नयाँ प्रधानमन्त्री छान्न उम्मेदवारी आज, मतदान भोलि

२०७२ असोज २३ । नयाँ प्रधानमन्त्री निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।  संसद्‍ सचिवालयले शुक्रबार नै प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्रीका लागि लागि उम्देवारी दर्ता गर्न शनिबार बिहान ११ बजेदेखि चार बजेसम्म तोकिएको छ।

साढे चार बजे उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित हुने छ।एमाले अध्यक्ष केपी ओलीको उम्मेदवारी सार्वजनिक भइसकेको छ। अरु दलले उम्मेदवारी दिने नदिने अझै टुंगो लागेको छैन। कांग्रेसबाहेकका अरु दल एमाले नेतृत्वलाई सघाउने पक्षमा छन्। 

सहमतीय सरकारको प्रयास सफल नभएपछि शुक्रबार नै प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रकिया प्रारम्भ गरेको हो। प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम संसद्‍ सचिवालयले शुक्रबार नै प्रकाशित गरेको छ। राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि दिएको एक साताको म्याद समाप्त भएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न शुक्रबार बिहान संसद्लाई पत्र पठाएका हुन्। 

सभामुखले प्रधानमन्त्रीको निर्वाचनका लागि संसद्का महासचिव मनोहर भट्टराई निर्वाचन अधिकृत तोकेका छन्। प्रधानमन्त्रीको निर्वाचनका लागि मतदानस्थल संसद्‍भवन नयाँ बानेश्वर तोकिएको छ।  अब संसद्ले आजैदेखि बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने प्रक्रिया प्रारम्भ गर्ने छ। सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको एक साताको म्याद बिहीबार सकिएको थियो। असोज १५ गते सहमतीय सरकार बनाउन राष्ट्रपतिले एक साताको म्याद दिदै दलहरुलाई आग्रह गरेका थिए।

संसद् सचिवालयका अनुसार बहुमतीय प्रक्रियाका लागि शनिबार उम्मेदवारी दिने, फिर्ता लिनेलगायत चुनावी कार्यक्रम सञ्चालन गर्ने र आइतबार प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी छ।अहिले संसद्‌मा बहाल रहेको कुल सांसद संख्या ५ सय ९७ हो। यसमध्ये मधेस केन्द्रित दलका ३५ सांसद् प्रक्रियामा सहभागी छैनन्। बहुमतीय आधारमा प्रधानमन्त्री बन्नका लागि कम्तीमा २९९ मत चाहिन्छ।

अहिले संसद्मा कांग्रेससँग २०७, एमालेसँग एमालेसग १ सय ८३ र एमाओवादी ८४  सांसद छन। तीन पार्टी मिलेमा दुई तिहाईभन्दा पनि बढी अत्यधिक बहुमतको सरकार बन्छ। एमालेले कांग्रेसले साथ नदिए एमाओवादीको साथ र अन्य साना दलहरुको सहयोग लिएर सरकार बनाउने कसरतमा जुटेको छ।

एमाले र एमाओवादी दुई पार्टीको संख्या जोड्दा २ सय ६७ हुन्छ। बाँकी ३३ सभासद् साना दलबाट जुटाउने अभियानमा एमाले लागेको छ। एमाओवादीको साथ पाएपछि साना दलहरुको सहयोग लिएर एमालेलाई यो बहमत जुटाउन कठिन छैन।

राप्रपा, माले नेमकिपा, नेकपा संयुक्तले समेत एमाले नेता ओलीलाई समर्थन गर्ने जनाउ दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२, नेमकिपासँग ४, मालेसँग ५ र नेकपा संयुक्तसँग ३ सभासद् छन्। 

यसैगरी तीन सांसद् भएको संयुक्त जनमोर्चालगायतका साना दलहरुले समेत ओलीलाई सघाउने बचन दिएका छन्। २५ सभासद् रहेको राप्रपा नेपालले एउटा मुख्य दल प्रतिपक्षमा बसेमा सघाउने आश्वासन दिएको छ। राप्रपा नेपाल नआउँदाको अवस्थामा पनि साना दलहरुको सहयोगमा एमाले र एमाओवादीले सरकार बनाउनसक्ने अवस्था छ।
दल
सांसद्को सख्या
कांग्रेस
२०७
एमाले
१८३
एमाओवादी
राप्रपा नेपाल
२५
राप्रपा
१२
माले
नेमकिपा
नेकपा संयुक्त
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमुक्ति लोकतान्त्रिक
परिवार दल
समाजवादी जनता
दलित जनजाती पार्टी
जनतादल
नेपाः राष्ट्रिय पार्टी
अखण्ड नेपाल
प्रक्रियामा नरहेका मधेस केन्द्रित दलहरु
३५
सांसद्को कुल संख्या: ५९७ 
बहुमतको सरकार बनाउ चाहिने संख्या: कम्तीमा २९९

साभार: अन्नपूर्ण पोष्ट

प्रकाशित मिति: Saturday, October 10, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।