photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा
- गणेश राई, कुम्भराज राई, काठमाडौं ।
२०७२ भाद्र १४ । सांस्कृतिक कानुनले चेपिएको किराती चाड हो– ढ्वाङ्कुमो । यसमा मुन्धुम फलाकेर परम्परालाई पुकारिन्छ । मुन्धुमी नाक्सो (कुलपुजारी) फलाक्छन्– ‘लिब्जु उपो (बाजे) उहिले त्यस्तो थिएन । हामीले माले गोरु काटेर बलि दिन्थ्यौं । राजा, काजी र हिन्दु धर्म आएपछि राँगाको बलि दिंदै आएका छौं । लिब्जु बाजे नसराप्नू । हाम्रो फलिफाप गर्नू । हामीलाई आशीर्वाद दिनू ।’

लिखित कानुन नहुँदा समाज परम्परा र संस्कारले चल्थ्यो । त्यसैको जीवन्त उदाहरण हो– ढ्वाङकुमो । वल्लो किरात प्रदेश अर्थात् ओखलढुंगाको दक्षिणी भेगका वाम्बुले राईहरूले यो परम्परा धानिरहेका छन् । यो उनीहरूको महान् चाड हो । हिन्दुहरू जनैपूर्णिमा र किरातीहरू ढ्वाङ्कुमो चाड (ढ्वाङ्कुम पनि भनिन्छ) एकै दिन मनाइन्छ, फरक–फरक मान्यताका साथ । 

ओखलढुंगाको उँबुगाउँको ढ्वाङकुमटारलाई वाम्बुले राईको उदगम् थलो मानिन्छ । यही थलोमा सामूहिक भेला भएर ढ्वाङकुमो मनाउँछन् उनीहरू । मुन्धुमी नाक्सोहरूले पूजाआजा र विभिन्न सांस्कृतिक नाचगान गर्छन् । यो चाड प्रकृति र संस्कृतिको सम्मिश्रण हो । समुद्र सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको लिब्जु पहाडलाई ‘लिब्जु बाजे’ भनेर पुजिन्छ ।

किरातीहरू आफूलाई प्रकृति र पितृका पूजक मान्दछन् । ढ्वाङ्कुम परम्परा कति पुरानो हो लिखित प्रमाण छैन । चाडमा भेला भएर हेर्दा सामान्य लाग्छ । ढ्वाङकुमटारमा सयौं थुन्से, सोलीहरूको लस्कर रास (चाङ) लगाइन्छ । प्रत्येक घरबाट थुन्सेमा जाँड, कागुनोको भात, मकैको झुत्ता आदि लिएर आइपुग्छन् । यसरी सामूहिक चाडमा जो जुट्दैन उसलाई समाजले बहिष्कार (असहयोग) गर्न सक्छ ।

किंवदन्तीअनुसार यो संस्कार सेन मुगल राजाको पालादेखि सुरु भएको मानिन्छ । शताब्दीअघिसम्म ‘मालेगोरु’ काटेर पूजा गरिन्थ्यो । १९१० मा मुलुकी ऐन लागू भएपछि गोरु काट्न प्रतिबन्ध लाग्यो । त्यसपछि भने राँगा काट्न थालियो । यसमा अन्य सिकारी देवताहरू पनि पुजिन्छ ।

ढ्वाङ्कुममा चारजना प्रमुख नाक्सोको भूमिका अपरिहार्य रहन्छ । उनीहरूलाई सिसी नाक्सो, बुलु नाक्सो, ढ्वाङ्कुर्मो नाक्सा र काउर्मो नाक्सो भनिन्छ । चारैजनाको काम मुन्धुम फलाक्ने हो । तर भूमिका फरक फरक हुन्छ । सिसीले चारचौरासको प्रकृति पुकार्दै भूमि बाँध्छन् । बुलुले पितृहरू सामूहिक रूपमा बोलाउँछन् । ढ्वाङ्कुर्मोले जिमी भूमिलाई मनाउँदै आकाश, पाताल, पाखापर्वत, वनजंगलको पूजा गर्दछन् । काउर्मोले नदीनाला, बोटबिरुवा, सिकारी बेखारी पुकार्दै समृद्धिको कामना गर्दछन् । 

चार प्रमुख नाक्सोका साथै कारबारी, गौरुङ र थरीलगायत पदवी लिएका समाजका व्यक्तिले दिएको निर्देशनबमोजिम यो चाड मनाउने गरिएको पाइन्छ । अघोषित रूपमा ती पदवी विद्यमान छ । 

राँगा र कुखुरा बलि दिँदै नयाँ अन्नबाली चढाउनु र ढ्वाङकुमटार घुमेर नाचगान गर्नु यसको विशेषता हो । प्रत्येक घरले थुन्सेमा कागुनीको भात र राँगाको मासु बोकेर पुर्‍याउनुपर्छ । पूजा दुई दिनसम्म रहन्छ । त्यतिन्जेल गाउँका जोसुकैले खेतबारीमा पसेर कृषिकर्म गर्न नपाउने चलन छ । सबैले चाड मनाउनैपर्दछ । ढ्वाङकुममा नयाँ अन्नबाली चढाएर पूजा गरेपछि वर्षभरि दु:खबिमार नलाग्ने र शान्ति समृद्धि हुने विश्वास गरिन्छ । 

