ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

२०७२ कात्तिक १७ । सुन्तलेको धाप्लाङबाट सामान लिएर चिसापानी जाँदै गरेको को २ त १७८६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खोटाङबजार ९ का चालक २४ वर्षीय सोमनाथ बिश्वकर्माको ज्यान गएको छ ।

खाद्यान्न लिएर आउँदै गरेको ट्याक्टर मंगलबार बिहान साउनेचौर २ र ३ को सीमानामा पर्ने राप्चा भीरबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताउनुभयो ।

सडकबाट करिब ३ सय मिटर तल खसेको ट्याक्टरका चालक बिश्वकर्माको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

साँघुरो सडकका कारण ट्याक्टरले नियन्त्रण गुमाएर पल्टिएको अनुमान गरिएको चिसापानी उच्च माविका प्राचार्य रामबहादुर राउतले बताउनुभयो ।

प्रकाशित मिति: Wednesday, November 04, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।