प्रधानमन्त्री ओलीको देशबासीलाई सम्बोधन गर्ने तयारी



२०७२ कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीलाई सम्बोधनको तयारी गरेका छन् ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएको मंगलबार एक महिना पुग्दैछ । त्यस अवसरमा देशबासीलाई सम्बोधन गर्दै ओलीले केही कार्यक्रमहरु घोषणा तयारी गरेका छन् ।
राप्रपा नेपालका तर्फबाट सोमबार दुई राज्यमन्त्री र दुई सहायकमन्त्रीलाई नियुक्त गरेपछि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधनको तयारी भइरहेको जानकारी दिएका हुन् । ‘भ्याएँ भने भोलि देशबासीलाई सम्बोधन गर्छु र केही कार्यक्रम घोषणा गर्छु’ ओलीले भने-‘आफ्ना इच्छा र तरिकाहरुका सम्वन्धमा भन्छु ।’

एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलको समर्थनमा ओली असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले २५ गते सपथ लिएर पदभार ग्रहण गरेका थिए । सरकार गठन भएको एक महिना पुगे पनि अहिलेसम्म न्यूनतम साझा कार्यक्रम भने सार्वजनिक हुन सकेको छैन । अनलाइन खबरमा समाचार छ । 

प्रकाशित मिति: Monday, November 09, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।