मधेसी मोर्चाको चार सदस्यीय वार्ता टोली

२०७२ असोज १७ ।  सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल , संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश राय छन्।

मोर्चाले यसअघि वार्ताको पहल तथा वातावरण बनाउन महन्थ ठाकूरलाई जिम्मा दिएको थियो । ठाकुर र तीन दलको वार्ता टोलीबीच विभिन्न चरणमा अनौपचारिक वार्ता भएपछि औपचारिक वार्ताका लागि मधेसी मोर्चाले चार सदस्यीय टोली गठन गरेको हो।

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले मधेस आन्दोलनका बेला भएको आठबुँदे सहमतिमा आधारित भएर वार्ता अघि बढाउने जिम्मेवारीसहित टोली गठन भएको अन्नपूर्ण पोस्ट्सँग बताए । उनले भने, अब सरकारसँग औपचारिक वार्ता सुरु हुन्छ । वार्ता टुंगोमा नपुग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: Sunday, October 04, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।