काठमाडाै‌मा बलि चढाइनबाट जोगिइन् युवती, तान्त्रिकसहित २ पक्राउ

२०७२ असोज १९ । हड्डी जगाउने नाममा मानव बलि दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र ओमकार शाहलाई पक्राउ गरेको हो । पहरी भारतीय नागरिक हुन् भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् ।

पूजाको नाममा आफूलाई १८ दिनसम्म बन्धक बनाएर बलि दिने प्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा उनीहरुलाई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको  छ ।

नागार्जुनस्थित एक घरमा डेरा लिई हरेक एक युवतीलाई मानव खप्पर तथा हड्डी पूजा गर्न लगाइन्थ्यो । पूजा गरेपछि हड्डी जाग्ने र जे माग्यो त्यही पूरा हुने विश्वासका आधारमा शाहले आफ्नी बहिनीलाई त्यहाँ लगेका थिए । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Tuesday, October 06, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।