चाम्लिङ राई भाषामा कविता प्रतियोगिता हुने

२०७२ कात्तिक १७ । चाम्लिङ राई भाषामा कविता प्रतियोगिता हुने भएको छ ।

चाम्लिङ राई भाषा समृद्धिका लागि प्रकाशनु हुँदै आएको ‘सितिमी” मासिक पत्रिका र किरात राई यायोक्खा खोटाङ, धितुङ शाखाको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने सितिमी मासिक पत्रिकाका सहसम्पादक रकम राईले बताए ।

‘भाषा, धर्म, होसुङवैय सबैको हुन्छ आआफ्नो पहिचान : सचेतनाको अभियानमा एकजुट भइ सबैले गरौं संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ धिततुङ-२ खोटाङ बुलापन्थे उमाविमा कार्तिक २० गते शुक्रबारको दिन चाम्लिङ राई भाषामा खुल्ला रिसिया (कविता) प्रतियोगिता हुने किरात राई यायोक्खा, धितुङ शाखाका अध्यक्ष रिमन्त राईले बताए ।
साभार: इसमता ।

प्रकाशित मिति: Tuesday, November 03, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।