पत्रकारितामा लैंगिक असमानता : महिला पत्रकारहरु बढी पीडित
- सरिता पुमा राई
त्यसमा महिला पत्रकारहरु धेरै पीडित छन् । उनीहरुले लेखेको समाचार हत्तपत्त मिडियाहरुले छाप्दैन्न पनि । छापे पनि महिलाहरुले लेखेको समाचारहरुलाई सानो स्पेस दिने गरेका छन् । प्राय मिडिया हाउसहरुले ‘महिलाहरुलाई पहिलो प्राथमिकता दिन्छौ’ भन्ने गर्दछन् । तर ती पनि हात्तीको देखाउने दाह्रा मात्र हुन् ।
यदि महिलाहरुलाई प्रत्येक मिडिया हाउसले प्राथमिता दिने भए प्रत्येक मिडिया हाउसमा महिला पत्रकारहरु खै ? महिला पत्रकारहरु मिडिया हाउसमा रहे पनि उनीहरु श्रम शोषणमा छन्, यौन शोषणमा परेका छन् । महिला पत्रकारहरुलाई कतै आफनै मिडियाका पुरुषहरुले यौन शोषण गरेका छन् त कतै श्रम शोषण ।
मिडिया हाउसहरुमा महिला पत्रकारहरु शोषणमा परेपछि उनीहरु वाध्य भएर आफनो पेसा परिवर्तन गर्ने गरेका छन् । पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरु पुरुष पत्रकारहरुभन्दा आउने जाने क्रम धेरै हुन्छ । पत्रकारिता क्षेत्रमा आएर एक दुई बर्ष काम गर्ने यौन शोषण, श्रम शोषणमा पर्ने गर्छन् । त्यसपछि बाध्य भई मिडिया क्षेत्र नै छाड्ने गरेका छन् ।
पुरुष पत्रकारको हकमा महिला पत्रकारहरुलाई श्रमको मूल्य कम दिने र समयमा नदिने चलन पनि कतिपय मिडिया हाउसहरुमा रहेको छ । ‘हामी महिला पत्रकारहरु नै अन्यायमा परेका मान्छेहरुलाई न्याय दिलाउनका लागि काम गर्छौ । तर खै त महिला पत्रकारहरुको लागि सुरक्षा र न्याय कहाँ छ ?’ सुरक्षा र न्याय पाउनु मानिसको नैसर्गिक अधिकार हो । कानुनमा उल्लेख छ । तर व्यवहारमा लागु छैन मात्र कानुनमा सिमित छ ।
महिला पत्रकारहरुले पनि अरुहरुलाई न्याय दिनका लागि र समाजमा ताजा ताजा सूचनाहरु प्रवाह गर्नका लागि अहाेरात्र डटेर काम गरेका हुन्छन् । तर आफूहरु अन्यायमा परेको लुकाएर छिपाएर हिँड्ने गरेका छन् । ‘आफू धेरै नै अन्यायमा परे पनि नपरेको जस्तो गरेर अरु अन्याय परेकाहरुलाई न्याय दिलाउको लागि काम गर्छौ ।’ वास्तवमा महिला पत्रकारहरुको ठूलो दर्दनाक पीडा आफ्नै मनमा सीमित छ । पुरुष पत्रकारहरुलाई मिडिया हाउसले समयमा नै तलब नदिए पनि उनीहरु विज्ञापन खोजेर भएपनि आफनो तलब कटाउने गर्दछन् । तर महिला पत्रकारहरु भने आफनो तलब बाध्य भएर छोड्नु पर्ने हुन्छ । उनीहरु विज्ञापनदाताहरुबाट विज्ञापन पनि उठाउन सक्दैनन् । कतिपय विज्ञापनदाताहरुले महिला पत्रकारहरु विज्ञापनको पैसा उठाउन जाँदा दुव्र्यवहार गर्ने, जिस्काउने जस्ता काम गरेका छन् ।
त्यही कारणले पनि महिला पत्रकारहरु विज्ञापनदातासँग विज्ञापनको पैसा उठाउन त्यति जाँदैनन् । त्यही भएर पनि बाध्य भई आफूले गरेको श्रमको मूल्य छोड्न बाध्य हुन्छन् । महिला पत्रकारहरु कार्यालयमा, रिपोर्टिङ स्थलमा र कार्यक्षेत्रमा समेत यौन शोषणमा परेका छन् । तर त्यस्ता शोषणका दोषी पुरुष पत्रकारहरुलाई खै त नेपाल पत्रकार महासंघले कारबाही गरेको ? खै त मिडिया हाउसहरुले कारबाही गरेको ? उल्टै शोषणमा परेपछि यस्ता पीडाहरु सहन नसकेर पीडित महिला पत्रकारहरुले पेसा परिवर्तन गर्न बाध्य छन् ।
