photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा
सानी नानी टेरियाको यो वाक्य "म यो पैसा बाबालाई दिन्छु ताकि पैसा कमाउन बाबा हामीबाट टाढा जान नपरोस्" ले हामीलाई स्तब्ध बनाउँछ । हेर्नुहोस् भिडयो ।


वि.सं. २०६४ देखि 'नयाँ नेपाल' नामक पृष्ठहरु समावेशीकरणको एउटा फड्को स्लोगन राखेर नेपाल सरकारले सूचीकृत गरेको सीमान्तकृत वर्गहरुको मातृभाषा, लिपि, धर्म, संस्कृति, कला, साहित्य र इतिहासका विषयहरुमा सम्बन्धित अध्येता, इतिहासविद् अनुसन्धानकर्ताहरुका लेख, कविता र अनुसन्धानमूलक रचनाहरु गोरखापत्रको १ सय ७ वर्षे इतिहासमा प्रकाशन हुन थालेको हामी सम्पूर्ण नेपालीलाई अवगत भएकै हो । 'नयाँ नेपाल' शीर्षक रहेको प्रथम पृष्ठमा आवश्यकताअनुसार नै होला कहिले 'यले सम्वत्' कहिले 'विक्रम सम्वत्' र कहिले 'नेपाल सम्वत्' आदि उल्लेख गरेको देखिन्छ । यहाँ मेरो जिज्ञासा भनेको 'यले सम्वत्' हो। वि.सं. २०६४ मंसिर २५ गते मंगलबारको (इ.सं. २००७ डिसम्बर ११) गोरखापत्रको 'नयाँ नेपाल' लेखिएको पृष्ठमा यलेसम्वत ५०६७ उल्लेख भएको छ ।

अतः मैले यस विषयको सेरोफेरोमा केन्द्रीकृत भएर केही ऐतिहासिक तथ्य प्रकाश पार्ने प्रयास गरेको छु ।

यसै सर्न्दर्भमा र्सवप्रथम मैले सिलौटी राष्ट्रिय मासिक पात्रो रचना गर्नुहुने रानीटार-४ पान्थर मेची नेपाल निवासी श्री तिलविक्रम नेम्वाङको वि.सं. २०६१ को यलेसम्वतलाई ५०६४ भनिएको सर्न्दर्भ स्रोत लिएको छ । उक्त पात्रोमा किरात यलेसम्वत ५०६४ थेरेङनाम वि.सं. २०६१ वैशाख, इ.सं. २०६१ वैशाख, इ.सं. २००४ अप्रिल/मे भन्ने उल्लेख गरेको देखिन्छ । यस आधारमा वर्तमान २०६४ मा यलेसम्वत ५०६७ हुन आउँछ, जुनचाहिँ गोरखापत्रले स्वीकार गरेको देखिन्छ । यलेसम्वतको चर्चा किरात इतिहासविद् तथा संस्कृतिका ज्ञाता दुर्गाहाङ याक्खा राईले आफ्नो कृति 'किरात हिजो र आज' इ.सं. १९९८ को प्रथम संस्करणको पृ.नं. २४ मा गर्नुभएको छ । उक्त कथनलाई यस कलमीले यहाँ अक्षरशः साभार गरेको छ । खुदै किरातहरुले नेपालमा किरात राजा संस्थापक यलम्बरहाङको संस्मरणमा चलाइ ल्याएको येलेदोङ -किरात सम्वत) पनि इशुख्रिष्टको मृत्युपूर्व ३०६१ वर्ष छ, जसको ऐतिहासिक रहस्योद्घाटन हुन बाँकी नै छ । श्री दुर्गाहाङ महोदयको कथनलाई अध्ययन गर्दा किरात सम्वत अर्थात येलेदोङ इशुख्रिष्टको मृत्युपूर्व ३०६१ वर्ष छ । यी अंकहरुलाई गणितीय योग गर्दा वर्तमान वि.सं. २०६४ (इ.सं. २००७/२००८) मा यलेसम्वत २०६१/२००७/५०६७ वर्षहुन आउँछ । तर गोरखापत्रको वर्तमान वि.सं. २०६४ मा यलेसम्वत ५०६७ मात्र उल्लेख भएको देखिन्छ । यहाँ एक वर्षे रुजु हुन सकेको छैन । तर, गोरखापत्र र सिलौटी राष्ट्रिय मासिक पात्रो यी दुईको यलेसम्वत भने ठ्याक्कै रुजु हुन गएको देखिन्छ । वर्तमान नेपालमा किरात इतिहास निर्माण गर्ने क्रममा कलम चलाउनेहरु प्रशस्तै देखिन्छन् । यस क्रमलाई हामीले प्रशंसा गर्नुपर्ने नै हुन्छ । हालसम्म नेपालमा किरात इतिहास निर्माण गर्नेहरु स्व. श्री इमानसिह चेम्जोङ र श्री दुर्गाहाङ याक्खा राईको नाम शीर्ष स्थानमा रहेको छ । उहाँले लेख्नुभएको 'इशुख्रिष्टको मृत्युपूर्वको ३०६१ वर्ष छ' भन्ने अंकलाई स्वीकार गर्नुभएको छैन भन्ने संकेत पाइन्छ र अगाडि लेख्नुहुन्छ- जसको -३०६१ वर्ष ऐतिहासिक रहस्योद्घाटन हुन बाँकी नै छ भन्ने मन्तव्य व्यक्त गर्नुभएको छ । यसै सन्दर्भमा इ.सं. २००७ दिसम्बर १४ को ब्लाष्ट दैनिकले किरात इतिहासमा चासो राख्ने श्री लक्ष्मण आठाप्रे किरातको लेख प्रकाशित गरेको थियो । सो लेखमा उल्लेख भएको सान्दर्भिक कथन यहाँ साभार गरेको छु । शंखधर साख्वाको ११२८ को सम्वत् र यलेसम्वत ५०६८ भनीकन प्रमाणित गर्न हामीसँग के आधार छ त - यहाँ आठाप्रेजीले यले सम्वतको बारेमा अनभिज्ञता प्रकट गर्नुभएको आभाष पाइन्छ । गोरखापत्रको नयाँ नेपाल पृष्ठमा लेखिएको यले सम्वतले किरातहरुका ऐतिहासिक प्रथम राजा यलम्बरलाई संस्मरण गराउँदछ ।

नेपालको इतिहास लेख्नेहरुमा सर्वप्रथम हात हाल्ने युरोपियनहरुमा कर्र्णोल कर्कपेटि्रक नै हुन् । उनले इ.सं. १७९३ मा नेपाल भ्रमणपश्चात् इ.सं. १८११ मा लण्डनबाट अकाउन्ट अफ द किङ्गडम अफ नेपाल नामक इतिहास प्रकाशन गरेका थिए । सोही इतिहासको भारतीय संस्करण इ.सं. १९९६ को पृष्ठ नं. २५७ मा नेपाल उपत्यकामा राज गर्ने जम्मा २७ जना किरातवंशका राजाहरुले शासन गरेका थिए । यी राजाहरुमा प्रथम राजाको नाम एल्लुङ उल्लेख भएको छ । यो नाम निश्चय पनि संस्कृत भाषाको जस्तो सुन्नमा आउँदैन । यी किरात राजाहरुले 'जम्मा १६३० वर्षराज गरे' भने पनि कर्कपेटि्रकले 'लगभग ८०० वर्षराज गरे' भन्ने तथ्य प्रस्तुत गरेका छन् । त्यस्तै योगी नरहरिनाथले 'सन्धिपत्र संग्रह'मा नेपालका किरात राजाहरुको वंशावलीमा प्रथम किरात राजाको नाम एलम लेख्नुभएको छ । यिनै यलम्बर, एलम अथवा एल्लुङले नेपाल कहिलेदेखि शासन गर्न थाले - सोही समयलाई किरात सम्वत् अथवा यले सम्वत नामकरण हुनु आजको सान्दर्भिक मान्यता हो । नेपालको किरात राजवंशको सन्दर्भमा भारतका प्रख्यात इतिहासविद् डा. जीपी सिंहले लेख्नुभएको किरातस् इन अनसिइन्ट इन्डीया, इ.सं. १९९० पृष्ठ ३९५ मा नेपालको वंशावली र अन्य आधिकारिक प्रमाणहरुको अध्ययन र छलफलले निष्कर्षमा पुग्दा किरात राजाहरुको जम्मा संख्या २६ देखि ३२ सम्म फरक परेको बताउनुहुन्छ । तर उहाँ अगाडि लेख्नुहुन्छ- सम्पूर्ण सम्बन्धित स्रोतहरुको अनुसन्धान र आधिकारिक इतिहासविद्हरुको परस्परको आम सहमतिले २९ किरात शासकहरुमात्र अस्तित्वमा आएका थिए, जसले इ.पु. ३१०२ देखि सातौँ शताब्दीसम्म काठमाण्डौ उपत्यकामा राज गरे ।' पुनः डा. सिंह अगाडि लेख्नुहुन्छ- 'उत्तरपूर्व भारतको हिमालयमुन्तिरको प्रदेशमा लगभग ४००० इ.पू.देखि सातौँ शताब्दीसम्म किरात राजवंशीय शासन स्थापना भएकोले हाम्रो प्राचीन इतिहासको एक अत्यन्त महत्वपूर्ण अध्यायको निर्माण हुन सकेको छ ।' डा. सिंह पुनः अगाडि लेख्नुहुन्छ- 'यसै राजवंशले काठमाडौं उपत्यकामा २९ पीढिसम्म अविच्छिन्नरुपले लगभग १ हजार वर्षम्म राज गरे ।' उहाँले नेपालको राजनीतिक मञ्चमा किरात राजाहरु दुई चरणमा देखापरेको छ र लेख्नुहुन्छ- 'प्रथम चरणमा आजको नेपालमा प्रवेश गर्नेहरु किरात कलियुग प्रारम्भ हुनुभन्दा अघि र दोस्रो चरणमा कलियुग सुरु भएपछि काठमाण्डौ उपत्यकामा देखापरेका थिए ।' डा. सिंहले आफ्नो कृतिको पृ.नं. ३९६ मा नेपालको प्रथम किरात राजाको नाम एलम्बरा, एल्लुङ, एलम्बा अथवा एलम्बाहाङ लेख्नुभएको छ ।

