सभापति चुनिन सकेन : देउवालाई ११ मत पुगेन

२०७२ फागुन २४। कांग्रेस सभापतिको लागि भएको मतदानबाट कसैको पनि स्पष्ट बहुमत आउन नसकेपछि दोश्रो चरणको निर्वाचन हुने भएको छ । 

भर्खरै सकिएको मतगणना अनुसार शेरबहादुर देउवाले १५६४, रामचन्द्र पौडेलले ११५२ र कृष्ण सिटौलाले ३२४ मत ल्याएका छन् । काँग्रेसको विधान अनुसार पहिलो चरणको निर्वाचनमा कुल खसेको मतको ५१ प्रतिशत आउन नसकेपछि बढी मत ल्याउनेहरु विच दोश्रो चरणको निर्वाचन हुन्छ । सोही अनुसार काँग्रेस सभापति हुनका लागि १५ सय ७५ मत ल्याउनुपर्नेमा  देउवाको ११ मत पुगेन ।

दोस्रो चरणको निर्वाचनमा जाँदा पहिलो चरणको निर्वाचनमा कम मत ल्याउने उम्मेद्वार दौडबाट बाहिरिनेछन् । जसअनुसार सिटौला उम्मेद्वारबाट बाहिरिएका छन् भने देउवा र पौडेलबीचमात्रै प्रतिश्पर्धा हुनेछ । जसका लागि आजै निर्वाचन हुने कार्यक्रम छ ।

प्रकाशित मिति: Monday, March 07, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।