गायिका बबिता राईको गीति एल्बम “अनुमा” सार्वजनिक

२०७२ असोज १८ । गायिका बबिना राईद्धारा गाईएको पहिलो गीति एल्बम “अनुमा” को हालै राजधानीमा एक समारोह बीच सार्वजनिक गरिएको छ । एल्बमको बरिष्ठ गायक आनन्द कार्की, प्राज्ञ शान्तिराम राई लगायतले बिमोचन गरेका हुन् ।

खोटाङ जिल्लामा जन्मिएकी गायिका बबिता राईले कलानिधि सङ्गीत विद्यालयमा एघार बर्ष लामो सङ्गीत प्रशिक्षण पछि एल्बम “अनुमा” सार्वजनिक गरेकी हुन् । एल्बम सार्वजनिक पछि उनले आफ्नो एल्बम निकाल्ने सपना पुरा भएको बताएकी छिन् । एल्बमको सार्वजनिक समारोहमा उनले एल्बममा समेटीएको ६ वटा गीत नै गाएर सुनाईन् । एल्बमका एक गीतको म्युजिक भिडीयो समेत सो अवसरमा सार्वजनिक गरियो ।

एल्बम “अनुमा” मा गणेश गुरुङ, बिनय लामा, डिबि लामा, उमेश खड्का, रामचन्द्र अन्जानको सङ्गीत रहेको छ भने अमर रसाईली, इश्वर चाम्लिङ, बिनय लामा, उमेश खड्का, डिबि लामाको शब्द रचना रहेको छ । भाइब्स क्रियशनले बजार व्यवस्था गरेको “अनुमा” एल्बमबाट आफु सन्तुष्ट रहेको तर भविष्यमा अझ ससक्त ढंगले सङ्गीतमा लाग्ने गायिका बबिनाले बताएकी छिन् ।
स्रोत: शान्तिराम राई ।

प्रकाशित मिति: Monday, October 05, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।