काठमाडौं उपत्यकामा किरातहरुको आगमनको सन्दर्भमामा नेपालका इतिहासविद् डा. डिल्लीरमण रेग्मीले किरातहरु पूर्वोत्तर भारतबाट नेपाल आएका थिए भन्ने स्वीकार्नुभएको छ । किरातहरु पूर्वबाट आएका हुन् भन्ने यथार्थतालाई स्वीकार्रर्दै डा. मदनमणि दीक्षितको 'किरातवंशको इतिहास र लिपिसम्बन्धी केही कुरा' नामक लेखमा वाजसनेयीय संहिता र तैतरिय ब्राह्मणले किरातहरु गुफावासी भने पनि पछि गएर किरातहरुको वासस्थान 'पूर्वी नेपाली पहाड' भनी उल्लेख भएको देखिन्छ । यस कथनले विशेषत राजा यलम्बरको वंश पूर्वबाट पश्चिम लागेको स्पष्ट देखिन्छ । यसै पर्रि्रेक्ष्यमा नेपालका शिर्षस्थ विद्वान् मोदनाथ प्रश्रतिको इ.सं. २००७ डिसम्बर ०८ को कान्तिपुर दैनिक समाचारपत्रमा प्रकाशित भएको 'नेपालको जातीय बनोट र राष्ट्रिय एकता' नामक लेखमा पौराणिक नेपालको भूभाग विशेषताले पौराणिकालमा पूर्व ब्रह्मपुत्रदेखि पश्चिम पञ्जाबसम्म नेपाल नामबाट परिचित थियो । यस कथनले सिद्ध हुन्छ कि बृहत् नेपालको पूर्वी दिशाबाट आएका किरातहरु आजभन्दा ५००० हजार वर्षघि काठमाण्डौ उपत्यका आई राजकाज चलाउन सफल भएको अवगत हुन्छ । वर्तमानलाई नियालेर हेर्दा अझ पनि किरात प्रजातिका -किरात रेस) मानिसहरु पूर्वी नेपालको उत्तरपूर्व भारतको अन्तिम सीमासम्म आवाद भएको देखिन्छ । प्रथम किरात राजा यलम्बर नामक संज्ञा डा. डेनियल राइटको हिस्टोरी अफ नेपाल पनि उल्लेख भएको छ । आजभन्दा १ सय ३० वर्षघि अर्थात इ.सं १८७७ मा डेनियल राइटको प्रथम संस्करणको इतिहास केम्ब्रिजबाट प्रकाशत भएको थियो । उक्त इतिहासको लेखन कार्यमा महत्वपूर्ण सहयोग पुर्‍याउने पाटन निवासी -काठमाडौं उपत्यकाको ललितपुर) नेपाली 'पण्डित श्री गुणानन्दको भूमिका अत्यन्त विश्वसनीय रहेको छ' भन्ने भनाइलाई नकार्न नसकिने अवस्था छ किनभने उहाँका पूर्वजहरु कयौं पुस्तासम्म नेपालको इतिहास संकलन गर्ने कार्यमा अभ्यस्त थिए भन्ने वर्णन सोही इतिहासको इ.सं. १९९३ दोस्रो पुनः मुद्रित संस्करणको प्रस्तावनामा स्पष्ट उल्लेख भएको छ । अतः प्रथम किरात राजाको नाम यलम्बर नै भएको स्वीकार्य देखिन्छ ।

डा. राइटको इतिहासको पृ.नं. १०६ मा किरातहरु द्वापरयुगमा नेपालमा देखापरेका थिए भन्ने उल्लेख भएको छ । यसै इतिहासको पृ.नं. १०९ मा किरात राजवंशको प्रथम राजा यलम्बरले 'नेपालमा १३ वर्षराज गरे' भन्ने पनि देखिन्छ । भारतका प्रख्यात इतिहासविद डा. जीपी सिंहको इ.सं. १९९० को कृतिको पृ.नं. ३९६ मा राजा यलम्बरको उत्तराधिकारी पविको -यानचिहाङ) समयमा कलियुग फैलिसकेको उल्लेख भएको छ । वर्णन निम्न प्रकारको रहेको छः 'नेपालको वंशानुगत किरात राजाहरुको इतिवृत वर्णनगर्दापूर्ण यलम्बर नै प्रथम किरात राजा थिए । उनले नेपालको किरात राजवंशको जग बसालेका हुन् । प्राचीन भारतको नाम उज्ज्वल गर्नुमा नेपालको किरातहरुको महत्वपूर्ण भूमिका रहेको थियो । उनले १३ वर्षराज गरे ....।'यसै सर्न्दर्भमा नेपाल हिन्दू अधिराज्यको इतिहास दोस्रो खण्डका फ्रान्सेली लेखक सिल्भालेभीले पनि डा. डेनियल राइटको मतलाई स्वीकार गर्दै भनेका छन्- 'प्रथम किरात राजा यलम्बरले १३ वर्षराज गरे । दोस्रो किरात राज पविको शासन कालमा ज्योतिषविद्हरुले पृथ्वीमा पूर्णरुपले कलियुग फैलिसकेको घोषणा गरे र मानवजातिको पाप कर्मतर्फलिप्सा जागेको थियो ।' राजा पविको समयलाई यस्तो विश्वास गरिन्छ कि भगवानसँगको द्वापरयुग समाप्तिको साथसाथै कलियुगको प्रथम चौथाई अंश प्रारम्भ भइसकेको थियो ।

अब कलियुगको चर्चा गरौँ । यस सन्दर्भमा पर्सिवल लैण्डनको हिस्टोरी अफ नेपाल इस्वी सं. १९२८ मा ऋयलकतबदभि बलम ऋय-ीयलमयल ले प्रथम पटक प्रकाशन गरेका थिए र सोहीको नयाँ संस्करण सन्दर्भ स्रोत लिएको छु । यस इतिहासको पृ.नं. १९ मा उल्लेख भएको साभार गरेको छु । यहाँ भन्नलाई प्रशस्तै छ कि लगभग इ.सं. ४९६ देखि सातौँ शताब्दीको प्रारम्भसम्म नेपालको अवगत भएको कथाचाहिँ पूर्णतया शिलालेखमा आधारित छ । यस पृष्ठमा नेपालका विविध राजवंशका प्रारम्भिक कालको तथ्यांक दिने काम गरेको छ । उल्लेख भएका तथ्यांकहरुमध्ये 'कलियुग कहिले सुरु भयो -' भन्ने प्रश्नको उत्तरमा ३१०१ इ.पू. भन्ने देखिन्छ । तर, डा.जीपी सिंहले कलियुग सुरु भएको इ.पू. ३१०२ भन्ने लेखेका छन् । यी तथ्यांकहरु ठयाक्कै रुजु भएका छैनन् । अर्थात् एक वर्षे फरक परेको देखिन्छ । 'कुनचाहिँ ठीक छ -' भन्ने जिज्ञासामा मैले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत वि.सं. २०६४ को 'बालकृष्ण पात्रो' र प्राचीन दैवज्ञ ज्यो.पं. बाबुराम शर्माको 'यही पञ्चाङ्ग हो' भन्ने दुई स्रोतहरुका अनुसार ५१०८ कलिगत वर्षदेखिन्छ । यी ज्योतिषविद्हरुले वि.सं. २०६४ मा कलिगत ५१०८ वर्षाई अनुमोदन गरेकाले यसै ५१०८ वर्ष आधार मानेर कलिगत वर्षो गणना निम्नबमोजिम रहेको छ । सर्वप्रथम फान्सेली इतिहासविद् सिल्भालेभीले १९०५ इ.सं. मा र तत्पश्चात् पर्सिवाल लैण्डन १९२८ इ.सं. मा नेपालको इतिहास लेख्ने क्रममा कलियुग सुरु ३१०१ इ.पू. भन्ने लेखेको पाइन्छ । अतः वि.सं. २०६४ मा कलिगत वर्ष३१०१ इ.पू २००७ वर्तमान इ.सं ५१०८ वर्षचाँही ज्योतिषविद्को गणनाअनुसार ठयाक्कै रुजु भएकोले वि.सं. २०६४ मा कलिगत वर्ष५१०८ लाई नै स्वीकार्य देखिन्छ । तर, कलियुग सुरु ३१०२ इ.पू. भन्ने तथ्यांक यहाँ बेठीक ठहरिएको छ ।

डा. राइटले आफ्नो कृतिको पृ.नं. १०९ मा हिन्दुस्तानबाट आएका आभीर अल अहिरा अफ अभिया जसलाई ग्वाला जाति भनिन्थ्यो, नेपाल आई राज गर्न थाले । यिनै वंशको तेस्रो राजा भुवनसिंहको राज्यकालमा पूर्वबाट आएका किरातहरुले आक्रमण गरेर राज्य लिएको हुन् । तत्पश्चात् किरातहरुको यलम्बर नामक प्रथम किरात राजा भए ।

