इपीएस कोरिया भाषा परीक्षामा ८ हजारभन्दा बढी उत्तीर्ण : मंसिर पहिलो हप्तापछि स्वास्थ्य परीक्षण
२०७२ असोज २१ । कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।
सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका हुन् ।
पास हुनेमा ७ हजार ७ सय ८९ पुरुष र १ सय १ महिला छन् । इपीएस भाषा परीक्षा असोज २ र ३ गते सञ्चालन भएको थियो ।
मंसिरको पहिलो हप्तापछि पास भएकाहरुको स्वास्थ्य परीक्षण, आवेदन दर्तालगायतका प्रक्रिया सुरु हुने निर्देशक बास्तोलाले बताए । प्रक्रिया पूरा गरेर उनीहरु सन् २०१६ को जनवरीदेखि कोरियामा रोजगारीका लागि जान सुरु गर्ने अनलाइन खवरमा समाचार छ ।
इपीएसको नतिजा www.epsnepal.gov.np, www.dofe.gov.np र www.hrd.or.kr मा हेर्न सकिने इपीएस कोरिया शाखाले जनाएको छ ।
प्रकाशित मिति:
Thursday, October 08, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।