किरात लिपिमा क्याम्पसको बोर्ड लेखियो

२०७२ असोज २१ । लिम्बु विद्यार्थी मञ्चले ईलामस्थित महेन्द्ररत्न वहुमुखी क्याम्पसको वोर्डमा किरात लिपिको अक्षरले क्याम्पसको नाम लगायत लेखेको छ । अरुण पूर्वका ९ जिल्लाका हरेक शैक्षिक संस्थाका वोर्डमा किरात लिपिमा लेख्ने अभियान अन्तर्गत ईलामस्थित महेन्द्ररत्न वहुमुखी क्याम्पसको वोर्डमा किरात लिपिमा लेखिएको हो ।

ईलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा वुधवार एक कार्यक्रम गरी क्याम्पसको वोर्डमा यसरी किरात लिपिले पोतिएको मञ्च अध्यक्ष अवोध अविरलले जानकारी दिनुभयो । लिम्बु विद्यार्थी मञ्च यसरी क्याम्पसको वोर्डमा किरात लिपि लेख्न लामो समयदेखि संघर्षरत छ । 

यसअघि पांचथरस्थित पांचथर वहुमुखी क्याम्पस र यासोक वहुमुखी क्याम्पस, मोरङको पथरी वहुमुखी क्याम्पस र ईलामको बांझोस्थित सरस्वती उच्च माध्यमिक विद्यालयको नाम किरात सिरिजङ्गा लिपिको अक्षरले पोतिएको थियो । यसरी किरात लिपि प्रयोग भएसंगै शैक्षिक संस्थाका बोर्डहरु त्रिभाषीय बनेका छन् । 

प्रकाशित मिति: Thursday, October 08, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।