जीवन भोगाइँमा साथ दिने सांस्कृतिक उपकरणहरु
२०७२ असोज १८ । जीवन एउटा भोगाई हो, जसमा मूर्त, अमूर्त, जीवित, अजिवित्, द्रव्य, अद्रव्य सबैखाले अवयवहरुको साथ चाहिन्छ । अझ मानव जीवन त यस दुनियाँको सबैभन्दा उत्कृष्ट जीवन मानिन्छ । त्यसैले जीवन ज्यूने क्रममा विभिन्न वस्तुहरुको आवश्यकता पर्दछ । तिनै वस्तुहरुकाे दृश्यचित्र यहाँ प्रस्तुत गरिएको छ । तस्वीरका लागि श्रीकुमार पुमाप्रति हेन्खामा हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
|
ढोकामा लगाउने भोटे ताल्चा । |
|
माछा बोक्ने चुत्युङ् |
|
दूध चलाउने डाडु |
|
तेल पेल्ने चेप्वा |
|
धान कुट्ने ढिकी |
|
चढ्ने थाकलोक, जोत्ने छोमासङ्, उठाउने चेलेफा, पिँध्ने झान्ता, सम्याउने लेर्को लगायत |
|
ढुङ्ग्रोमा रेती |
|
हर्फे, गरियो, ठेकी लगायत |
|
सामल, पिठो राख्ने भुने |
|
कुखुरा छोप्ने वाबोप्मा |
|
बोक्ने डोको र बस्ने खोसेलाको पिरा |
|
मकै सुकाउने ङास्वा/खेप्मक (सरङ्) |
|
गोरुको मुख छोप्ने ङाबोम् (महला), खाचा आदि सेलाउने वार्लो (लिप्माभन्दा सानो) लगायत |
|
भाडाकुडा राख्ने कोङ्लोङ् (बिडा) |
|
बासको काइयो लगायत । |
|
बोक्ने पेरोङ्गो, तेल पेल्दा फुला लाउने फिपि चाल्लोमा , मकै/कोदो पिँध्ने झान्ता, बडार्ने यङ्छबक, चर्खाको धागो बेर्ने लगायत । |
|
जनावरबाट बिरुवा बचाउने फोङ्चोक |
|
कुखुरा ओथारो बस्ने वामायोङ् |
प्रकाशित मिति:
Monday, October 05, 2015
आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।