पूर्व गोर्खा सैनिकद्वारा संविधान पुनर्लेखनको माग

२०७२ फागुन १८। पूर्व सैनिक तथा प्रहरी महासंघले आफुहरुलाई बिभेद गर्न खोजिएको भन्दै नयाँ संविधान पुनर्लेखनको माग गरेको छ । महासंघको पहिलो राष्ट्रिय भेलाको घोषणापत्रमा, नेपालको संविधान २०७२ ले बिदेशी सैनिक सेवामा कार्यरत नेपालीलाई अनागरिक तथा अंगीकृत नागरिक हुने आशय उल्लेख भएकाले संविधान पुनर्लेखन गर्न माग गरेको उल्लेख छ । 

पूर्व गोरखा सैनिक तथा प्रहरीको हक हितको रक्षाका लागि भन्दै यसैबर्ष स्थापना भएको यस संघको प्रथम महाधिवेशनले पूर्व गोरखा सैनिकहरुलाई राज्यले गर्ने व्यवहारप्रति बिरोध गरिएको छ । घोषणापत्रमा बिदेशी सैन्य संगठनमा आवद्ध पूर्व तथा बहालवाला सैनिक प्रहरीहरुलाई बिदेशी नागरिकको रुपमा व्यवहार नगर्न अनुरोध गरिएको छ ।

त्यस्तै १८१६ का सुगौली सन्धि र १९४७ को त्रिपक्षीय सन्धि अनुसार बेलायत, भारत, सिंगापुर ब्रुनाइ लगायतका मुलुकमा सैनिक सेवाका लागि पठाइएकाले गोर्खा सैनिकहरु नेपाली सरकारी सैनिकसरह हुनुपर्ने माग उनीहरुको छ । त्यस्तै महासंघले बेलायत र भारत सरकारसँग समन्वय गरी वीर गोरखाली विश्वयुद्ध स्मृतिपार्क, भिसीपार्क र वीर गोर्खाली ऐतिहासिक संग्राहलय मुलुकका बिभिन्न स्थानमा स्थापना गर्न माग गरेको छ । (अनलाइन खवरबाट)

प्रकाशित मिति: Tuesday, March 01, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।