चालकको जहाज उडाइरहेकै अवस्थामा निधन

२०७२ असोज १९ । अमेरिकाको फिनिक्सबाट बोस्टन गइरहेको अमेरिकन एयरलाइन्सको जहाजका पाइलटको ककपिटभित्रै निधन भएको छ । ११४ यात्रु र पाँचजना चालक दलका सदस्यहरेको यो प्लेन उडाइरहेका पाइलटको मृत्यु भएपछि को-पाइलटले प्लेनलार्इ सफलतापूर्वक अाकष्मिक अवतरण गराउन सफल भएका छन् । 

सोमबार भएको यो घटनामा बेहोस भएका पाइलटलार्इ स्टिवार्डले बचाउने कोशिस गरेपनि सफल हुन सकेनन् । अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर ५५० फिनिक्सबाट बोस्टन गइरहेको थियो । यसक्रममा उडिरहेकै बेला प्लेन धेरै हल्लिएपछि यात्रुलार्इ प्लेनमा केही गडबड भएको पत्ता लागेको थियो ।

 शुरूमा प्लेन धेरै नै हल्लिएको थियो । त्यसपछि तीब्र गतिमा प्लेन जमिनतर्फ झरेको थियो । त्यसपछि तत्कालै को-पाइलटले प्लेनका पाइलटको स्वास्थ्य अवस्था खराब भएको जानकारी यात्रुलार्इ गराएका थिए । 

को-पाइलटले तत्कालै कन्ट्रोल रूमलार्इ घटनाबारे जानकारी दिएर इमरजेन्सी अवतरणको अनुमति मागे । अनुमति मिलेपछि जहाजलार्इ तत्कालै सायराकस एयरपोर्टमा अवतरण गराइयो ।


अमेरिकन एयरलाइन्सले पाइलटको मृत्युको कारण खुल्न नसकेको जनाएको छ । उनको विमारीबारे पत्ता लगाउन एयरलाइन्सले उनका परिवारसँग सहयोग लिइरहेको छ। 
सौजन्य: अन्नपूर्ण पोष्ट ।

प्रकाशित मिति: Tuesday, October 06, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।