ट्युमरपीडित बिना थुलुङलाई ७ लाखभन्दा बढी सहयोग
२०७२ असोज २१ । चोक्मागु ६ पाचथरकी १७ वर्षकी बिना थुलुङ राईलाई देशविदेशबाट संकलन गरिएको ७ लाख १६ हजार ४ सय ७८ रुपियाँ रकम हस्तान्तरण गरिएको छ । किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष मनिकुमार राईको प्रमुख आथित्यमा सो रकम हस्तान्तरण गरिएको हो । थुलुङ राई साँस्कृतिक कलाकार संघले आज असोज २१ गते विहान सो कार्यक्रमको आयोजना गरेको हो ।

ट्युमरपीडित बिना थुलुङलाई सानोमा लड्दा गालामा चोट लागेको थियो । अहिले ट्युमर भएको छ । ट्युमर बढ्दै गएर गालामा झुन्डिन थालेपछि साह्रै असहज भएरको बताउछिन् पीडित बिना राई । उपचार गर्न ढीलो भए क्यान्सर हुन सक्ने भएकोले तुरुन्तै अप्रेसन गर्नुपर्ने अस्पतालले जनाएको थियो ।
सहयोगको निम्ति अनुरोध
फोटो : कपिल राई
सौजन्य: इसमता ।
प्रकाशित मिति:
Thursday, October 08, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।