नेपालीपन बेच्दिन (गजल)

  • किशोर पुमा राई 'संकल्प भावुक'
चोट मात्र देख्छु सँधै हतियारलाई देख्दिन
खुसी देख्छु सानो संसार ठूलोलाई देख्दिन ।

चलाउछु कलम सँधै मजदुरको पक्षमा
शोसक र सामन्तीको पक्षमा लेख लेख्दिन ।

धेरै भए ठगिखाने कति लेख्नु कथा
लेख्दा लेख्दै थकाइ लागे बिसाउछु एकछिन ।

बाध्यताले प्रदेशमा रहरले होइन
श्रम मात्र बेच्छु म नेपालीपन बेच्दिन ।

दिप्लुङ–४, पुमा चोक, खोटाङ
हाल, मलेसिया ।

प्रकाशित मिति: Sunday, October 11, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।