फूलको माला दाजुलाई (गीत) {तिहार विशेष}

  • गणेश पुमा चिन्तन
चेली:      फूलको माला दाजुलाई प्रेमको माला हामीलाई
माईती:    भाइटिका देउ हामीलाई खुसीको भाव बैनीलाई

चेली:     दाजुको हासो लिएर वैनीको मान आजलाई
           सायपत्री फूल फुलेर जीवन मिल्ने हामीलाई
माइती:   बैनीको मान हामीलाई दाजुको माया तिमीलाई
            बैनीको जीवन सुनौलो सबैको हासो जगाई

चेली.    मुस्कान पाए दाजुको जीवन मिठो बन्नेछ
          भोलिको लागि बैनीको जीवन फूल बन्नेछ
माइती:   लेकले राख्यौ सिरैमा हिमाल बोल्यो भिरैमा
           मुस्कान हामी दाजुको बैनीको राम्रो सिरैमा
चेली:     फूलको माला दाजुलाई
माइती:   भाइटिका देउ हामीलाई

रचनाकाल: २०५६ भदौ ११ ।
Image result for सयपत्री फूल


प्रकाशित मिति: Monday, November 09, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।