यस कथनलाई स्वीकार गर्दै नेपालको पहिलो इतिहास लेख्ने पण्डित अम्बिकाप्रसाद उपाध्यायले आफ्नोकृति नेपालको इतिहास वि.सं. २००४ को तृतीय संस्करणको पृ.नं. २२ मा लेख्नुहुन्छ- 'किराती राजाहरुमा पहिला राजा यलम्बर भए । यिनै यलम्बरको पुत्र पविको राज्यकालमा कलियुग प्रारम्भ भयो ।' नेपालको विभिन्न कालमा विभिन्न सम्वतहरु चलेको इतिहासले बताइरहेको छ । त्यसमध्ये कलि सम्वत् पनि एक हो । वर्तमानमा कलि सम्वतको उपयोगिताबारेमा श्री प्रमोदवर्द्धन कौडिन्यायन स्वादध्यायशाला लाजिम्पाट काठमाडौं अनुसार कलि सम्वत चाँही धार्मिक कृत्यका संकल्पमा कुनै रुपले प्रयोग हुँदै आएकोले यसको धार्मिक महत्व र उपयोगिता छ भन्ने हामीलाई जानकारी हुन आएको छ । वि.सं. २०६४ मा कलि सम्वत् कति हुन्छ भन्ने चर्चा माथि नै भइसकेको छ । राजा यलम्बरले १३ वर्षराज गरे भन्ने अर्थले वि.सं. २०६४ मा -इ.सं. २००७/२००८) यले सम्वत् कति हुन्छ - यसको गणना यहाँ प्रस्तुत गरेको छु ।

कलियुग सुरु ३१०१ इ.पूर्व वर्तमानको २००७ इ. सम्वत यलम्बरको शासनअवधि १३ वर्ष ५१२१ वर्षघि यलम्बर राजा भएको गणितीय योगफल देखिन्छ ।
साभार: बाखाछा डट ब्लगस्पोट डटकम
नेपाली समाज राजनीतिक रुपमा विभाजित देखिए पनि सामाजिक रुपमा एकिकृत नै छ । हालै भारतमा जी टिभीको डिआइडी लिटिल मास्टरको उपाधि जित्न सफल टेरिया मगरलाई प्राप्त समर्थनबाट यो तथ्य स्पष्ट भएकाे छ । भारतका अनुष्का क्षेत्री, सद्विन र हार्दिक सहित नेपाली चेली टेरिया ग्राण्ड फाइनलमा पुग्न सफल भएकी थिइन् । डिआइडी लिटिल मास्टर्सको सिजन थ्रीमा  विजेता बनेकी टेरियाले केही हप्ता लगातार सर्वाधिक भोट पाएकी थिइन् । प्रतियोगिताको ग्राण्ड फाइनलमा छनोट हुँदा उनले पाएकाे भोट सारांश निम्नबमाेजिम रहेकाे छ–
नेपालबाट ६० लाख भन्दा बढी भोट

भारतबाट ४० लाख भन्दा बढी भोट
मलेशियाबाट २५ लाख भन्दा बढी भोट
कतारबाट २० लाख भन्दा बढी भोट
दुबइबाट २० लाख भन्दा बढी भोट
सउदीबाट २० लाख भन्दा बढी भोट
कोरियाबाट १५ लाख भन्दा बढी भोट
अमेरिकाबाट १५ लाख भन्दा बढी भोट
बेलायतबाट १५ लाख भन्दा बढी भोट
हङ्कङ्बाट १० लाख भन्दा बढी भोट
अष्ट्रेलियाबाट १० लाख भन्दा बढी भोट
जापानबाट १० लाख भन्दा बढी भोट
सिङ्गापुरबाट ८ लाख भन्दा बढी भोट
कुवेतबाट ८ लाख भन्दा बढी भोट
इजराइलबाट ८ लाख भन्दा बढी भोट
अन्यबाट १५ लाख भन्दा बढी भोट गरी  जम्मा ३ करोड १२ लाख २१ हजार ५ सय १४ भोट आएको रहेछ । अाफ्नो कला मन पराएर भोट गर्नुहुने सबैसंग कृतज्ञ रहेकाे कुरा व्यक्त गरेकी छिन् टेरियाले ।
प्रदिप राई, क्वालालम्पूर मलेसिया । साहित्यकार तथा पत्रकार प्रकाश ‘पुष्पक’ राई (पुमा) को हाइकु सङ्ग्रह ‘घाटी रेटिंदैछ’ तेस्रो संस्करणको प्रकाशन तयारी अन्तिम चरणमा पुगेको छ ।

विगत ११ वर्षदेखि पत्रकारिता र साहित्यमा कलम चलाउदै आएका पुमाको यो कृति पहिलो पटक बि.स. २०६३ साल भाद्रमा प्रकाशन गरिएको थियो । मञ्जरी प्रकाशन नेपालका अध्यक्ष तथा नयन मञ्जरी नेपाली पत्रिकाका प्रधान सम्पादक रहेका राईको यो कृति नेपालको १० वर्षे जनयूद्धले देशमा पारेका असरहरु राजनैतिक, सांस्कृतिक, सामाजिक, साहित्यिक, धार्मिक, आर्थिक तथा मनोवैज्ञानिक प्रभावको चित्रण छर्लङ्ग पारेको पाइन्छ । पहिलो सँस्करण प्रकाशित भएको बेला यस कृतिमा कलाकार तथा गीतकार डम्वर बिकेलले भूमिका उल्लेख गर्नुभएको थियो ।

समाजमा रहेको कृयाकलापलाई नजिकबाट हेरिएको यो कृतिमा रुढीबादी, बिकृती र बिसंगतीको परम्परामाथि दरिलो प्रहार भएकोले दोस्रो संस्करण बि.स. २०६८ साल माघ महिनामा दोस्रो पटक ‘मञ्जरी प्रकाशन नेपाल’ को प्रकाशनमा दोस्रो संस्करणको प्रकाशन भएको थियो । यसै कृतिको सन्र्दभमा दोस्रो संस्करणमा गजलकार राजेश खतिवडा, नवकवि तथा नाटककार ठूलेदोभान अरुण कोइमी, पत्रकार गजेन्द्र टुहुरे, गीतकार तथा कलाकार डम्वर बिकेल र गजलकार स्व. अनिष्का राई कमलाले ‘घाटी रेटिंदैछ’ कृतिका बारेमा आ–आफ्नो केही तर्कहरु पनि राखेका थिए ।

लघु विधामा लेखिने यो हाइकु बिधा ‘घाटी रेटिंदैछ’ सङ्ग्रहमा जम्मा ६० वटा हाइकुहरु समावेश छन् । पुमा राई हाल रोजगारको शिलसिलामा मलेसियाको राजधानी क्वालालम्पूरमा कार्यरत छन् । राई रोजगारको शिलशिलामा भारत, सिङ्गापुर, हङ्कङ, थाईल्याण्ड, मौरिशस(अफ्रिका), देशहरुमा परदेशी जीवन बिताउदै अहिले मलेसिया पुगेका हुन् । खोटाङ् जिल्लाको देविस्थान–१ पैयाटार पायोङ्मा बि.स.२०४० सालमा जन्मिएका राईले श्री चिसापानी उच्च मा.वि. चिसापानी खोटाङ्बाट बि.स.२०५५ सालमा एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षा लिनको लागि त्यस समयमा शहर लाग्नुपर्ने बाध्यताले पाटन संयुक्त क्यामपस ललितपुर र धरान महेन्द्र बहुमुखी क्यामपस धरानबाट क्रमस बिए, आइएड, बिटिएचसम्मको अध्यान पुरा गरेर देशको विसम परिस्थितीको वावजुद अहिले बिदेशिनुपर्ने बाध्यता र बिडम्बना राई बताउँछन् । बि.स २०६२ साल चैत्रबाट उदयपुर गाइघाटदेखि प्रकाशित पूर्णपुष्टी राष्ट्रिय साप्ताहिक पत्रिकाबाट उदयपुरको बेल्टार क्षेत्रमा बसेर पत्रकारिता शुरु गरेको कथा बताउँछन् । पत्रकारितामा आवद्ध रहेर राईले अहिले दर्जनौ बढी नेपालबाट प्रकाशित नेपाली पत्रपत्रिका, रेडियो, एफएम तथा बेवसाइडहरुमा अन्तराष्ट्रिय सम्वाददाताको रुपमा काम गरेका छन् ।

यसपटक राईका ‘घाटी रेटिंदैछ’ हाइकु सङ्ग्रह तेस्रो संस्करणकाे प्रकाशन प्रवाशी कलम मलेसियको प्रकाशनमा प्रकाशित हुनलागेको प्रवाशी कलम समितिले जनाएको छ । प्रवाशी कलम मलेसियाले चाँडै प्रकाशन गर्न लागेको सामुहिक गजल सङ्ग्रह ‘सामुन्द्रिक छल्का’को तयारी तीब्र रहेको र यो प्रकाशन पश्चात तुरुन्त यो घाँटी रेटिदैछ प्रकाशन गरिने प्रवाशी कलम समितिले जनाएको छ ।


असार–८, रुपन्देहीकी बालिका टेरिया मगरले भारतीय टेलिभिजन च्यानल  जीटिभीको रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स–३ को उपाधि जितेकी छन् ।

शनिबार राती भएको फाइनलमा ११ वर्षकी टेरियाले अरु तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । अडिसन राउण्डदेखि नै उत्कृष्ट नृत्य गर्दै आएकी रुपन्देहीकी उनले १४ वर्षसम्मका ४० हजार बालबालिकालाई पछि पार्दै दर्शकबाट सबैभन्दा धेरै भोट पाएर उपाधि जितेकी हुन् । उपाधिसँगै उनले एउटा कारका साथ ५० लाख भारतीय रुपैयाँ  जितेकी छन् ।