नेपाल पत्रकार महासंघ र मिडिया हाउसहरुले यस्ता शोषण गर्ने पत्रकारलाई कारबाही गरे महिला पत्रकारहरु पनि यस पेसामा टिकेर काम गर्न सक्थे । श्रम शोषण गर्ने मिडिया हाउसलाई पनि प्रेस काउन्सिलले कारबाही गरे मिडिया हाउसहरु समवेदनशील भएर महिला पत्रकारहरुलाई समयमा नै तलब उपलब्ध गराउँथे होला । महिला पत्रकारहरुको हकहित, सुरक्षाको निम्ति ‘खोकी रहने’ नेपाल पत्रकार महासंघ नै यसप्रति संवेदनशील छैन । त्यसमा अझ महिला पत्रकारहरुको हकहितको लागि खोलिएका संस्थाहरु क्रियाशील महिला पत्रकार समूह (डब्लु डब्लु जे ) र सञ्चारिका समूहले पनि सक्रिय भएर काम गर्नु पर्ने आवश्यक्तालाई महसुस नगरेको अनुभव भइरहेको छ ।
सुनसरीमा पनि कतिपय मिडियाहाउस यस्ता कुराबाट अछुतो छैन । सुनसरीको कतिपय मिडिया हाउसका सम्पादकहरु, मालिकहरु, म नै मालिक हुँ भन्ने सम्पादकहरुले नै महिला पत्रकारहरुको श्रम शोषण गरेका छन् । श्रमको मूल्य समयमा नदिने अनि बजारमा ठूला कुरा गरेर हिड्ने मिडिया हाउस पनि छन् । महिला पत्रकारहरुले समयमा श्रमको मूल्य पाउदैनन् । सुनसरीमा पनि कतिपय महिला पत्रकारहरु रिर्पोटिङ् स्थलमा, कार्यालयमा दुव्र्यवहारमा परेका छन् । यस्तो दुर्व्यवहारमा, श्रम शोषणमा, यौन शोषणमा परेपछि बाध्य भएर महिला पत्रकारहरुले पेसा परिवर्तन गरेका उदाहरणहरु छन् । तर ती शोषण गर्ने पुरुष पत्रकारहरु भने खुलेआम पत्रकारिताको झ्याली पिट्दै हिडिरहेका छन् । पीडितले न्याय नपाएपछि आफै पत्रकारिता क्षेत्रबाट छेउ लाग्नु पर्ने अवस्था सिर्जना भएको छ । सच्चै नै यस्ता महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा काम गर्न ठुल्ठुला चुनौतिहरु रहेको छ । यदि यो चुनौति सामना गर्न नसक्ने हो भने पत्रकारिता क्षेत्रमा रहन गाह्रो छ । पत्रकारिता क्षेत्रमा काम गर्न नआटे, नसोचे पनि हुन्छ ।
नेपालभर पुरुष पत्रकारहरु ८ हजार २ सय १४ जना रहेका छन् भने महिला पत्रकारहरु १ हजार ६ सय १३ जना मात्र छन् । महिला र पुरुष पत्रकारहरु नेपाल पत्रकार महासंघमा जम्मा १० हजार ७७ जना आबद्ध छन् । नेपालको पूर्वी क्षेत्रबाट जम्मा १ हजार ४ सय ४४ जना रहेका छन् । त्यसमा महिला पत्रकारहरु २ सय ४६ जना र पुरुष पत्रकारहरु १ हजार १ सय ९८ जना छन् । महासंघको केन्द्रीय क्षेत्रमा १ हजार ५ सय ८७ जम्मा आबद्ध छन् । पुरुष पत्रकारहरु १ हजार ३ सय २० र महिला पत्रकारहरु २ सय ६७ जना छन् ।
पश्चिमी क्षेत्रमा पुरुष पत्रकारहरु १ हजार १ सय ७० जना र महिला पत्रकारहरु २ सय ३२ जना गरी जम्मा १ हजार ४ सय २ जना रहेका छन् । मध्यपश्चिमी क्षेत्रमा पत्रकारहरु १ हजार ४ सय ११ जना आबद्ध छन् भने पुरुष पत्रकारहरु १ हजार १ सय ४३ जना र महिला पत्रकारहरु २ सय १७ जना रहेका छन् । सुदुरपश्चिमी क्षेत्रमा जम्मा ६ सय ६६ जना महिला पत्रकारहरु ८० जना र पुरुष पत्रकारहरु ५ सय ८७ जना महासंघमा आबद्ध छन् ।
