सिटौलाको राष्ट्रपति बन्ने सपना कसरी तुहियो ?

२०७२ कात्तिक १८ । प्रस्तुतीमा शलीन, व्यवहारमा अत्यन्त कुटिल मानिने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला अर्को एक प्रयासमा पनि असफल भएका छन् । 

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर आफू उपप्रधानमन्त्रीसहित गृह बन्न गरिएको प्रयासमा सिटौला असफल भएका थिए । यो असफलताबाट चिन्तित बनेका उनी अाफू राष्ट्रपति बन्ने र कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने योजनामा थिए । प्रचण्डलाई मनाउन सफल भएको ठान्ने सिटौलाले प्रचण्डले दिएको वचनकै आधारमा राष्ट्रपति बन्न अग्रसर भएका थिए । 

कात्तिक ७ गते शनिबार बिहान भएको कांग्रेस पदाधिकारी बैठकमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भएको थियो । उक्त बैठकमा सुशील कोइरालालाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव हुँदा कोइरालाले इरिटेड हुँदै ‘म हुन्न, म हुन्न’ भनेका थिए । त्यसपछि उपसभापति रामचन्द्र पौडेलले वरिष्ठ नेता शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गर्दा उनले पनि अस्वीकार गरेका थिए ।

रामचन्द्र र प्रकाशमानले प्रस्ताव अस्वीकार गर्दै सक्रिय राजनीतिमै रहन चाहेको बताए पछि सिटौलालाई राष्ट्रपति उम्मेदवार बन्न गरिएको प्रस्तावमा उनले ‘ठीक छ, म राष्ट्रपतिको उम्मेदवार बन्न तयार छु’ भन्ने प्रतिक्रिया दिएका थिए । सिटौलाको कुरा सुनेर बैठकमा सबै चकित भएका थिए । सिटौलालाई उम्मेदवार बनाउने पक्षमा सुशीलसहित अधिकांश पदाधिकारी थिएनन्, त्यसैले केन्द्रीय समितिमा छलफल गर्ने भन्दै टुंग्याइयो ।  घटना र विचारमा खबर छ ।

प्रकाशित मिति: Wednesday, November 04, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।