नासाको मार्स रोभर मिसनले मंगलग्रहको अक्सिजनलाई पानीबाट छुट्याउन पहिलो परीक्षण गर्ने

२०७२ असोज १५ । मंगलग्रहमा पानी भेटिनुलाई विज्ञानको ठूलो उपलब्धिका रुपमा हेरिएको छ । केही दशकअघि मंगलग्रहलाई सुख्खा ग्रहका रुपमा चित्रण गरिन्थ्यो । मंगलग्रहको इतिहासमा मात्रै बग्ने पानी रहेको मानिन्थयो । तर मंगलग्रहले ४० करोड वर्षअघि नै आफ्नो हावापानी गुमाएको बताइएको थियो । मंगलग्रहमा पानी नै भएपनि हिउँ वा बाफका रुपमा मात्रै अस्तित्वमा रहेको बताइएको थियो ।

मंगलग्रहमा पानीको तथ्य पछिल्लो २० वर्षसम्म उस्तै रह्यो । जब मैलेँ मंगलग्रह पाथफाइन्डर मिसनमा सन् १९९७ मा काम गरेँ । त्यतिबेला वैज्ञानिक दुनियाँले मंगलग्रहमा पानी रहेको तथ्यमा विश्वास गरेको थिएन । बरु मंगलग्रहमा लाभाहरु रहेको तथ्यलाई भने सर्वसम्मत रुपमा स्विकार्ने सहमति भएको थियो । मार्स पाथफाइन्डर मिसनले मंगलग्रहमा पहिलो पटक ढुंगा छ भनेर गरिएको विश्लेषण मलाई अझै याद छ । विज्ञानमा प्राय अनुसन्धान र अनुगमनले मात्रै पूर्ण विचार तयार हुदैँन भन्ने मान्यता छ ।

अहिले दुई दशकपछि विभिन्न वैज्ञानिक, एस्टोनट तथा अनुसन्धानकर्ताहरुले मंगलग्रहमा पानी रहेको पुष्टि गरेका छन् । सन् २००२ मा नासाको एक टोलीले नक्सा बनाउँदै मंगलग्रहको दक्षिणी ध्रुबमा हाइडोजन रहेको देखाएका थिए । हाइडोजन पानीमा परिणत भएको हुनसक्छ , तर यो केवल एउटा अनुमान मात्रै हो । त्यसको पाँच वर्षपछि नासाले मंगलग्रहमा अर्को मिसन पठााएको थियो । मार्स फोनिकस मिसन , त्यस मिसनको उद्धेश्य थियो, मंगलग्रहको दक्षिणी ध्रुवमा रहेको हाइडोजन बरफ यो या होइन भन्ने पुष्टि गर्नु । सन् २००८ मा फोनिक्स मंगलग्रहको दक्षिणी ध्रुवमा पुग्यो र १ सय ५० दिनसम्म त्यही बस्यो । रोबटको हातहरु जडान गरिएको फोनिक्सले मंगलग्रहको सतहबाट माटो र बरफ बोकेर ल्याएको थियो । हामीले पत्ता लगाएअनुसार यो कार्य जटिल थियो । निकै चिसो ठाउँ त्यो पनि २ सय मिलियन माइल्स परको खोजी गर्नृु चानचुने त अवश्य नै होइन ।

फोनिक्स मिसनले सन् २००२ मा हाइडोजन भेटिएको भनेको थियो । तर अन्त्यमा सन् २००२ मा भेटिएको हाइडोजनजस्तो पदार्थ बरफ भएको निष्कर्ष निकालेको छ । अब मंगलग्रहको इतिहासमै पहिलो पटक नासाले अत्याधिक बरफ दक्षिणी ध्रुबमा जम्मा भएको पत्ता लगाएको छ ।

तरल पानीको खोजी र बरफको खोजी दुबैले मानविय मिसनलाई अब सहज र सस्तो बनाएका छन् । मंगलग्रहमा जीवनको संभावना बढाएका छन् । कल्पना गर्नुहोस् न्युर्योकको छ महिनाको यात्रा । कल्पना गर्नुहोस् ३ वर्षको मंगलग्रहको यात्रा । कल्पना गर्नुहोस् २ सय मिलियन माइल्समा तपाईले पृथ्वीबाट कति पानी लैजान सक्नुहुन्छ । यदी सोमबार गरिएको घोषणा अनुसार तरल पानी बाफ नभएर सतहमा छ भने , यदी मंगलग्रहमा पानीको मुहान छ भने यसले मंगलग्रहको यात्रालाई सजिलो र निश्चय नै सस्तो बनाउनेछ ।

मंगलग्रहमा पानी भेटिनु यसकारण पनि महत्वपूर्ण छ किनकी पृथ्वीमा पानीकै आडमा जीवन चलेको छ । मंगलग्रहमा भेटिएको पानीले जीवन रहेको प्रमाणित गर्दैन तर यसले जीवनको संभावना भने बढाउँछ । मंगलग्रहमा भेटिएको पानीले त्यहाँ पुगेर फर्कनका लागि अक्सिजजनका रुपमा रकेटको तेलको काम सेत गर्न सक्छ । सन् २०२० का लागि लन्च गर्न लागिएको नासाको मार्स रोभर मिसनले मंगलग्रहको अक्सिजनलाई पानीबाट छुट्याउन पहिलो परिक्षण गर्नेछ । यस प्रविधिलाई भविष्यमा मंगलग्रहको पानीबाट अक्सिजन निकाल्न प्रयोग गर्न सकिन्छ । यस्तो अक्सिजनको प्रयोग मानिसहरुले गर्न सक्छन् ।

के मानिसहरु कहिल्यै मंगलग्रहमा बस्न सक्छन् , हो उनीहरु सक्छन् । सय वर्षअघि जब रोअल्ड अमुन्डसेन र रोर्बट स्कट दक्षिणी पोलमा पुगेका थिए । त्यतिबेला दक्षिणी पोल भर नपर्दो तथा मानिस बस्न असंभव हुने मानिएको थियो । अहिले अन्र्टाटिकाको म्याकमुरर्डक्लो स्टेशनले १ हजारभन्दा बढी अनुसन्धानकर्तालाई सहयोग पुर्याउँदै आएको छ । उनीहरु नियन्त्रित वातावरण वर्षभरी बस्छन् । मंगलग्रहको तापक्रममा मान्छे बस्न सक्दैन भन्नुको पछाडी कुनै तुक छैन् । बरु मानिसहरुले अस्थायि रुपमा मंगलग्रहमा बस्दा छोटो समयका लागि प्रयोग गर्न सक्ने स्रोतहरुको खोजी भने गर्नु जरुरी छ । तरल पानीको खोजी यस वृहद योजनाको एउटा सानो कदम हो ।

प्रकाशित मिति: Friday, October 02, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।