कर्पाेरेट व्रान्चमा जम्मा १ हजार ५ सय ८३ जना पत्रकारहरु रहेका छन् । त्यसमा १ हजार १ सय ५९ पुरुष पत्रकारहरु रहेका छन् । महिला पत्रकारहरु भने २ सय ७१ जना रहेका छन । काठमाण्डौ भ्याल्लीमा पुरुष पत्रकारहरु १ हजार १ सय ८२ जना र महिला पत्रकारहरु २ सय ५६ जना रहेका छन् भने एशोसिसयन अर्गनाईजेशनमा जम्मा पत्रकारहरु ५ सय जना रहेका छन् । त्यसमा पुरुष पत्रकारहरु ४ सय ५६ जना र महिला पत्रकारहरु ४४ जना रहेका छन् । यो आँकडाले पनि नेपालको जुनसुकै क्षेत्रमा पनि महिला पत्रकारहरु एकदमै कम आबद्ध भएको देखिन्छ ।
अझ खोजीको विषय त के छ भने, कति महिला पत्रकारहरुले वार्षिक रुपमा पत्रकारिता छाडेर पलायन हुन्छन् । अहिलेसम्म यसको लेखाजोखा हुन सकेको छैन । नेपाल पत्रकार महासंघमा आबद्ध भएका पुरुष पत्रकारहरु भन्दा महिला पत्रकारहरु उपस्थितिको हिसाबले न्यून छन् । जबसम्म पत्रकारितामा बाँच्न सक्ने आधार बन्दैन, जिविकोपार्जन गर्नलाई आत्मसम्मान बेच्नुपर्छ र भ्रष्टहरुको गुलामी गर्नुपर्छ त्यतिबेलासम्म महिला पत्रकारहरु पेशाबाट अलप हुन्छन् । प्रतिकार गर्दा समेत् आफ्नै अस्तित्व लिलामी गर्नुपर्ने अवस्था आउँछ तब महिलाहरु यो क्षेत्र छाडी अलप हुन्छन् । महिला पत्रकारहरुले दलाली गरेको हामी सुन्न पाउँदैनौं र त्यो हैसियत र गैरजिम्मेबार महिला पत्रकारहरु हुदैनन् । यहा महासंघको नेतृत्व गर्ने पत्रकार हुँ भन्नेदेखि भुरेटाकुरे पत्रकारिता गर्न थालेकाहरुले समेत कहिले समाचार लेखेर त कहिले समाचार नलेखिदिएर पैसो कुम्ल्याउँछन् । पत्रकारकै नेताहरु समेत आफ्नो अख्तियारको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्छन् । के महिला पत्रकारहरुमा यो धब्बा छ ? छैन । महिलाहरु स्वभिमानी, आत्मनिर्भर र कामप्रति बफादार भएका कारणले नै शोषणमा परेका छन् तर बोल्न सकेका छैनन् कारण पुरुष प्रधान समाजको पितृसत्तात्मक सोच पत्रकारिता क्षेत्रमा पनि हाबी छ । अब नेतृत्वले महिला पत्रकारहरुको वकालत गर्नेहरुले मिडियामा समता ल्याउने बेला छ । पत्रकारिता क्षेत्रमा काम गर्ने महिलाहरुले न्यायको अनुभूति गर्ने र सम्मानपूर्वक काम गर्ने गरेका छन् ? के उनीहरुले पाउने न्युनत्तम पारिश्रमिक पाइरहेका छन् ? पारिश्रमिक नपाएपछि पत्रकारिता छाड्ने महिलाहरु कत्ति छन् ? के उनीहरुलाई पुनःस्थापित गर्न सकिन्छ ? भन्ने विषयमा सोच्नु र कार्यान्वयन गर्नु जरुरी छ । सेतो पर्दाभित्र काला कामहरु त भइरहेका छैनन् ? युद्धस्तरमा यसको अनुगमन, निरीक्षण र न्याय प्रदान गर्नेतर्फ वकालत गर्नेहरु र नेतृत्वहरु लागि पर्नुपर्छ ।