रुपन्देही रुद्रपुरको पिसल्याण्ड भूपू सैनिक विद्यालयमा ५ कक्षामा अध्ययन गर्ने टेरियाले बुटवलको बागेश्वरी संगीतालयमा ५ वर्षदेखि नृत्य सिक्दै आएकी थिइन् । प्रतियोगितामा नेपाली मूलकी भारतीय बालिका ८ वर्षकी अनुष्का क्षेत्री दोश्रो हुन सफल भइन् । भारत बेंगलोरका १० वर्षका सद्विन सेट्टी तेश्रो र मुम्बईका १२ वर्षका हार्दिक रुपारेल चौथो भए ।

भारतका बिभिन्न प्रतियोगिताहरुमा नेपाली मूलका भारतीयले सफलता पाए पनि नेपालमा नै जन्मिएर डिआइडी लिटिल मास्टर्सको उपाधि हात पार्ने टेरिया पहिलो नेपाली हुन् । कार्यक्रममा नेपाली परम्परागत पोशाकमा टेरियाका बाबु, आमा र अरु धेरै नेपालीहरु पुगेका थिए । टेरियाले फाइनलमा १७ लाखभन्दा बढी भोट पाइकी थिइन् । टेरियालाइ जिताउन धेरै नेपालीले अनलाइन र टेलिफोन मार्फत भोट दिएका थिए ।
टेरियाकी आमा रुपन्देही रुद्रपुरको पिसल्याण्ड भूपू सैनिक विद्यालयमा क्यान्टिन सञ्चालन गर्नुहुन्छ भने बुबा रोजगारीका क्रमम संयुक्त अरब इमिरेट्सको दुबइमा हुनुहुन्छ ।

असार–५, बुधबारको संविधानसभा बैठकमा करिब पौने ६ सय सभासदमध्ये एक सयजनाको पनि उपस्थिति थिएन । कतिपय दलका प्रमुख सचेतक नै बैठकमा अनुपस्थित थिए । तैपनि सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभा र व्यवस्थापिका संसद दुबै बैठक सुचारु गरे ।

संविधानसभामा खाली कुर्सीका सामु केही सभासदहरुले संविधान कस्तो बनाइनुपर्छ भन्ने भाषण गरे तर, उनीहरुको भाषण सुनिदिने सभासदको संख्या भन्दा खाली कुर्सीहरुको संख्या दुई तिहाइ बढी थियो । कुनै पनि विषय निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सभासदहरु उपस्थित भएको हुनुपर्दछ । तर सभासदहरुले संविधान लेख्नका लागि भन्दा पनि जागिर खान सभासद भएको मनाेभाव लिएकाे स्पष्ट देखिन्छ ।

दलका सचेतक र नेताहरुलाई आफ्ना सभासदलाई बैठकमा उपस्थित गराउन पटक पटक आग्रह गर्दा पनि सभासदहरु उपस्थित नभएको संविधानसभा अध्यक्ष नेम्वाङको दुखेसाे छ । तर यही कारणले आफूले संविधानसभा र व्यवस्थापिका संसदको काम कारवाही नरोक्ने उनले बताएका छन् । सभामुखले सार्वजनिकरुपमा समेत पटक पटक बैठकमा उपस्थित हुन रुलिङ गर्दा समेत सभासदहरुले अटेर गर्नु र सर्वसाधारण जनताले भने सानो गल्तीमा समेत सजायकाे भागिदार हुनुपर्ने अव्यवहारिकता कतिकाे जायज छ ? एकपटक सबै नागरिकले  सोचेर अघि बढ्ने बेला भएकाे छ ।

संविधानसभाको चुनावमा आफ्नो अमूल्य भोट दिएर संविधान लेख्न पठाएका सभासदहरु संविधानसभाको बैठकमा उपस्थित नहुँदा सचेत नागरिकले बैठकमा किन उपस्थित नभएकाे भनेर सोध्नु पर्छ कि पर्दैन ? 


असार-२, जि टीभीको रियालिटी शो डीआईडी लिट्टिल माष्टर्स सिजन थ्रीको उपाधि होडमा अन्तिम चरणमा पुगेकी नेपाली चेली टेरिया फौजा मगरलाई जिताउन आउँदो शनिबार (२१ जुन) दिउसो २ बजेसम्म भोटिङ गर्न सकिने भएको छ ।

शनिबार बेलुकी गोवाबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा बिजेताको छिनोफानो लाग्नेछ । उनलाई जिताउन अनलाइनबाट भोट गर्न सकिनेछ भने भारतीय मोबाइल नम्बरबाट १८०० ८३३ ६० ०७ मा मिसकल पनि गर्न सकिनेछ ।

याद गरौं, भोटिङ २१ जुनको दिउँसो २ बजेसम्म खुला हुने जीटीभीले जनाएको छ ।

यहाँ क्लिक गरेर टेरियालार्इ अनलाइन भोट दिन सकिनेछ । 

असार–१, प्रकृति अर्थात् भूमिपुजक किराती राईहरुको महान पर्व साकेला उभौली समापन गरिएको छ । किराती राईहरुको घनाबस्ती रहेको माझ किरात खोटाङमा शनिबार साकेला शिली प्रदर्शन गर्दै उभौली पर्व विधिवत रुपमा समापन गरिएको हो । 

वर्षमा दुई पटक मनाइने यो पर्वमा खेतिपाती सप्रियोस, रोगव्याधी नलागोस, सुव्यफाव्य होस् भन्ने कामना गर्दै भुमि पूजा गरी ढोल र झ्याम्टाको तालमा एक महिनासम्म धुमधामका साथ साकेला शिली प्रदर्शन गर्ने प्रचलन छ । नजिकका भुमेस्थान, ऐतिहासिक गढी तथा किरात संस्कार संस्कृतिसँग सम्बन्धित ऐतिहासिक स्थलहरुमा केटाकेटी युवायुवती, वृद्घवृद्घा मौलिक भेषभुषामा एक जुट भएर गोलो घेरामा साकेला नाच्ने  गरिन्छ ।

छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक भेषभुषमा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाउने यो पर्वमा किरात मात्र नभएर गैरकिरातहरु समेत सामेल हुने  गर्दछन् । जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्धलाई निरुत्साहित गर्न भुमिका खेल्ने किरात सेवा समाज खोटाङका सचिव सुरेश राईले बताउनुभयो । 

अन्नबाली लगाउने समय अर्थात बैशाखे पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात मंसिरे पुर्णीमादेखि उधौली पर्व मनाउने चलन छ । चराचुरुङगी बेंशीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो पर्वमा आफन्तजन, चेलीबेटी लगायत भेला हुने र दुःख सुखका कुरा गर्ने पर्वका रुपमा पनि लिइन्छ । 

सबै समुदायको अतिथिहरुले एकै साथ साकेला शिली नाचेर उद्घाटन गरेको  समापन कार्यक्रममा जिल्लाका दिक्तेल, लफ्याङ, बाम्राङ, खाल्ले, नेर्पा, दोर्पा, बाँझेच्यानडाँडा, याम्खा, अर्खौले, खार्मी लगायतका १७ समुहले आ–आफ्नो ठाउँमा नाचिने साकेला शिली प्रदर्शन गरेका थिए । पाँच हजार बढिको उपस्थिति रहेको प्रदर्शनीमा मछामा, चावा, आम्लामी, हेच्छाकुप्पा, कुपामा, तावा, बम्लाती लगायतका लोपोन्मुख शिली प्रदर्शन गरिएको थियो । 

बुढापाका अन्त्यसँगै लोप हुँदै गएको शिली संरक्षणमा सबैको ध्यानाकर्षणका लागि बृहत कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खाका जिल्ला अध्यक्ष प्रश्नराज राईले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अर्कातर्फ संस्कृतिमार्फत आपसी सदभाव र बन्धुत्व कायम गर्नमा पनि यसले सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।’ 

किरात राई यायोख्खा र किरात सेवा समाज खोटाङको संयुक्त आयोजनामा गरिएको समापन कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला न्यायधिस, प्रजिअ लगायत सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न जातजातिका अगुवाहरुले शिली प्रदर्शन गरेर उद्घाटन गरेका थिए । 

साभार: हाम्रोखोटाङ डटकम ।

जेठ–२९, वैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशिएपछि खोटाङका १४ प्रतिशत खेतीयोग्य जमिन बाँझिएको छ । जिल्ला कृषि विकास कार्यालय खोटाङले उपलब्ध तथ्याङ्क अनुसार सिँचित तीन र असिँचित ११ गरी जम्मा १४ प्रतिशत खेतीयोग्य जमिन बाँझिएको हो ।

कृषि कार्यालयका प्राविधिक सहायक रामभक्त अधिकारी भन्नुहुन्छ,–‘यहिक्रम चल्ने हो भने, जिल्लामा खेतीयोग्य जमिन चाँडै नै घाँसे मैदानमा परिनत हुनेछ ।’ अधिकारी थप्नुहुन्छ,–‘वैदेशिक रोजगारीले गर्दा जिल्लाका कृषकहरुले खेती गर्न छाडिसकेका छन् ।’ जिल्लाका अधिकांश युवाहरु रोजगाकारीको सिलसिलामा साउदी, कतार, मलेसिया, दुवाई, बहराईन, कुवेत, ईजरायल, ओमान, दक्षिणकोरिया लगायतका देशहरुमा जानेको गरेको सुरक्षित आप्रवासन सूचना केन्द्रले जनाएको छ । वर्षेनी झण्डै दश हजार जना युवा–युवतीले विदेश जानका लागि राहदानी लिने गरेको तथ्याङ्क जिल्ला प्रशासनले उपलब्ध गराएको छ । 

