कांग्रेस महाधिवेशन परिणाम : भ्रष्टाचारीलाई वेलकम राम्रालाई किकआउट

२०७२ फागुन ३०। महामन्त्रीमा पराजित भएपछि गगन थापाले एक अनलाइनमा अन्तवार्ता दिदै भनेका थिए कांग्रेस महाधिवेशनका कयौ कथाहरु लेखिदै जानेछन् । जे भयो गलत भयो । उनले आफुलाई युवा नेता नभन्न पनि आग्रह गरे । गगनको त्यो आक्रोश थियो या पीडा त्यसको समिक्षा हुनेछ पक्कै पनि । तर लोकतन्त्र र पारदर्शीताको नारा बोक्ने कांग्रेस र कांग्रेसी कार्यकर्ताको एक निर्णयले पुरै देशले वा राजनीतिले बदनामी खेप्नुपर्र्यो । कुनै दिन भट्राचारी प्रमाणित भएर जेल गएका खुमबहादुर खड्कालाई केन्द्रिय सदस्यमा सवैभन्दा वढी मत दिएर पहिलो वनाए (मतपरिणाम गन्दासम्म ) । 

हुन न यो कांग्रेसी कार्यकर्ताको अधिकारको कुरा थियो र हो पनि तर यसबाट वुझ्न सकिन्छ कांग्रेस के को राजनीति गर्न चाहन्छ निष्ठा, इमान्दारीता या शक्ति र पैसाको । गगन थापाजस्ता होनहार युवाहरु हार्ने, जसलाई समाजले रुचाउछ तर जो समाजमा बदनाम छन, कलंकित छन, राज्यको कुनै निकायमा सहभागी हुन पाउदैनन ति खुमबहादुरहरु जित्ने वाह, कांग्रेस वाह । कति सजिलै विर्सिए कांग्रेसी कार्यकर्ताहरुले हिजोको त्यो दिन जुन दिन खुमबहादुर एक भष्ट्रचारी प्रमाणित भएर जेल गएका थिए । हुन त कांग्रेसको एक हुल वा जत्थाले खुमबहादुर जेलबाट सजाय भोगेर छुट्दा ठुलै माला पहिनाएका थिए । हुन त उनी पछिल्लो समय धर्मका नाममा पाप पखाल्न चाहन्थे । भष्ट्राचार यति धिनलाग्दो अपराध हो कि कतिपय मुलुकमा भष्ट्राचारीलाई किचीकिची मारिन्छ वा फासि दिइन्छ । 

विदेशमा भए भ्रष्टाचारको अभियोगमा जेल परेका व्यक्तिलाई परिवारका सदस्यबाहेक अन्यले शायदै स्वागत गर्ने थिए, पार्टीले पनि त्यस्तो व्यक्तिलाई कारवाही गर्ने थियो । तर, नेपाली कांग्रेसले भने भ्रष्टाचारको अभियोगमा जेल जीवन विताएर बाहिर निस्केलगत्तै कांग्रेस नेता खुमबहादुर खड्कालाई चारतारे झण्डासहित स्वागत गरेर नयाँ परम्पराको थालनी गरेको थियो । र पार्टीकै बदनाम गर्‍यो। डिल्लीबजार जेलबाट निस्कँदा हजारौं कार्यकर्ताले १ सय २१ किलोग्रामको माला लगाइदिएका थिए, पञ्जेवाजा बजाएर स्वागत गरे, त्यही बाजाको तालमा कम्मर मर्काएर नाचेका थिए खुमबहादुर । राज्यको कानून मानेर जेल बसेको बताउने खड्काले सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा भाषण पनि ठोके त्यहीबेला । खुमबहादुर खड्का आस्थाका आधारमा नभएर आर्थिक अनियमितता र भ्रष्टाचारका आधारमा जेल परेका व्याक्ति थिए । 

