प्रधानमन्त्रीको चीन भ्रमण टोलीको टीएडीए मात्र करोड बढी, कसले कति पाउँछन् ?

२०७२ चैत ४। यही  चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सरकारी जम्बो टोलीका लागि एक करोड रुपैयाँ भन्दा बढी दैनिक भ्रमण भत्ता (टीएडीए)मा खर्च हुने भएको छ ।

यो खर्च यातायात तथा आबासबाहेकको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक ती सय, मन्त्रीले दुई ५०, सचिवले दुई सय र सहसचिवले एक सय ७५ र उपसचिवले एक सय ५० डलर पाउँछन् । प्रधानमन्त्रीले पाँच दिनका लागि १ हजार ५ सय डलर अर्थात १ लाख ५९ हजार पाँच सय रुपैयाँ पाउनेछन् ।

त्यसैगरी सातजना मन्त्रीले दैनिक दुई सय ५० डलरका दरले ८ हजार सात सय ५० डलर अर्थात ९ लाख २७ हजार पाँच सय रुपैयाँ टीएडीए पाउनेछन् ।

भ्रमण टोलीमा संलग्न १४ सांसदले दैनिक दुई सयका दरले १४ हजार डलर अर्थात् १४ लाख ८४ हजार रुपैयाँ पाउनेछन् ।  त्यस्तै सात सचिव, सात सहसचिव र भ्रमण टोलीमा संलग्न अन्य २४ जनाले उपसचिवसरहको भत्ता पाउनेछन् । यसमा १९ लाख ८० हजार रुपैयाँ खर्च हुने छ ।

भ्रमण टोलीको संख्यासमेत झन्डै पाँच दर्जन हाराहारीमा पुग्ने भएको छ । चीन सरकारले त्यहाँको भ्रमणमा रहँदा खाने, बस्ने र यातायातको सुविधा उपलव्ध गराउने भएको छ । (अनलाइन खबरबाट)

प्रकाशित मिति: Thursday, March 17, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।