बढ्दो बेरोजगार र अशिक्षाका कारण युवाशक्ति विदेशिनेक्रम बढेको विज्ञहरु बताउँछन् । विज्ञका अनुसार ब्यवहारिक शिक्षा नभएकै कारण रोजगारी खोज्दै विदेशिनेक्रम दिनानुदिन बढ्दै गएको हो । जिल्लाका प्रत्येक घरका एकदेखि पाँच जनासम्म विदेशीएका छन् । घरमा छोरा मान्छे नभएपछि पूर्खौंदेखि भोकचलन गर्दै आएको जमिनसमेत बाँझो छाड्नुपरेको खार्मी–५ की बुद्धमायाँ राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ,–‘पहिले त आफ्नो बारी बाँझो रहँदा सबैले खिसी गथ्र्ये, अहिले सबैको उस्तै भएको छ ।’ 

उमेरले ४० नाघेकी बुद्धमायाँको तीन छोरा र श्रीमान विदेशमा छन् । उहाँ भन्नुहुन्छ,–‘श्रीमान त पहिले नै विदेश गएका थिए, छोराहरुले पनि कुनै जागिर नपाएपछि विदेश नै गएका छन् ।’ बुद्धमाया त जिल्लाका एउटा पात्र हुन् । जिल्लाका अधिकांश परिवारको कथा उही छ । उनीहरु भन्छन्,–‘वर्षभरी गरेको खेतीभन्दा घरैमा हरेक चिज आएपछि केका लागि खेती गर्नुप¥यो ।’ 

सडक सञ्जाल बिस्तारपछि घरघरमा चामल, दाल, नुन, तेलजस्ता दैनिक उपभोग्य वस्तु पुगेको छ । उनीहरु भन्छन्,–‘विदेशबाट पैसा आइहाल्छ, नत झरीपानीमा रुझ्नुप¥यो, नत मौषमलाई नै दोष दिनु, आरामले जीन्दगी चलेको छ ।’ कृषि विज्ञहरु भने, जिल्लामा खेतीयोग्य जमिन बाँझिदै गएकोप्रति दुखेसो पोख्छन् । उनीहरु भन्छन्,–‘विदेशमा बगाउने पसिना स्वदेशमै लगानी गरे सबैथोक यही छ ।’ 

साभारः हाम्रो खोटाङ डटकम

जेठ–२८, जीपको ठक्करबाट बालकको मृत्यु भएको विषयलाई लिएर खोटाङको च्यास्मीटारका स्थानीयले दिक्तेल–जयराम सडक अवरुद्ध बनाएका छन् ।
दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको ग १ ज ३३६३ नम्बरको जीपको ठक्करबाट च्यास्मीटार–२ का ६ वर्षीय युवराज अधिकारीको मृत्यु भएको बिरोधमा स्थानीयले सडक अवरुद्ध बनाएका हुन् ।

बोझेओढार प्रावि बडहरेमा कक्षा–१ मा अध्ययनरत छात्र अधिकारीको जीपको ठक्करबाट सोमबार मृत्यु भएको थियो । मृतक बालकका आफन्तले मंगलबार बिहानदेखि दिक्तेल–जयराम सडक खण्ड अवरुद्ध बनाएको स्थानीय रसकुमार राईले बताउनुभयो । 

मृतकका आफन्तले दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतीपुर्तीको माग गर्दै सडक ठप्प बनाएका हुन् । विद्यालयबाट घर फर्कनेक्रममा जीपको ठक्कबाट गम्भीर घाइते भएका अधिकारीको उपचारका लागि उदयपुरको कटारीतर्फ लैजानेक्रममा लेखानीमा मृत्यु भएको थियो । मृतक बालकको शवलाई गाउँमा नल्याएसम्म सडक अवरोध नहटाउने आफन्तको भनाइ छ । मृतकका आफन्तको अवरोधका कारण दिक्तेलबाट राजधानीतर्फ जाने बिरामी तथा यात्रु मारमा परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नीरिक्षक रमेशकुमार देबले भने सडक अवरोध हटाइएको बताउनुभयो । 

यसैवीच,  ट्याक्टरबाट लडेर खोटाङका एक बृद्धको मृत्यु भएको छ । दोर्पाचिउरीडाँडाबाट सामान बोकेर दिक्तेलतर्फ जाँदै गरेको को १ त ८३०३ नम्बरको ट्याक्टरबाट लडेर नेर्पा–१ का ६६ वर्षीय जगप्रसाद राईको मृत्यु भएको हो । दिक्तेल नगरपालिका–५ स्थित सोल्मा भन्ने ठाउँमा ट्याक्टरबाट खसेरका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव आफन्तको जिम्मा लगाइएको छ ।

साभार: हाम्रो खोटाङ डटकम
जेठ–२७, खोटाङको दिक्तेल नगरपालिकाको कार्यालय उद्घाटन गरिएको छ । गत जेठ–११ गतेदेखि आफ्नो दैनिक कामकाज थालेको नगरपालिकाको सोमबार औपचारिक रुपमै कार्यालय उद्घाटन गरिएको हो ।

दिक्तेल गाविसको कार्यालय सञ्चालन हुँदै आएको भवनमा राष्ट्रिय झण्डोत्तोलन गर्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले नगरपालिकाको कार्यालय उद्घाटन गर्नुभएको हो ।

कार्यकारी अधिकृत दिपक दाहाल आएपछि यसअघि दिक्तेल गाविसको कार्यालय सञ्चालन हुँदै आएको कार्यालयबाट नगरपालिकाको कामकाज थालिएको थियो । 

दिक्तेल, लफ्याङ, खाल्ले र बाम्राङ गाविस समेटिएको नगरपालिकाले १९ किसिमका सेवा प्रदान गर्ने जानकारी दिएको छ । सरकारले गत बैशाख–२५ गते घोषणा गरेको दिक्तेल नगरपालिकाभित्र चार गाविस गाभिएपछि खोटाङको गाविस संख्या ७२ मा झरेको छ । 

साभार: हाम्रोखोटाङ डटकम ।
जेष्ठ–२६, क्षेत्रीय समिति खारेजीको माग गर्दै नेपाली कांग्रेस खोटाङका युवा नेता भूपेन्द्र राईले आमरण अनसन सुरु गरेका छन् । पार्टीको विधान विपरित खोटाङ क्षेत्र नम्बर–२ को क्षेत्रीय समिति गठन गरेको आरोप लगाउँदै उक्त समिति तत्काल खारेजीको माग सहित नेता राईले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन थालेका हुन् । 

केन्द्रीय कार्यालयमा गत जेठ–१६ गतेदेखि रिले अनसन थालेको नौं दिनसम्ममा पनि आफ्नो माग सुनुवाई नभएपछि आमरण अनसन थालेको नेता राईको भनाइ छ । कांग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले विद्यान विपरित तीर्थराज भट्टराईको नेतृत्वमा क्षेत्रीय समिति गठन गरेको भन्दै राई सहितका दर्जनौं नेताहरु असन्तुष्ट बनेका छन् । उनीहरुले पार्टीको विधि र विद्यान विपरित काम गरेको भन्दै जिल्ला सभापति राईको बर्खास्तीको माग समेत राखेका छन् । 

जिल्ला सभापति राईले भने संविधानसभाको निर्वाचनमा अन्तरघात गरेपछि पार्टीको कारबाहीमा परेका व्यक्तिहरुको ‘डिजाइन’मा उनीहरुले असन्तुष्टी पोख्न थालेको बताउनुभयो । संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका बिरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा क्षेत्र नम्बर–२ का तत्कालिन सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित भएपछि रिक्त रहेको पदमा विधि र विद्यान बिपरित पदाधिकारी चयन गरिएको कांग्रेस महासमिति सदस्य महेन्द्र कटवालको आरोप छ । 

साभारस् हाम्रो खोटाङ डटकम
अाफ्नै करेसाबारीको तरकारी बारी

खोटाङ र उदयपुरको सीमानामा पर्ने बुवाजोर घाट

श्री चिसापानी उमाविको बदलिएको मुहार

बोफ्लु, खोटाङ

निगालबास, खोटाङ



जेठ–२३, खोटाङमा प्रहरी जवानमाथि हातपात गर्ने तीन युवा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर प्रहरी चौकी धितुङका प्रहरी जवानलाई हातपात गर्ने धितुङ–३ का लोकेन्द्र राई, लकेश राई र धितुङ–७ का नाजेन्द्र राई पक्राउ परेका हुन् ।

हातपातमा संलग्न युवालाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी चौकी नजिक रहेको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवालाई सम्झाउनेक्रममा प्रहरी जवानमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेशकुमार देवले बताउनुभयो । 

प्रहरी चौकीमा एक्लो बसिरहेको बेलामा प्रहरी जवानमाथि बुधबार हातपात भएको प्रहरीले जनाएको छ । हवल्दारको नेतृत्वमा रहेका प्रहरी चौकीका अन्य प्रहरीहरु गाडीमा आगजनी गरेर फरार रहेका धितुङका रामकाजी राईलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पु¥याउनका लागि सदरमुकाम गएको समयमा एक्लो प्रहरी जवानमाथि आक्रमण भएको प्रहरी निरिक्षक देवको भनाइ छ । 

हातपातमा परेका प्रहरी जवानको नाम भने प्रहरीले खुलाएको छैन । पक्राउ परेका युवाबिरुद्ध सार्वजनिक मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

साभार: हाम्रो खोटाङ्ग डटकम
                                      

उच्च रक्तचाप (बोलीचालीको भाषामा बी पी हाइ) र तनाव पछिल्लो समयमा आम मानिसका साझा स्वास्थ्य समस्या बनिरहेका छन् । असन्तुलित खानपान, व्यस्त तथा दौडधूपपूर्ण जिवनशैली, व्यायामको अभाव, बढि नुनिलो तथा फास्टफुडको अत्यधिक सेवनले गर्दा मानिसमा उच्च रक्तचापको समस्या आउने गर्छ । रक्तचाप सामान्य अवस्थाभन्दा बढि अर्थात् १४० र ९० भन्दा माथि निरन्तर रुपमा रहिरह्यो भने त्यसलाई उच्च रक्तचाप भएको भनिन्छ । यद्यपि उच्च रक्तचाप आफैमा रोग होइन तर यसले अन्य रोगलाई जटिल बनाउँछ । जिवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ । उच्च रक्तचापबाट बच्ने केही उपाय निम्न छन् :

