स्वतन्त्र पारवहन नेपालको अधिकार हो – बान कि मुन

'सीमाको अवरोध तत्काल हटाऊ, औषधि नरोक'
२०७२ मंसिर ५। संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपाल-भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन आग्रह गरेका छन् ।

महासचिव बानले स्वतन्त्र पारवहन नेपालको अधिकार भएकोसमेत बताएका छन् । यसअघि कात्तिक अन्तिम साता पनि महासचिव बानले नेपालको स्वतन्त्र पारवहन अधिकार हनन भएको बताएका थिए । महासचिव बानले सीमा नाकाबाट भइरहेको अवरोधप्रति चिन्ता गरेको उनका प्रवक्ताद्वारा जारी वक्तव्यमा जनाइएको छ । बानले नेपाल-भारत सीमामा रहेको अवरोध तत्काल हटाउन र औषधिलगायतका अत्यावश्यक सामान आयात नियमित गर्न आग्रह गरेका छन् ।

महासचिव बानका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘औषधिजस्तो अत्यावश्यक वस्तुको आयातमा भएको अवरोधका कारण मानवीय सहायता तथा उपचारमा नै समस्या परेकोप्रति महासचिव बान चिन्तित हुनुहुन्छ ।’
ban ki moon
महासचिव बानले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षसँग आग्रह गरेको छ । लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण एवं सम्वृद्ध भविश्व निर्माणको प्रयासमा राष्ट्र संघले नेपाललाई समर्थन गर्ने महासचिव बानले दोहोर्‍याएका छन् । 
सौजन्य: अनलाइन खबर ।

प्रकाशित मिति: Saturday, November 21, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।