बहुसंख्यक नेपाली आर्थिक जोखिममा

२०७२ कात्तिक १८ ।  भूकम्प, नाकाबन्दी र तराई आन्दोलनले आधाभन्दा बढी जनसंख्या उच्च आर्थिक जोखिममा परेको छ ।

दिनको करिब २ सय रुपैयाँ (२ अमेरिकी डलर) मात्रै कमाउने जनसंख्या प्राकृतिक विपत्ति र नाकाबन्दीको उच्च जोखिममा परेको हो । विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको ‘भिजन फर नेपाल’ प्रतिवेदनअनुसार दिनको २ डलर मात्रै कमाउने जनसंख्या ५७.३ प्रतिशत छ ।

 राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष गोविन्द पोखरेलका अनुसार रोजगारी, खाद्य सुरक्षा, स्वास्थ्य, मौसमको प्रतिकुलता र प्राकृतिक विपत पर्ने बित्तिकै मुलुकमा थोरै कमाइ भएको जनसंख्या गरिबीको रेखामुनि धकेलिन्छ । ‘यीमध्ये कुनै एकमा मात्रै असर पर्ने बित्तिकै जनता गरिब भइहाल्नेछन्,’ पोखरेलले भने, ‘यसपल्ट रोजगारी र खाद्य सुरक्षामा जोखिम बढेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Wednesday, November 04, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।