युनिक फर्मासिटिकल प्रालिमा अख्तियारले छापा मारी कम्पनी सिल गर्‍यो

२०७२ मंसिर ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित एक औषधि कम्पनीमा छापा मारेको छ । आयोगले आईतबार साँझ बाराको गढीमाई नगरपालिका नितनपुरस्थित युनिक फर्मासिटिकल प्रालिमा छापामारी सिलबन्दी गरेको छ ।

उद्योगले उत्पादित औषधि लुकाएको र औषधिका बारेमा अन्य थुप्रै जनगुनासो आएपछि आयोग र क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाको टोलीले उद्योगमा छापा मारेको हो । आयोगका सहप्रवक्ता खगेन्द्र प्रसाद रिजालका अनुसार अख्तियारको केन्द्रीय कार्यालयमा रहेका प्रहरी वरिष्ठ उपरिक्षक योगेश्वर रोमखामी मगर र स्वास्थ्य निर्देशनालय हेटौडाका निमित्त प्रमुख टंकप्रसाद चपागाईको नेतृत्वमा उद्योगमा छापा मारेर कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।

उद्योगले उत्पादन गरेको औषधीको गुणस्तर देखि राजस्व तिरे नतिरेको लगायतका धेरै कुरामा अख्तियारले  अनुसन्धान गर्ने जनाएको छ । उक्त औषधि कम्पनी बीरगंजका उद्योगी पवन पाटवारीले सञ्चालन गरेका हुन् । सौजन्य: स्वास्थ्य खवर ।

प्रकाशित मिति: Monday, November 23, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।