जनसेनाका पूर्व कमाण्डर पासाङ उपराष्ट्रपति निर्वाचित

२०७२ कात्तिक १४ ।  एमाओवादी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । आज भएको उपराष्ट्रपतिको निर्वाचनमा पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । एमाओवादीका सांसद जनार्दन शर्माले पासाङले ३२५ मत ल्याएको जानकारी दिँदै कांग्रेसका उम्मेद्वार अमिय यादवले २१२ मत ल्याएको र १०  मत बदर भएको बताए । केहिबेरमै बस्ने संसद बैठकबाट...

मधेसीको धर्नास्थल हुँदै हतियारसहित भारतीय फौज नेपाल प्रवेश

२०७२ कात्तिक १४ । मधेशी दलका नेता कार्यकर्ताले वीरगन्ज रक्सौल नाकाको दसगजा क्षेत्रमा डेढ महिना देखि धर्ना दिएर नाकाबन्दी गरेका छन्। तर शुक्रबार राति त्यही धर्नास्थल हुँदै हतियार र बर्दी सहितका भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन्। शुक्रबार बेलुकी आठ बजेतिर बी आर ३३ एम ७६१६ नम्बरको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु नेपाल...

गर्भावस्थामा रक्तअल्पताको खतरा

२०७२ कात्तिक १३ । शरीरमा रहेको रगतमा हेमोग्लोबिनको मात्रा कम हुनुलाई रक्तअल्पता भनिन्छ । हेमोग्लोबिन राता रक्तकोषमा रहेको सबैभन्दा महत्वपूर्ण रक्ततत्व हो । हेमोग्लोबिनले नै शरीरका अंगअंगमा अक्सिजन पु¥याउने काम गर्छ । श्वासप्रश्वासका क्रममा हामीले लिएको अक्सिजन फोक्सोमा पुगेपछि रगतकै माध्यमबाट शरीरका कोषकोषमा पुग्छ । यसरी शरीरका कोषकोषमा अक्सिजन पु¥याएर शक्ति प्रदान गर्ने राता रक्तकोषमा रहेको हेमोग्लोबिनले नै हो । त्यसकारण शरीरमा हेमोग्लोबिन...

खिम मुमादोत् (गजल)

प्रकाश पुष्पक राई पुमा खुलाया दोक्बेत बेत्याङ् हे पे ? खिम्कोङ्दो मि लेत्याङ् हे पे ? दोरोत्छा मेन्सिन आइ सेल्लाम् । दिमा बिनायो चेत्याङ् हे पे ? वाहुत् पुङ्कि वारि वियाङ्सो । एन् दिप्पा ङासा सेत्याङ् हे पे ? भुक्सा पुक्साकु खिम मुमादोत् । ङ्पक्का लुङ्वा खेत्याङ् हे पे ? बेल्टार वशाहा १, उदयपुर हाल, क्वालालम्पूर २९ अक्टोवर, २०१५ ...

लोकसेवा खरिदार २०७२ बागलुङको लिखित नतिजा

२०७२ कात्तिक १२। लोकसेवा अायोगद्वारा रा‍.प.अनं. द्वितीय अप्राविधिक खरिदार बागलुङको लिखित नतिजा सार्वजनिक भएको छ । विस्तृत जानकारी: ...

कामदारका लागि कतारमा नयाँ कानुन बन्यो

 २०७२ कात्तिक १२ । लामो समयपछि बल्ल कतारमा नयाँ ‘स्पोन्सरसिप’ ९कफला० सम्बन्धी कानुन जारी भएको छ । कतारले सुधार गरेर स्पोन्सरसिप (कफला) सम्बन्धी कानुनलाई मंगलबार परिमार्जन गरेको हो । परिमार्जित नियम अनुसार अब कतारमा काम गर्न जाने नेपाली कामदारको स्पोन्सरसिप करारपत्र अनुसार हुनेछ । हालको नियममा करारपत्र सकिएपछि कम्पनी र व्यक्तिले अनुमति नदिएसम्म आफ्नो घर फिर्न नपाउने नियम थियो । अबको नयाँ कानुनले...

...

