भारतले बन्द गराएको पेट्रोल खानी संचालन गर्न स्थानीयको दबाब

२०७२ असोज २१ । भारतले २७ बर्ष अघि नाकाबन्दी गर्दा त्यतिबेला मुलुक पञ्चायती व्यवस्थामा नै थियो । पञ्चायतको विरोधमा मुलुकभरि का“ग्रेस र तत्कालिन मालेले भित्री रुपमा पञ्चायतलाई ठुलो धक्का दिने कार्यक्रहरु चलाई रहेका थिए । मुलुकको पुरानो राज्यसत्ता कमजोर भएको बेला थियो त्यो, त्यहि बेला भारतले आफ्नो अनुकुलका निर्णयहरु गराउन तत्कालिन प्रधानमन्त्री मरिचमान सिंहलाइ भारतले आफूसंग झुक्ने बनाउने प्रयास ग¥यो । तर उनी झुकेनन् ।चिनसंग प्लेनबाट पेट्रोलियम पदार्थ मगाएर भएपनि देशवासीलाई बाढे । 

उनकै पालामा तत्काल २०४२ साल देखि नेपालमा पेट्रोलियम खानि अन्बेषण सुरु गरिएको थियो । तिन बर्ष लगाएर गरिएको अन्बेषण ले मोर¨ जिल्लाको बाहुनि गा वि स वार्ड नं ३ को राधानगरमा पेट्रोलियमको विशाल खानी पत्ता लागेको थियो ।

तत्कालिन समयमा नेपाल, चिन, इटाली, नेदरल्याण्ड र स्वीजरल्याण्डका कम्पनीहरुले स्थलगत अुनगमन गरि ड्रिल गरेर पेट्रोलियम पदार्थको खानी रहेको पुष्टि गर्दै उत्खन्नका लागि काम पनि सुरु गरे । जब प्रसोधनको अन्तिम तयारी भइरहेको थियो । मुलुकमा प्रजातन्त्र आयो । भारतले नेपाल सरकारसंग उत्खननमा लाखेको खर्च दिने गरि खानी बन्द गराउन लगायो । भारतको तर्क थियो नेपालको खानी संचालन हुदा भारतको आसामको बगाईगाउमा रहेको खानी सुक्छ ।

३ हजार ५ सय ४० मिटर गहिरो ड्रिल गरि पाईप जमिन मुनी पु¥याएर पेट्रोलियम पदार्थको क्रुड आयल निकाल्ने काम समेत भइसेको थियो । तत्कालिन सरकारले खानीलाई निरन्तरता दिएर संचालनमा ल्याएको भए अहिले भारतको नाकाबन्दीले पेट्रोलियम हाहाकार हुने थिएन । उल्टै हामीले भारतलाई तेल बेचिरहेका हुन्थ्यौं । 

पछिल्लो समय उद्योग मन्त्री महेश बस्नेतले हामीले तेल निर्यात गर्छाै भनेर दिएको अभिव्यक्ती सामाजिक संजालहरुमा हासोमय भएपनि साच्चै खानी संचालन गर्ने हो भने नेपाल पेट्रोलियममा आत्मनिर्भर बन्न सक्छ । राधानगरमा भएकै खानी संचालनमा खासै समस्या छैन । 

परिवर्तनका लागि युवा समूह नेपालले एक बर्ष अघि सार्क शिखर सम्मेलनका बेला राधानगरको पेट्रोल खानी संचालनका लागि प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको थियो । समूहका केन्द्रिय अध्यक्ष अशोक पौडेलले भारतले कुनैपनि बेला नेपालमा नाकाबन्दी गर्ने संभावना भएकाले मुलुकलाई पेट्रोलियममा आत्मनिर्भर बनाउन आफूहरुले खानी संचालनका लागि दबाब दिएको बताए । सरकारले ढिलोचाडो नेपालका अन्य खानीहरु पनि संचालन गर्न आवश्यक रहेको उनले बताए ।

कस्थानिय होम रिजाल पेट्रोल खानीलाई सुचारु गरी पेट्रोल निकाल्न थाल्नु पर्ने वताउछन । करोडौ रुपैया लगानी भईसकेको भन्दै यसलाई सरकारले ब्यावस्थापन गदै नेपालमै पेट्रोलियम खानीलाई सञ्चालनमा ल्याउनु पर्ने उनको माग छ । 

तत्कालिन समयमा चाईनिज कम्पनीले माटो सम्याउने काम गरेको र इटालीको साइपम कम्पनीले ड्रिल गरी पाईप विच्छउने काम गरेको पेट्रोल खानीका संरक्षक चौकीदार कपिलमणी रिजालले बताए । उनले भने आफ्नै देशमा पेट्रोलको उत्पादन हुने भएपछि स्थानियहरु खुसी भएका थिए तर त्यो लामो समय टिकेन । तत्कालिन समयमा रातदिन नभनी काम हुने गरेको प्रतक्ष्यदर्शी स्थानिय छविलाल सिम्खडा बताउछन् । आफु पनि त्यसताका निर्माणका काममा लागेको उनले विगत सम्झदै बताए । तर खै भारतकै कारण रोकियो रे भनेको सुनेका थियौ उनले थपे । 

पेट्रोल पाइन्छ भनेरै यत्रो काम गरेको भएपनि एकाएक काम रोक्नु भारतनै वाधक भएको स्थानीय अगुवा प्रकाश सिम्खडा वताउँछन । ड्रिल गरि पाईप विच्छ्याउने, पोखरी खन्ने, उत्खनन्का लागि आवश्यक विभिन्न केमिकलको भण्डारण गर्ने घरको पनि निर्माण गरिएको थियो । तर अहिले यो केमिकल राख्ने घर पनि भत्किने अवस्थामा पुगिसेको छ भने अन्य क्षेत्र रुखपातले छोपीन लागेको छ ।

प्रकाशित मिति: Thursday, October 08, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।