१। जगिङ: नियमित रुपमा दौडनु वा हिड्नु स्वास्थ्यका लागि फलदायक हुने विभिन्न अध्ययनले देखाएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार हप्तामा १ घण्टासम्म मात्र पनि जगिङ गरेमा ६ वर्षले आयु बढ्छ । जगिङले बहुआयामिक स्वास्थ्य लाभ दिने शोधकर्ताहरुको दाबी छ । यसले रगतले अक्सिजन लिने दरमा वृद्धि गर्नुका साथै रक्तचाप सन्तुलन गर्न सघाउ पूराउँछ । जगिङ होस् वा अरु कुनै शारीरिक क्रियाकलाप त्यसले मुटुलाई सक्रिय तथा ससक्त बनाउने र रगत पम्प गर्ने प्रक्रियालाई सहज बनाउने हुनाले रक्तनलीहरुमा दबाब कम पर्छ । यसका कारण रक्तचाप स्वतः सन्तुलित बन्दछ ।

२। पर्याप्त मही खानुहोस्: उच्च रक्तचापका रोगीलाई महीको सेवन निकै लाभदायी हुने मात्र होइन स्वस्थ व्यक्तिले नियमित मही खाँदा यसले रक्तचाप बढि हुने जोखिम पनि घटाउँछ । अध्ययन अनुसार दिनको एक कप मही खाने हो भने उच्च रक्तचापको जोखिम एक तिहाइले घट्छ । महीमा पाइने क्याल्सियमले रक्तनलीलाई बलियो तथा लचकदार बनाउने हुँदा रक्तनलीको सहज फैलावटकाका कारण दबाब कम भई रक्तचाप नियन्त्रित हुन्छ ।

३। केरा खानुहोस्: केरामा प्रसस्त पोटासियम लवण पाइन्छ । केराजस्ता पोटासियमले भरिपूर्ण फलफूलको सेवनका साथै नूनको कम सेवनले रक्तचाप बढ्ने जोखिम घटाउँछ । पोटासियमले सरीरमा तरल पदार्थको सन्तुलनलाई कायम राख्दछ जसका कारण रक्तचाप नियन्त्रित हुन्छ । विज्ञहरुले रक्तचापलाई सन्तुलनमा राख्नका लागि दिनमा ५ वटा सम्म केरा खान सुझाव दिन्छन् ।

४। नूनको खपत घटाउनुहोस्:  नून बढि खाँदा स्वतः रक्तचाप बढ्दछ । रगतमा नून घोलिने भएकाले रक्तनलीमा रगतको मात्रा तथा चाप बढ्न जान्छ । केवल बढि चर्को तरकारी नखाने मात्र होइन नून बढि हुने विभिन्न खाले फास्टफूडको सेवन पनि कम गर्नुपर्छ ।

५।वजन नियन्त्रण गर्नुहोस्: मोटोपन रोगको घर हो भन्ने उखानै छ । मोटोपनाले उच्च रक्तचाप लगायत विभिन्न खाले हृदयरोगको जोखिम बढाउँछ । शोधकर्ताहरुका अनुसार केही किलो मोटोपना घटाउँदा मात्र पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ ।

 ६।धूमपान नगर्नुहोस्: धुम्रपान उच्च रक्तचापको मुख्य कारक तत्व हो । चुरोटमा भएको निकोटिनले सरीरका ग्रन्थीलाई उत्प्रेरित गर्छ जसका कारण एड्रिनलिन हर्मोनको उत्पादन बढ्दछ । यो हर्मोनका कारण मुटुको धड्कन तिब्र बन्दै जान्छ जसका कारण रक्तनलीमा दबाब बढ्दा रक्तचाप पनि बढ्दछ ।

 ७। काम घटाउनुहोस्: अत्यधिक व्यस्त जिवनशैली तथा कामको धपेडी उच्च रक्तचापको एक मुख्य कारण बनेको छ । एक अध्ययन अनुसार निरन्तर हप्तामा ४० घण्टा काम गर्दा सरीरको रक्तचाप १४ प्रतिशतले बढ्दछ । ओभरटाइम काम गर्ने बानीले रक्तचाप अझै बढ्ने अध्ययनको निष्कर्ष रहेको छ । हप्तामा ४० घण्टाभन्दा कम काम गर्नेमा भन्दा ५१ घण्टा बढि काम गर्नेमा उच्च रक्तचापको जोखिम २९ प्रतिशत बढि पाइएको छ ।

८। घुर्ने बानी छ रु सचेत हुनुहोस्: यदि तपाइँमा सुतेको बेला घुर्ने बानी छ भने होसियार हुनुहोस्, तपाइँलाई उच्च रक्तचापको समस्या हुनसक्छ । त्यसैले आफ्नो रक्तचाप परीक्षण गरी सावधानीका उपाय अपनाइहाल्नुहोस् । पर्याप्त निद्रा सुत्नुहोस् ।

९। कफी कम खानुहोस्: बढि कफी तथा कफिजन्य पदार्थ खाँदा त्यसले रक्तचाप बढाउने अनुसन्धानकर्ताहरु बताउँछन् । दैनिक ५०० मिलिग्राम (तिन कप० कफी खाँदा कालान्तरमा रक्तचाप ३ प्वाइन्टले बढ्ने शोधकर्ताहरु बताउँछन् । कफीमा हुने क्याफाइन तत्वले रक्तनलीलाई दह्रिलो बनाउने र त्यसले रक्तचाप बढाउने बताइन्छ ।

१०। गाजरको जुस: नियमित रुपमा गाजर, गान्टेमूला तथा लौकाको जुस खानु रक्तचाप सन्तुलनका लागि उपयोगी हुन्छ । 

साभार– एटुजेड खवर ब्लगस्पोट डट को ।



एक गैरसरकारी संस्था ”स्वच्छ नेपाल” ले  नेपालको जनगणनाको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यसबाट नेपाल सरकारको तथ्यांक भन्दा धेरै फरक र छुट्टै यथार्थ सार्वजनिक भएको छ । केही तथ्यांक–

जातीय तथ्यांक :


१, छेत्री – ९%
२, बाहुन – ७%
३, मगर – १२%
४, थारु – ११%
५, तमाङ – १०%
०६, नेवार – ९%
०७, राइ – ८%
०९, मुस्लिम – ७%
१०, मधेशी – ७%
११, लिम्बु – ६%
१२, गुरुङ – ५%
१३, शेर्पा – १%
१४, कामी – ३%
१५, दमै – १%
१६, भुजेल – १%
१७, राजबंशी – १%
१८, सुनुवार – १%

बाँकी अन्य जातीहरु रहेका छन् ।

साभार– मूलबासी डट अोअारजी
भनिन्छ संसार प्रेममा अडिएको छ । यसो सोच्दा हो पनि जस्तो लाग्छ । तैपनि यो पंक्तिकारलाई कता कता शंका पनि लाग्छ । त्यो शंका संसार प्रेममा अडिएको छ भन्नेमा होइन । त्यो शंका हो आधुनिक जमानाको लोकतान्त्रिक प्रेममाथिको ।

प्रेम १ प्रेम ११ प्रेम १११ यो शब्द सुन्दा जत्ति मीठो र प्यारो छ उत्ति नै प्रयोग गर्न नजाने र बुझ्न नसके तीतो र घातक पनि बन्न सक्छ । तैपनि यो शब्द युवाअवस्थाको प्यारो र धेरै प्रयोग गरिने शब्द हो । यही शब्द र यसको असर कसैको बाँच्ने आधार बनेको हुन्छ भने त्यही कसैको मृत्युको कारण पनि बन्न पुग्छ ।

यसरी एकै वस्तुले द्विअसर पुर् याउँछ भने यसमा यही वस्तुको कमजोरी या गलत कामको कारक यसैलाई भन्न मिल्दैन । प्रेमले मानिसको जीवनमा खराब र असल असर पुर् याउनको कारक तत्व स्वयं व्यक्ति र ऊ बसोबास गर्ने समुदायको व्यवहार र संस्कार हुने गर्छ । व्यक्ति जन्मदै केही सिकेर आएको हुदैन । उसले जन्मेदेखि मृत्युपर्यन्त जुन समाज र समुदाय तथा रीतिसंस्कारको वीच आफ्नो जीवन परिचालन गर्दछ ऊ त्यही समाज र समुदायको दास हुन पुग्दछ । ऊ त्यहीको रहनसहन बानी व्यहोरा र चालचलनले प्रभावित बन्न पुग्दछ ।

वर्तमान समयमा प्रेमलाई निकै सस्तो र हल्का रुपमा हेरिने गरिएको छ । यसले साँचो र वास्तविक प्रेमलाई उपहास गरेको जस्तो देखिन्छ । जस्तो तन्नेरी उमेरको उन्मादमा कुनै किशोर र किशोरी वीच देखादेख हुने वित्तिकै भौतिक प्रेम मौलाउन थाल्दछ । यो वास्तविक र साँचो प्रेम कहलिदैन । साँचो प्रेम कहलिनको लागि त ती दुईको मन भावना व्यवहार र संस्कार साटासाट गरिनु पर्दछ । र यसरी एकव्यक्तिको मन भावना व्यवहार र संस्कार अर्को व्यक्ति चाहे समान लिङ्ग पुरुष–पुरुष वीच वा स्त्री–स्त्री वीच वीच नै समान बन्न पुग्छ भने ती दुई वीचको प्रेम भने वास्तविक र साँचो बन्न पुग्छ । तर एकजना किशोर र एकजना किशोरी वीच भौतिक रुपमा देखादेख हुने वित्तिकै स्फूर्त हुने प्रेम साँचो वा वास्तविक हुन सक्दैन । त्यसरी एकपटक भेट भएपछि बारम्बार भेट हुँदै जानु र पछि उनीहरुको मन भावना व्यवहार र संस्कार मिल्न जान्छ भने त्यो प्रेमले त्यतिखेर वास्तविक प्रेम र साँचो प्रेमको रुप लिन सक्छ । तर सबैखाले भौतिक प्रेमले वास्तविक र सच्चा प्रेमको रुप लिएको देख्न पाइदैन ।