तर विडम्वना कांग्रेसमा जे नहुनुपर्दथ्यो त्यही भयो । नेपाल मात्रै यस्तो देश हो जहा भष्ट्राचारीलाई पुरस्कार दिइन्छ र इमान्दारलाई दण्ड दिइन्छ । यसैको उदहारण हुन गगन थापा जसले इमान्दार भएवाफत सजाए पाए । मानौ खुमबहादुरले नेपाली राजनीतिको शीर उचो पारेका थिए वा कुनै साहसीक जंग अर्थात युद्ध जितेर आएका थिए । लोकतन्त्रको पारदर्शी मैदानबाट खुलेयाम भष्ट्राचारीलाई सघाउने विवेकहिन कांग्रेस कार्यकर्ताको यो निर्णयले कांग्रेसको विगत र भविष्यलाई गिज्याइहेको छ । सधैभरी इमान्दारीताको कमाण्डलु वोक्ने सुशील, समाजवादको सपना देख्ने विपीले अहिले कांग्रेसको रितिथिति देख्दा के सोच्दा हुन् । कुनै समय राजतन्त्रको प्रवक्ता मानिएका शसांक महामन्त्री जित्ने र कांग्रेसमा पहिलोपटक गणतन्त्रको नारा वोक्ने नरहरीहरु अस्पतालको वेडमा थन्किने वाह कांग्रेस गज्जवको इतिहास रच्दैछ । के यहि हो नया कांग्रेस । हुन त नेपाली कांग्रेसको इतिहास भनेकै बदनामै बदनामको विरबलको खिचडी नै हो तर इतिहासका कालखण्डमा कुनै–कुनै बेला कांग्रेसले आफुलाई परिवर्तनको पक्षमा जवरजस्ती उभ्याएको पनि हो । 

तर कांग्रेसको राजनीतिमा लागेका खुमबहादुर हुन् या कुनै समयका कांग्रेस नेता जेपी गुप्ता सवैले भष्ट्रको विल्ला भिरे । त्यसो त कांग्रेसभित्र भष्ट्राचारका कयौ कथाहरु छन, जो दुनियालाई जगजाहेर नै छ । यसले कांग्रेसको मात्रै बदनाम गरेको छैन वरु नेपालमा यस्ता पनि नेता छन भनेर दुनियामा बदनाम भएको छ । यतिमात्रै होइन नेपाली राजनीतिक दलका कार्यकर्ता यत्तिसम्म विवेकहीन छन् कि जिन्दगीभर धृणा गर्नुपर्नेलाई सवैभन्दा बढी मत दिएर नेता स्वीकार गर्छन् भन्ने उदहारण दिएको छ । ७० प्रतिशत युवाहरुले किन मतदान गरे खुमबहादुरहरुलाई इतिहासले एकदिन जवाफ माग्नेछ । कांग्रेसीहरुले गुटमा लाग्दाको परिणाम पनि हो यो । जो कांग्रेसको जित पनि थिएन, गुटको जित थियो । कांग्रेसको जित हुन्थ्यो भने गगन थापाजस्ता युवाहरुले मलाई युवा नेता नभन्नुस् भनेर आत्मगाल्नी गर्नुपर्ने आउने थिएन । कांग्रेसी कार्यकर्ताले भष्ट्रालाई प्रश्रय दिने कलंकको कालो टिका पोतेका छन् आफ्नै र पार्टीको अनुहारमा । चुनावी परिणामले के देखाउँछ भने अब नेपाली कांग्रेस नेपाली जनताको हित र देश विकासमा काम गर्न सक्दैन । जबसम्म असल र सदाचारी युवाहरुको हातमा नेपाली कांग्रेसको नेतृत्व आउँदैन तबसम्म नेपाली कांग्रेसबाट देशको अग्रगामी कदमको आशा गर्नु आकाशको तारा टिपेको सपना देख्नु सरह हो । यसको उदाहरण पछिल्लो पटक आएका सशांक कोइरालाका धारणाहरु पनि हुन्, जसले कांग्रेस लोकतान्त्रिक होइन कट्टर एकात्मकवादी र तानाशाहीको रुपमा स्थापित हुन गइरहेको छ। (अनलाइन साझापोष्टबाट)

प्रकाशित मिति: Sunday, March 13, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।