पत्रकारहरुको लागि न्यतम तलब कहिले १० हजार कहिले १९ हजार हुनु पर्ने भन्दै राज्यले घोषणा गर्दछ । त्यो घोषणा भने ‘ल्साहामा सुन छ कान मेरो बुच्चै’ भन्ने टुक्सँकासँग ठ्याक्कै महिला पत्रकारहरुको लागि मिल्दोजुल्दो छ । महिला पत्रकारहरु पत्रकारिता क्षेत्रमा आउन जति सजिलो छ । तर यस क्षेत्रमा टिकिरहन त्यति नै गाह्रो छ ।
त्यसैगरी, केहि बर्षदेखि धरानमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी लक्ष्मी दर्नालले पनि आफना मिडिया हाउसबाट एकदमै मानसिक टर्चर दिएको कारणले आफुले काम गरेको मिडिया हाउस छाडेको बताइन् । आफुले काम गरेको मिडिया हाउसले मानसिक टर्चर सधै दिएको कारणले अफिस पुग्नसाथ आङ्ग नै सिरिङ्ग हुने गरेको उनले बताइन् । सानो गल्ती हुनसाथ गाली गर्ने जहिल्यै पनि अफिसबाट निकाल्न खोज्ने गरेको उनले बताईन् । आफुले काम गरेको मिडिया हाउसले विभिन्न बहाना गरेर निकाल्न खोज्ने र मानसिक टर्चर दिने गरेपछि मानसिक टर्चर सहन नसकेर आफुले नै काम गरेको मिडिया हाउस छाडेको उनले बताइन् । अफिसमा आफुले काम गरेकोमा कहिल्यै पनि विश्वास नगर्ने गरेको पनि उनले बताइन् । जहिल्यै पनि अविश्वास गर्ने गरेको कारणले पनि मिडिया हाउस छाडेको उनले बताइन् ।
धरान मै केही बर्षसम्म पत्रकारिता क्षेत्रमा काम गरेर पेसा परिवर्तन गरेकी सुचिता अधिकारी यसरी बताउछिन्– पत्रकारितामा काम गर्न धेरै नै रहर थियो । तर यस क्षेत्रमा दवै संयोग आफुले सोचे जस्तो भएन । उनले पत्रकारिता क्षेत्र छोडेर अहिले सिलाई बुनाईमा काम गर्छिन् । पत्रकारिता क्षेत्रमा काम गर्दा भन्दा यस पेसाबाट धेरै नै जीवनयापन गर्न सजिलो भएको उनले बताइन् । पत्रकारिताक्षेत्रमा नाम मात्र तर दाम नभएको कारणले पनि यसक्षेत्रमा काम गर्न एकदमै गाह्रो भएकोले पनि पेसा परिवर्तन गरेको उनले बताइन् ।
त्यसैगरी, मोरङ्ग जिल्लामा र धरानमा केहि बर्ष पत्रकारिता गरेकी सुमित्रा बराल यसरी बताउछिन– पत्रकारिता क्षेत्रमा काम गर्दा महिला पत्रकारहरुलाई एकदमै अवसर नभएको उनि बताउछिन् । यस क्षेत्रमा काम गर्न धेरै नै खोजे तर महिला पत्रकारहरुको अवसर नभएपछि आफुले पेसा परिवर्तन गरेको बताइन् । बराल अहिले नोबेल हस्पितटलको कर्मचारीका रुपमा कार्यरत छिन् । साथै आफनो पढाईलाई निन्तररुपमा ध्यान दिएकीछिन् । उनले अहिले विवाह समेत् गरेकी छिन् । झन विवाहपछि महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा आउन गाह्रो हुने उनले बताउछिन् । लक्ष्मी, सुचिता र सुमित्रा त महिला पत्रकारहरुको लागि उदाहरण मात्र हुन् । सयौं महिला पत्रकारहरु पत्रकारिता क्षेत्रमा प्रवेश गर्दछन् । उनीहरु यौन, श्रम शोषणमा परेपछि बाध्य भएर पेसा परिवर्तन गरेका छन् । सुनसरीमा पनि महिला पत्रकारहरु यौन शोषण र श्रम परेका छन् भने कति महिला पत्रकारहरु रिपोटिङ्ग स्थलमा र कार्यलयहरुमा दुर्व्यावहारमा परेका छन् । त्यही भएर महिला पत्रकारहरु पत्रकारिता क्षेत्रमा पलायन हुन्छन् । पुरुष पत्रकारहरुको पत्रकारीता क्षेत्रमा वर्चस्व बढने गरेको छ । कतिपय महिला पत्रकारहरु पत्रकारिता क्षेत्रमा लामो समयसम्म काम गरेर विदेश समेत पलायन भएका छन् । यसरी महिला पत्रकारहरु पत्रकारिता क्षेत्रमा टिक्न चानचुने कुरो होइन ।