प्रेमको नाममा आजभोलि युवा युवतीले रुप र शारीरिक बनावटलाई प्राथमिकता दिएको पाइन्छ । त्यतिमात्र होइन अझ पारिवारीक उच्च पृष्ठभूमि र धनसम्पत्तिसँग प्रेम गरेको समेत प्रशस्त उदाहरणहरु देखिएका छन् । त्यो भन्दा पनि अझ निच क्रियाकलाप त के देखिन्छ भने आफ्नो क्षणिक यौन चाहनालाई पूरा गर्नको लागि मात्र समेत प्रेम गरेको पाइन्छ । यसलाई प्रेम नभनी प्रेमको नाटक भन्न सकिन्छ । आजकल विभिन्न छापाहरुमार्फत विशेषतः पुरुषले स्त्रीको बलात्कार हत्या आदि गरेको समाचार पढ्न र सुन्न पाइन्छ । पुरुष या महिला एक पक्षले अपराध चिताएर निश्चित समयावधिको लागि भनी प्रेमको नाटक गर्छन् । आफ्नो स्वार्थ पूरा भएपछि र सो सम्बन्धले आफू अप्ठ्यारोमा पर्न सक्ने अवस्था आएपछि सो सम्बन्ध तोड्न खोज्छन् । यसरी जोडिएको सम्बन्ध तोड्न अर्को पक्ष तत्पर नभए पछि हत्या सम्मको अपराध प्रथम पक्षले गर्न पछि पर्दैन । विभिन्न होटल तथा लजहरुमा बेला बेला विशेषगरी युवतीहरुको हत्या तिनकै प्रेमीहरुबाट भएको घटनाहरु दोहोरिरहन्छन् । यसको मुख्य कारण अचेलको गणतान्त्रिक प्रेम हो । यहाँ गणतान्त्रिक भन्नुको शाब्दिक अर्थ खोज्नु भन्दा पनि हालको गणतान्त्रिक नेपालमा नेताहरुले जसरी नेपाल आमालाई बलात्कार गरी चिथोरी चिथोरी अस्मिता लुटिरहेका छन् त्यसैलाई इंगित गरिएको छ । लोकतान्त्रिक नेपालमा जसरी नेपालका राजनैतिक दलका नेताहरुले जे गर्दा पनि जे बोल्दा पनि छुट नै पाएका छन् उसैगरी हालका युवायुवतीमा गल्ली गल्ली चौक चौकमा बेमौसमी प्रेमको ढ्याङ्ग्रो बजाउन छुट नै भएको देखिन्छ । जुन भावी समाजको लागि अतुलनीय र अपुरणीय घातक बन्न जान्छ ।

हुन त सही र सच्चा प्रेम गर्नु पाप होइन । न त त्यो समाजको कलंक नै हो । तर प्रेमको नाममा आजभोलि जे जस्तो प्रवृत्तिहरु आइरहेका छन् ती वास्तवमा सोचनीय नै बनेको छ प्रगतिशील समाजको लागि । अग्रज युवाहरुको यी यस्ता अपाच्य व्यवहारहरुबाट आजका साना साना बालकहरु जो विस्तारै किशोर अवस्थमा प्रवेश गरिरहेका छन् उनीहरुको लागि गलत सन्देश बन्दै गएको छ । ती किशोर अवस्थामा लागेका बालबालिकाहरुले अग्रज युवाहरुको व्यवहारबाट के मात्र सिक्दैछन् भने केटाले केटी साथी र केटीले केटा साथी बनाई बजारको सडक सडकमा अंगालो मारी या कुममा कुम जोडी हिड्नु पर्दछ । त्यति मात्र होइन शहरको चौक चौक वित्ता वित्तामा खुलेका साइबरहरुमा छिरेर चुम्वन साटासाट र शारीरिक स्पर्शको अनुभव लिनु पर्दछ । त्यति मात्र होइन पश्चिमी संस्कृतिको नक्कल गर्दै डेटिङ जाने नाममा कुनै पार्कको अपारदर्शी भित्ता भएको टहरो या सहरकै लजहरुमा छिरेर अनुचित र अप्राकृतिक सम्बन्ध विस्तार गर्नु छ । यी यस्ता गलत सिकाई उपलब्धी आफूभन्दा अग्रज युवायुवतीहरुको व्यवहारबाट आजका बालबालिका जो किशोरावस्थामा टेक्दैछन् सिकिरहेका छन् । यसले भोलिको समाजलाई फोहोरी मात्र बनाउदैन तहसनहस समेत बनाउनेछ । समाजको विकास गर्ने युवा जमात नै यी यस्ता अनैतिक सम्बन्ध र अश्लील क्रियाकलापमा फसे पछि समाजका राम्रा काम कसले गर्ने ?

उपरोक्त व्यवहार र क्रियाकलापबाट बढीजसो युवतीहरुलाई बढी घात हुने हुँदा उनीहरु बढी चनाखो बन्नु पर्ने देखिन्छ । तर प्राकृतिक देन नै हो या के हो जत्तिसक्दो आफ्नो शरीर अरुको लागि आकर्षक बनाउनु पर्ने स्त्री जातिमा देखिन्छ । नक्कली प्रेमको नमिठो झट्काले पुरुषलाई भन्दा स्त्रीलाई बढी दुख्ने र बढी पीडादायी बन्ने तथा नैतिक दृष्टिकोणले पनि बढी सम्वेदनशील हुँदा हुँदै पनि आजकलका किशोरीहरु जत्ति सक्दो जिउलाई नङ्ग्याएर हिड्न चाहन्छन् । गर्धनभन्दा तल जत्तिसक्दो धेरै र तिघ्राभन्दा जत्तिसक्दो माथिसम्मको छाला सेतै देखियोस् भन्ने चाहना युवतीहरुमा देखिन्छ । जसले युवाको मनलाई चुम्बकको विपरीत ध्रुवहरु आकर्षित भए झैं टासिन आउन् भन्ने धेय राखेका हुन्छन् । यसरी जानी जानी सोह्र आना युवाहरुलाई आफूतिर आकर्षित गर्ने युवतीहरुको भोलिको जीवन त्यति नै अकल्पनीय बन्न पुग्छ । युवतीहरुको लवाईबोलाई र व्यवहारले युवाहरुलाई आकर्षण गर्छन् । प्रायः युवाहरु प्रेमको नाटक गरेर मोजमस्ती गरौं भन्ने सोचाईका हुन्छन् । त्यस्ताको हातमा युवतीहर परे पछि उनीहरुको मनभित्र उब्जेको प्रेममा विस्तारै तुषारापात हुन जान्छ । कामकुरो विग्रीसकेपछि उनीहरुलाई आफू फँसेको थाहा पाउँछन् । यो कुरो ती युवतीहरुले त्यतिखेर बुझ्छन् जत्तिखेर उनीहरु पछि फर्कने अवस्था नै हुदैन । सबै बाटोहरु बन्द भैसकेको हुन्छ । उनीहरुको सम्बन्ध सामान्य हाइहेल्लोबाट मोबाइलको घण्टौं कुराकानीसम्म विस्तार हुन्छ । त्यसपछि त्यो सम्बन्ध डेटिङ देखि लज बुकिङसम्मको सम्बन्ध विस्तार हुन्छ । बारम्बारको लज बुकिङले उनीहरुको प्रेमको व्याज युवतीको गर्भाशयमा हुर्किन थाल्छ । अब यतिखेर केटीलाई थाहा हुन्छ कि आफ्नो प्रेमीले सक्कली प्रेम गरेको रहेछ वा मोजमस्ती लुट्न मात्र सो सम्बन्ध विस्तार गरेको हो भन्ने कुरा । यदि केटाले केटीलाई सही प्रेम गरेको हो भने उनीहरु डेटिङको नाममा लज बुकिङको यात्रा तय नै गर्दैनन् । किनभने जो सही साँचो र विशिष्ट प्रेम गर्दछन् उनीहरुको सम्बन्धमा कहिल्यै यौन प्यासको तिर्खा लाग्दैन । उनीहरुको मनमा कहिल्यै पनि यौनतृप्तिको भावना उत्पन्न हुदैन । तर किशोरावस्थाको यौनिक उद्वेगबाट सुरु भएको प्रेमले यसरी लज बुकिङसम्मको यात्रा तय गर्दछ । र बारम्बारको लज बुकिङले उनीहरुको अपराध केटीको पेटमा हुर्कन थाले पछि छली प्रेमीहरु पछि हट्न थाल्छन् । र भेटघाट र फोनकल क्रमशः घटाउदै लान्छन् र अन्तमा बन्द समेत हुन्छ । यसरी केटीको नजर पहुँच र साथबाट नक्कली प्रेमीहरु टाढिए पछि ती दुईको अपराधको भागीदार स्वयं केटी बन्न पुग्छ । क्षणभरको यौनिक उत्तेजनाले उसको जिन्दगीलाई जीवनमरणको दोसाधमा पुर् याइदिन्छ । तब उसले आफूलाई धर्तीको भार भएर बाचिरहेको महसुस हुन थाल्छ । उसको मनमा धर्तीको भार भएर के बाँचिरहनु भन्ने मानसिकता विकास हुन्छ । यसखाले मानसिकता लम्बिन पायो भने एकदिन उनीहरु सलबाँधेर झुण्डिन्छन् वा पोखरीमा हाम फाल्छन् । कति ठूला ठूला महलका सपनाहरु बोकेर सुरु भएको प्रेम सम्बन्ध अन्तमा समाज र आफ्नै परिवारको समेत थुइक्क १ पाएर विलिन हुन पुग्दछ ।