चीनबाट इन्धन ल्याउन बेइजिङ सम्झौता, भारतीय एकाधिकार तोडियो

२०७२ कात्तिक ११ । भारतको नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला चीनबाट इन्धन ल्याउने व्यवसायिक सम्झौता भएको छ । यससँगै नेपालमा इन्धन आपूर्तिमा भारतीय एकाधिकार तोडिएको छ । नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो–चाइना) बीच बुधबार इन्धन आपूर्तिबारे व्यवसायिक सम्झौता भएको हो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र...

सिटौलाले भने– मलाई राष्ट्रपति बनाउनोस्, कांग्रेस सरकारमा आउँछ

२०७२ कात्तिक १० ।  नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई राष्ट्रपति बनाउन एमाओवादी अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव राखेका छन् । सिटौलाको प्रस्तावबारे प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् । आफूलाई राष्ट्रपति बनाएको खण्डमा कांग्रेसलाई सरकारमा सहभागी गराउने दाबी सिटौलाले प्रचण्डसमक्ष गरेका छन् । सिटौलाको प्रस्तावबारे एमाओवादीका एक स्थायी समिति सदस्यले अनलाइनबरसँग भने( ‘कांग्रेस अहिले नै सरकारमा सहभागी गराउन नसके पनि सिटौला राष्ट्रपति बनेको...

...

कर्मचारीहरु साइकल चढ्नोस् !

२०७२ असोज २८ । भारतको नाकाबन्दीका कारण इन्धनको चर्को अभाव भइरहेका बेला वातावरण मन्त्रालयले भने सरकारी कर्मचारी साइकलमा कार्यालय आउजाउ गर्नेसहितको विकल्प अघि सारेको छ । मन्त्रालयले इन्धन आपूर्तिमा देखिएको समस्याको तत्कालीन र दीर्घकालीन विकल्प अघि सारेको छ । योजना आयोगमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइएको प्रस्तावमा काठमाडौं उपत्यकामा सरकारी कर्मचारीलाई साइकलमा आउने जाने व्यवस्था गर्ने उल्लेख छ । साथै साइकलमा अनुदान वा सहयोग दिन...

नायब सुब्बा काठमाडौं लिखित नतिजा २०७२ सार्वजनिक

२०७२ असोज २८ । लोकसेवा अायोगद्वारा रा‍.प.अनं. प्रथम अप्राविधिक नासु काठमाडौंको लिखित नतिजा सार्वजनिक भएको छ । विस्तृत जानकारी: ...

केरुङ नाका खुलेकै दिन चीनबाट ७ ट्रक खाद्यान्न उपहार

२०७२ असोज २८ । चीन सरकारले विहीबार रसुवास्थित केरुङ नाका खोल्ने निर्णय भएकै दिन नेपाललाई सात ट्रक खाद्यान्न सहायता घोषणा गरेको छ । चीन र नेपालको केरुङ नाका आजबाट सुचारु भएको छ । गत बैशाखमा गएको विनाशकारी भूकम्पपछि बन्द भएको यो नाका खुल्ला गरिए पनि कतिपय स्थानमा सडकको स्तरोन्नति गर्न बाँकी छ । यद्यपि सवारी साधनहरु सुचारु हुने स्थिति आएपछि विहीबारबाट औपचारिकरुपमा नाका...

नायब सुब्बा पोखराको लिखित नतिजा सार्वनजिक

२०७२ असोज २७ । लोकसेवा अायोगद्वारा रा‍.प.अनं. प्रथम अप्राविधिक नासु पोखराको लिखित नतिजा सार्वजनिक भएको छ । विस्तृत जानकारी: ...

सहसचिव तथा उपसचिवको विज्ञापन २०७२

२०७२ असोज २७ । लोकसेवा आयोगले सहसचिव तथा उपसचिवको २०७२ को लागि विज्ञापन सार्वजनिक गरेको छ । विस्तृत जानकारी: ...

ओलीलाई अन्तर्राष्ट्रिय समुदायको सुझाव : 'सम्झौतामार्फत संविधान समावेशी बनाऊ'

२०७२ असोज २७ । अन्तर्राष्ट्रिय समुदायले केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएकोमा बधाई दिँदै सबैको अपनत्व महसुस हुने समावेशीमूलक ढंगले संविधान कार्यान्वयन गर्न सुझाव दिएको छ। आन्दोलनरत दलहरूले संविधान संशोधन प्रस्तावप्रति असन्तुष्टि जनाइरहेकै बेला अन्तर्राष्ट्रिय समुदायका तर्फबाट मंगलबार वक्तव्य जारी गर्दै नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि जेमी म्याकगोल्डरिकले सरकारले संविधानलाई समावेशी बनाउने अपेक्षा लिएको बताएका हुन्। 'सबै क्षेत्रका जनताको अपनत्व सुनिश्चित...