त्यसैगरी क्रियाशिल महिला पत्रकार समूहको (डब्लु डब्लु जे) पुर्वाञ्चल संयोजक गंगा बराल यसरी भन्छिन्– ‘महिला पत्रकारहरुलाई अवसर नभएको कारण पनि लामो समय पत्रकारिता क्षेत्रमा टिक्न नसकेका हुन् ।’ यस क्षेत्रमा महिला पत्रकारहरुले धेरै नै मेहनत गरेका छन् । तर पुरुष पत्रकार जत्तिको अवसर पाएका छैनन् । पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुले घरपरिवारलाई सन्तुष्ट पारेर आउनुपर्छ त्यसैले पनि यस क्षेत्रमा टिक्न गाह्रो छ । मेहनत गरे अनुसारको मिडिया हाउसहरुले महिला पत्रकारहरुलाई पारिश्रमिक पनि दिएका छैनन् । विवाह भएपछि जिल्ला छाडनु पर्ने र अध्यनको लागि राजधानी जानु पर्ने भएको कारणले पनि महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा काम गर्न समस्या रहेको छ । यदि राज्यले, नेपाल पत्रकार महासंघले र महिला पत्रकारको हकहितको लागि खोलिएको संस्थाहरुले नै महिला पत्रकारको हकहितको लागि कडा नियम बनाइदिएर कार्यान्वयमा कडाई गरे महिला पत्रकारहरु पत्रकारिता क्षेत्रमा टिकन सक्ने थिए। राज्य, नेपाल पत्रकार महासंघ र महिला पत्रकारको हकहितको लागि खोलिएको संस्थाहरुले गम्भीर ध्यानकर्षण देखाएर काम गर्नु पर्ने बताउछिन् । डब्लु डब्लु जेमा नेपालभरका महिला पत्रकारहरु ६ सय जना मात्र आबद्ध रहेको बताउछिन् । डब्लु डब्लु जेले नेपालभरि विभिन्न क्षेत्रमा महिला पत्रकारहरुको हकहितको लागि निरन्तर काम गरिरहेको उनले बताइन् । पीडित महिलाहरुलाई केहि मात्रामा न्याय पनि दिलाउन सफल भएको छ । कतिपय मिडिया हाउसहरुले विभिन्न वाहाना गरेर कामबाट निकाली दिएकाहरुलाई पुन: सोही मिडिया हाउसमा काम गर्ने वातावरण समेत मिलाएको जस्ता पनि काम गरेको छ । तर डब्लु डब्लु जेले भने जति काम गर्न अलि सकेको छैन ।
सरिता पुमा राई |
तर महिला हकहितकै लागि काम गरिरहेको उनले बताइन् । तर सञ्चारिका समूहमा कति जना महिला पत्रकारहरु आबद्ध छन् भन्ने आँकडा भने नभएको उनले बताइन् । यो आँकडा जम्मा गर्ने क्रम भने संञ्चारिका समूहको केन्द्रिय कार्य समितिले जारी राखेको उनले बताइन् । लामो समयदेखि आफू पनि पत्रकारिता क्षेत्रमा काम गरिरहेको यस क्षेत्रमा आफूले काम गरेदेखि धेरै नै महिला पत्रकारहरु पलायन भएको पनि उनि बताउछिन् । महिला पत्रकारहरुलाई यस क्षेत्रमा काम गर्न धेरै नै चुनौति रहेको कारणले पनि महिला पत्रकारहरु पत्रकारिता क्षेत्रमा टिक्न मुस्किल रहेको उनले बताइन् ।
प्रकाशित मिति:
Thursday, October 08, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।