अन्तमा म सबै युवायुवती र किशोर किशोरीहरुसँग के कुरा साट्न चाहन्छु भने तपाईलाई तपाईको उमेरले दिएको उद्वेगलाई थाम्ने कोशिश गर्नुहोस् । युवा तथा किशोरहरु तपाईहरु कसैको अनुहारलाई प्रेम नगर्नुहोस् उसको आत्मालाई व्यवहारलाई र सिद्धान्तलाई प्रेम गर्नुहोस् । जुन प्रेममा यौन उत्तेजनाको एक कन्ची समेत पूर्वाग्रह नपरोस् । प्रेमीका रोज्ने उमेर तपाईले स्नातकोत्तर पास गरेपछि सुरु हुन्छ अगाडि होइन । अनि युवती तथा किशोरीहरुलाई पनि मेरो के सल्लाह छ भने तपाई कसैको शारीरिक बनावट र धनलाई प्रेममा आकर्षण नगर्नुहोस् । संसारको सबैभन्दा सुन्दर बनौं भन्ने आकांक्षा पनि नपाल्नुहोस् बरु सबै स्त्रीहरु भन्दा असल गुणवान र उत्कृष्ठ युवती र पछि सोही स्तरको गृहिणी वा महिला बन्छु भन्ने आकांक्षालाई विकास गर्नुहोस् । राम्री बन्ने होडमा शरीरलाई नाङ्गै बनाएर सहरको गल्ली गल्ली चौकचौक नहिड्नुस् । बरु त्यो समयमा तपाई संसारको अध्ययन गर्नुहोस् । तपाईको प्रेम गर्ने उमेर सके स्नातकोत्तर पास गरेर नसके कम्तिमा स्नातक पास गरेर मात्र सुरु हुन्छ यो कुखुरे बैसमा होइन ।

लेखक– गणेश पुमा राई चिन्तन

२०५६ कात्तिक २
चैतको महिना बतास चल्यो सुसायो पारिबन
भाग्यले खुसी खोसेर लग्यो रुवायो मेरोमन ।
एकलो जीवन बितार्इरहेछु धर्तीको भार भई
सबैको आँखी भएर बाँच्छु हृदय जलाई ।

ए दैब आफ्नो कोही नि छैन जलाउ अझैं मन
एक्लै जन्मे पहाडी गाउँमा आँशुको यो जीवन ।

रोङरुमै खोला बगेर गयो आफ्नै बाटो लिई
आफ्नो त बाटो भत्केर गयो विरानो दैव भई ।

जिन्दगी देखि हार खार्इ सके बेकार छ जीवन
परार्इ लाग्छ मलार्इ अब जन्मेको घरआँगन ।
पथरी भएको व्यक्तिले आफ्नो खानपानमा ख्याल गर्नुपर्छ, स्वास्थ्यमा केही सहजता महसुस गर्न सकिनेछ । कुन चिज खानु हुने र कुन चिज खान नहुने भन्ने बारे यो तालिकाको अध्ययन गरौं । जीवन अमूल्य छ यसको रक्षा गरौ । नौ दिन बाँचे नौ रङ्ग हेर्न पाइन्छ भन्थे नौ दिन बाँचे अरु नौ राम्रा काम पनि गर्न सकिएला नि होइन ?
सामान्यतयाः बैंकमा पैसा राख्दा बढ्नु पर्ने हो । तर, निक्षेपको व्याजदर र मुल्यवृद्धि दरबीचको चुलिदो अन्तरका कारण तपाईले बैंकमा राखेको पैसा खिईदै गएको छ । तपाईले २०७० बैशाखमा बैंकमा एक लाख रुपैयाँ निक्षेप राख्नुभएको थियो भने अहिले सो रकमको ‘रियल मनी भ्यालू’ घटेर ९४ हजार ९० रुपैयाँ भएको छ । तपाईको खातामा रकम बढेर एक लाख ४ हजार ३ सय रुपैयाँ भएको देखिए पनि मुल्यवृद्धिका कारण त्यसको ‘रियल मनी भ्यालू’ पाँच हजार १० रुपैयाँले घटेको हो ।

तर, बैशाख महिनामा तपाईको खर्च एक लाख रुपैयाँ हुन्थ्यो भने अहिले एक लाख ९ हजार ४० रुपैयाँ खर्च हुन्छ । बैंकहरुले निक्षेपमा दिने व्याजदर आम्दानी हो र मुल्यवृद्धि खर्च । बैंकले दिने व्याजदरभन्दा मुल्यवृद्धि ५.१ प्रतिशतले बढी भएकाले एक वर्षको अवधिमा तपाईले बैंकमा जम्ममा गरेको रकम पाँच प्रतिशतले खिइएको हो । 
तर, तपाईलाई यो अर्थशास्त्रीय सिद्धान्तको जानकारी नभएर बैंकमा राखेको रकम खिइएको पत्तो नभएको भने हुन सक्छ ।

निक्षेपको व्याजदर र मुल्यवृद्धि दर यही विन्दुमा अघि बढ्यो भने आगामी २० वर्षमा तपाईले अहिले राखेको एक लाख रुपैयाँ खिइएर समाप्त हुने छ । यसको मतलब अहिले एक हजार रुपैयाँमा आउने वस्तु १८ वर्षपछि अहिले बैंकमा जम्मा गरेको एक लाख रुपैयाँ र त्यसबाट आउने व्याज जोेडेर किन्छु भन्नुभयो भने पनि आउँदैन ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७० बैशाखमा मुल्यवृद्धि ८.७ प्रतिशत र निक्षेपको व्याजदर ५.३६ प्रतिशत थियो । ०७० को चैतमा मुल्यवृद्धि बढेर ९.४ प्रतिशत पुगेको छ तर, निक्षेपको व्याजदर घटेर ४.३० प्रतिशतमा झरेको छ । बैशखमा ३.३४ प्रतिशत रहेको मुल्यवृद्धि र व्याजदरबीचको अन्तर चैतमा बढेर ५.१ प्रतिशत पुगेको छ । यो वर्ष सरकारले मुल्यवृद्धि दर ८ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ ।

आम्दानीभन्दा खर्च बढी भयो भने ऋण थपिदै जान्छ, परिणम त करोडपतिबाट रोडपति भइन्छ । मूल्यवृद्धि र व्याजदरबीच सन्तुलन कायम गर्न नसके बैंकमा निक्षेप राख्नेहरु दिनानुदिन गरिब बन्दै जानेछन् ।

२०७० सालमा निक्षेपको ब्याजदर र मूल्यवृद्धिको अबस्था( प्रतिशतमा)
महिनाबैशाखजेठअसारसाउनभदौअसोजकात्तिकमंसिरपुसमाघफागुनचैत
व्याजदर५.३६५.२०५.२५५.१३५.०१४.८९४.८६४.७५४.६८४.६१४.४५४.३०
मुल्यवृद्धि८.७९.९९.९७.९९.४१०.००१०.००१०.३९.७१०.११०.२९.४

नयाँ अपडेट

पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • भोगाई जीवनको (कविता)
  • कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु
  • शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) एकमुष्ट योग्यताक्रम सिफारिस
  • 'जि वया ला लछि मदुनि' काव्यको प्रेरणाबाट 'मुना-मदन'को रचना
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • लोकसेवा आयोगले नासु प्रथम चरणमा साेधिएका प्रश्नहरुको समाधान
अभिलेखालय
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ▼  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ▼  June 2014 (21)
      • डिआइडी लिटिल मास्टर्स सिजन थ्रीका विजेता टेरिया फ...
      • यलेसम्वत् र द्वापरयुगीन किरात राजा यलम्बर
      • डिआइडी लिटिल मास्टर्सको उपाधि उचाल्न सफल टेरिया मग...
      • प्रकाश पुष्पकको ‘घाटी रेटिंदैछ’ तेस्रो संस्करणमा
      • टेरिया डिआइडी लिटिल मास्टर्सको उपाधि उचाल्न सफल
      • संविधानसभा बैठकमा उपस्थित नहुँने सभासदलाई सचेत नाग...
      • नेपालको केन्द्रीय संगठन संरचना
      • टेरियालाई भोट दिने अन्तिम मौका
      • साकेन्वा/साकेला उभौली पर्व समापन
      • युवाशक्ति विदेशिदै गाउँको जमीन बाँझो बन्दै
      • दुर्घटनामा आफन्तको मृत्यु भएको विषयले दिक्तेल–जयरा...
      • दिक्तेल नगरपालिका कार्यालयको औपचारिक उद्घाटन
      • कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन
      • तस्वीरमा एक क्लिक
      • प्रहरी जवानमाथि हातपात गर्ने तीन युवा पक्राउ
      • उच्च रक्तचापबाट बच्ने दश उपाय
      • एउटा नयाँ तथ्य जनसंख्यासम्बन्धी
      • नक्कली प्रेम, अनैतिक यौन सम्बन्ध र यसको असर (लेख)
      • चैतको महिना (गीत)
      • पथरी भएकाे छ भने खानपानमा यी कुराकाे ख्याल गरौ
      • मूल्यवृद्दिको प्रतिकुल असर
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |