मिना पुमाको एल्बम 'स्कूले जीवन' सार्वजनिक (भिडियो सहित)

२०७२ असोज १७ । गायिका मिना पुमाको पहिलो भिडिओ एल्बम 'स्कुले जीवन' एक कार्यक्रमका बीच सार्बजानिक भएको छ। एल्वममा ६ वटा गीत समेटिएका छन् ।

कलाकार सवन्मय समितिका अध्यक्ष अर्जुन दुमीकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख आतिथ्य वरिष्ठ गीतकार तथा संगीतकार भूपाल राईले गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिहरुमा सुबास पुमा, टिका चाम्लिङ र सुमन राईद्वारा एल्बम विमोचन गरिएको हो ।

मिना पुमाको भिडिओ एल्वम स्कूले जीवनका बारेमा उपस्थित कलाकारहरुले अा–अाफ्नो धारणा व्यक्त गरेका थिए । मन्तब्यकै क्रममा गायिका पुमाले आफ्नो यस कार्यका लागि अाफ्ना संगीतगुरु लगायत सम्पूर्ण सहयोगीहरुसँग कृतज्ञ रहेकाे भन्दै धन्यवाद व्यक्त गर्नुभयो । कलाकारहरुकाे बाक्लो उपस्थितिमा साहास राईद्वारा सँचालित यस कार्यक्रमलाई कार्यक्रमका अध्यक्ष अर्जुन दुमीले आफ्नो मन्तब्य सहित समापन गर्नुभएको थियो। 

फोटो: मिना पुमाको फेसबुक ।


भिडियो: स्कूले जीवन



प्रकाशित मिति: Sunday, October 04, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।