राष्ट्रपतिमा एमाओवादीको दाबी, गृह र स्थानीय विकाससहित ८ मन्त्रालय पाउने

उपप्रधानमन्त्री छान्न स्थायी समिति बोलायो २०७२ असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा एकीकृत नेकपा माओवादीले पाउने आठ मन्त्रालयको टुङ्गो लागेको छ । साथै उसले राष्ट्रपति र सभामुख दुबैमा दावी गरेको छ । मन्त्रालय बाँडफाँडबारे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच मंगलबार छलफल भएको छ । एमाओवादी नेताहरुका अनुसार छलफलमा आठ मन्त्रालयको नाम मोटामोटी टुङ्गो लागेको...

आवश्यकता एउटा अनलाइन पत्रिकाको

२०७२ असोज २६ । समयको दौरानसँगै प्रविधिको पनि विकास भइरहेको छ । प्रविधिमा भएको विकाससँगै हामीले हरेक क्षेत्रमा फड्को मार्नुपर्ने अवस्थाहरु सिर्जना हुँदै आइरहेका छन् । हाम्रा हरेक दिनचर्याहरु प्रविधिले सहज र सुगम बनाउँदै लगेका छन् । यसै सन्दर्भमा मानव विकासको सुरुवातसँगै हाम्रा पुर्खाहरुले सिर्जना गरी पुस्तौपुस्ता पुस्तान्तरण हुँदै आएका हाम्रा अमूल्य निधिहरु भाषा तथा संस्कारहरु हुन् । यी भाषा तथा संस्कारहरुलाई समयसँगै...

ओलीलाई समर्थन गर्ने दलबीच मन्त्रालय बाँडफाँटमा समस्‍या

२०७२ असोज २६ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने राजनीतिक दलहरूबीच मन्त्रालय बाँडफाँट हुन नसक्दा एउटै मन्त्रालयमा दुईभन्दा बढी दलको दाबी देखिएको छ। एमाले, एमाओवादी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले दाबी गरेका मन्त्रालयहरू एकआपसमा बाझिएका छन्। प्रधानमन्त्री निर्वाचनभन्दा पहिले मन्त्रालय बाँडफाँट नगर्दा यस्तो समस्या आएको एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका नेताहरू स्वयम् बताउन थालेका छन्। सत्तासीन दलका नेताहरूले...

केपी ओलीका ५ रहस्य : उखु गोडाइदेखि महाकाली सन्धीसम्म !

अरुण बराल २०७२ असोज २५ । हाम्रो देश ‘महान नेताले भरिएको तर, दुरावस्थामा कहिल्यै सुधार नआएको विडम्वनायुक्त राष्ट्र हो । अहिले तिनै महान नेताको सूचीमा थपिएका छन् प्रधानमन्त्री खड्डप्रसाद शर्मा ओली । उसो त केपी ओलीसँगै प्रचण्ड, विजय गच्छदार र कमल थापाहरु पनि अहिले ‘महान नेता’हरुको सूचिमा पुनव्र्याख्यासहित थपिएका छन् । देशमा लामो समय यी नेताहरुले राजनीति गरे । यतिबेला मुलुकमा प्रगतिका परिसूचकहरु...

आठ सदस्यीय मन्त्रिपरिषद्‍मा थापा र गच्छदार उपप्रधानमन्त्री

२०७२ असोज २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले राष्ट्रपति डा. रामवरण यादव समक्ष समथ लिएका छन् । लगतै सत्ता साझेदार तीन दललाई समेटेर मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषद्को उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् । मन्त्रीहरुमा एमालेबाट अग्नि खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, एमाओवादीबाट...

