अनुदानको तेल लिन ट्यांकर केरुङ तिर

२०७२ कात्तिक ३० । चीनबाट अनुदानको पेट्रोल लिन २६ वटा ट्यांकर रसुवागढीबाट केरुङ गएका छन् । सोमबार नै थप ३० वटा ट्यांकर तेल लिन केरुङ पठाउने निगमले जनाएको रुसवागढी भन्सार प्रमुख केदार पनेरुले अनलाइनखबरलाई जानकारी दिए ।

चीनले दिएको १ हजार मेट्रिक टन अर्थात १३ लाख लिटर पेट्रोलमध्ये अब ३ लाख ३५ हजार लिटर पेट्रोल नेपाल ल्याउन बाँकी छ । तिहार अघि एकैपटक २ लाख ७० हजार लिटर पेट्रोल ल्याइएको थियो । ५६ वटा ट्यांकरले तेल ल्याएपछि चीनले अनुदानमा दिएको सबै तेल काठमाडौं आइपुग्ने छ ।

चीनले अनुदानमा दिएको पेट्रोल पनि भारतबाट आएको पेट्रोलमै मिसाएर बिक्री भइरहेको छ । आयल निगमले चीनसँग ब्यापारिक रुपमा तेल खरिद गर्ने प्रक्रिया अघि बढाएपनि चिनियाँ पक्षले जावाफ दिन ढिलाइ गरेको छ । अनलाइन खबरमा समाचार छ । 

प्रकाशित मिति: Monday, November 16, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।