प्रधानमन्त्री ओलीले आफ्नै मन्त्रीहरुलाई सपथ खुवाउन पाएनन्

मन्त्रीहरु प्रधानमन्त्रीप्रति उत्तरदायी कि राष्ट्रपति प्रति? २०७२ असोज २५ । मुलुकका ३८ औं प्रधानमन्त्री केपी शर्मा ओली त्यस्ता अभागी प्रधानमन्त्री बनेका छन्, जसले आफ्नो मन्त्रिपरिषदका उपप्रधानमन्त्री एवं मन्त्रीहरुलाई सपथ ग्रहण गराउन पाएनन् । विगतमा प्रधानमन्त्रीले नै मन्त्रीहरुलाई सपथ खुवाउने गरिएको भए पनि सोमबार प्रधानमन्त्री ओलीले यो अधिकार पाएनन् । ओली मन्त्रिमण्डलका दुई उपप्रधानमन्त्री र पाँच मन्त्रीलाई राष्ट्रपति रामवरण यादवले सपथ ग्रहण गराइरहँदा प्रधानमन्त्री...

फास्ट ट्रयाकमा राष्ट्रघात (प्रमाणहरु सहित)

लिलामणि पौडेल, पूर्वमुख्यसचिब, नेपाल सरकार, सप्रमाण दाबी २०७२ असोज २५ । ‘जे नहुनु थियो त्यही भयो,’ मुख्य सचिव लिलामणि पौडेल मुर्मुरिए ‘जस्ता नेता उस्तै सचिव, कस्तो तिमीहरुको बुद्धि।’ उनको अनुहारमा क्रोध थियो। एक सचिवले सोधे ‘सर के भयो?’ पौडेल जंगिए ‘के हुनु, राष्ट्रघात भयो।’ यो सम्वाद २०७१ चैत्र २ गतेको हो, जुनदिन उनकै शब्दमा ‘नेपालका लागि रणनीतिक महत्वको आयोजना अर्बौको कमिसन चक्करमा फस्यो’...

ओली ३३८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित

२०७२ असोज २४ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएको छन्। संसद्‍को आइतबारको बैठकमा भएको मतदानमा ओली स्पष्ट बहुमतसहित निर्वाचित भएका छन्। वर्तमान प्रधानमन्त्री सुशील कोइराला पराजित भएका छन्। ओलीले ३३८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी कोइरालाले २४९ मत प्राप्त गरेका छन्।कांग्रेसबाहेक संसद्‍का अधिकांश दलले उनलाई समर्थन गरेका छन्।  ओलीलाई एमाओवादी, राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायत अधिकांश साना दलहरुले...

पेट्रोलियम पदार्थ ल्याउन क–कसले हाले ग्लोबल टेन्डर ?

२०७२ असोज २४ । नेपाल आयल निगम (एनओसी)ले इन्धन आपूर्ति गर्न बिहीबार आह्वान गरेको ग्लोबल टेन्डरका लागि दोस्रो दिनसम्म पाँचवटा प्रस्ताव परेका छन् । तीनदिने टेन्डरको अन्तिम म्याद शनिबार हो । एनओसी स्रोतका अनुसार सिंगापुर, यूएईका शारजाह, दुबईलगायतका स्थानबाट इन्धन आपूर्ति गर्न पाँच संस्थाले शुक्रबारसम्म प्रस्ताव गरेका छन् । आइतबार थप केही प्रस्ताव पर्ने अनुमान गरिएको छ । एनओसीले अल्पकालीन नीतिअन्तर्गत डिजेल प्रतिदिन...

बलात्कार गरी भिरबाट फाल्ने पक्राउ

२०७२ असोज २४ । सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरेर भिरबाट फाल्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।  काभ्रेपलाञ्चोकको मेच्छे गाविसमा बलात्कारपछि घाँटीमा सलले बाँधेर भिरबाट खसालेको आरोपमा दोलखा घर भई मेच्छेमा ज्यामी काम गर्ने २० वर्षीय रोजन पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका पाख्रिनले आफूले बलात्कार गरेर भिरबाट खसालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी...

नेपालीपन बेच्दिन (गजल)

किशोर पुमा राई 'संकल्प भावुक' चोट मात्र देख्छु सँधै हतियारलाई देख्दिन खुसी देख्छु सानो संसार ठूलोलाई देख्दिन । चलाउछु कलम सँधै मजदुरको पक्षमा शोसक र सामन्तीको पक्षमा लेख लेख्दिन । धेरै भए ठगिखाने कति लेख्नु कथा लेख्दा लेख्दै थकाइ लागे बिसाउछु एकछिन । बाध्यताले प्रदेशमा रहरले होइन श्रम मात्र बेच्छु म नेपालीपन बेच्दिन । दिप्लुङ–४, पुमा चोक, खोटाङ हाल, मलेसिया । ...