यो पुरानो संस्कार आधुनिकीकरणसँगै लोप हुने हो कि भनेर पिरिएका छन् अगुवाहरू । त्यसैले यो संस्कार जोगाउन संस्थागत पहल भइरहेको वाम्बुले राई समाजका जिल्ला अध्यक्ष महाजित राई बताउँछन् ।
ढ्वाङकुमो चाडमा यस भेगका अन्य जातजाति पनि उत्तिकै सहभागी भएर मनाउँछन् । यसले एउटा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गरेको उँबु–४ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक रमेशकुमार अधिकारी बताउँछन् ।

उहिले–उहिले किराती वाम्बुले समुदायले एकै ठाउँ ढ्वाङकुमटारमा भेला भएर  पूजा गर्थे । अहिले उनीहरूको जनसंख्या १३ हजार ४ सय ७० छ । ओखलढुंगाको उँबु, वाक्सा, केत्तुके, मोली, मानेभञ्ज्याङ, थाक्ले गाविसमा यो पूजा गरिन्छ । खोटाङको बाहुनीडाँडा, डिकुवा र च्यास्मिटार, उदयपुरको कटारी, सुनसरीको धरान, काठमाडौं उपत्यकाको इमाडोल र बेलायतमा समेत यस अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान गरिन्छ ।

साभार : कान्तिपुर (काेसेली)
प्रकाशित: भाद्र १२, २०७२ 
हेङ्खामा एउटा सामान्य ब्लगसाइट हो । यसले तपाईं र तपाईं जस्तै सृजना र लेखनकलाका पारखीहरुको लेख रचना तथा समसामयिक परिवेशलाई अनलाइन गर्ने गर्दछ । तपाईं जस्तै सृजनशील व्यक्तित्वहरुको सृजनालाई निसन्देह यस हेङ्खामाले प्रकाशित गर्ने गर्दछ ।  लेखनका कुनै पनि विधा (कथा, कविता, गीत, गजल, उपन्यास, निबन्ध, समाचार आदि) र जुनसुकै भाषाका मौलिक रचनालाई यसले समेट्ने गर्दछ । त्यसैले आजै अहिल्यै तपाईको कलम उठाउनुहोस् या किबोर्डमाथि अौंला उठाउनुहोस् र फेसबुक इनबक्स, इमेल वा अन्य कुनै माध्यम मार्फत तपाईंका ती सृजना हामीलाई उपलब्ध गराउनुहोस् । तपाईंको सृजनाले तत्काल स्थान पाउनेछ । साथै यस हेङ्खामा ब्लगस्पोट डटकमलाई समयको अनुकुलतासँगै हेङ्खामा डटकम बनाउने रोडम्याप रहेको सम्पूर्ण साथीहरुलाई जानकारी गराउँदछु । धन्यवाद ।
– गणेश पुमा राई चिन्तन
तथा हेङ्खामा परिवार ।








सम्पर्क तथा सृजना उपलब्ध गराउने ठेगाना

facebook मार्फत: ब्लगर गणेश पुमा
gmail मार्फत: roserai2007@gmail.com

फोन: ९८४२०७४७२२
Henkhama Head
ऋतुहरु फेरिदै फेरिदै
अर्को शरद आइपुग्दा
बारीका कान्लाकान्ला, आँगनको डिल डिल
सयपत्री, मखमली ढकमक्क फुलेको
हावाको सुसेलीमा लहराउँदै पुष्पगुच्छाहरु
परदेशिएको कान्छोलाई
आउ ए कान्छा आउ भनी
गाउँभरि सुबास छरेर निम्तो दिइरहेको पल
म परदेशको तातो घाममा राँपिएर
खलखली पसिना चुहाएर, फलाम पग्लने तापमा
कोमल मनको कुनाकुना
गाउँवेशीको माया बोकेर
मखमली, सयपत्रीको निम्तोलाई
आँसुका ढिक्का ढिक्कामा तिलाञ्जली दिदै
मुटुलाई पत्थर भन्दा कठोर बनाउन बाध्य म
बैनीको भाइटिकामा घर पुग्न असमर्थ छु ।
अभावमा पिल्सिएको वास्तविकतालाई
निकास दिने अजङ्गको सपना साकार पार्ने
गुलिया मिठा मनलाई तानतुन पारेर
आशाको त्यान्द्रो मस्तिष्कमा अल्झाएर
सात समुद्रपारको यात्रा तय गर्न विवश म
भाइटिकासँगै गुञ्जिएका मादल, बाँसुरी, मुर्चुङ्गाको
सुरिलो र कर्णप्रिय धुनलाई
मनभित्र अनन्य सँगालेर
बैनीको हात खाली राख्न विवश म
र निरस मेरो जिन्दगी
तातो तावामा सेकाउन बाँध्य छु
रापिलो झिरमा उनेर ।
‍+++  +++  +++

लेखनकाल: २०७०।०६।११

नयाँ अपडेट

पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • 'जि वया ला लछि मदुनि' काव्यको प्रेरणाबाट 'मुना-मदन'को रचना
  • कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) एकमुष्ट योग्यताक्रम सिफारिस
  • भोगाई जीवनको (कविता)
  • प्रितीफन्टबाट युनिकोडमा रुपान्तर गर्नुहोस्
  • लोकसेवा आयोगले नासु प्रथम चरणमा साेधिएका प्रश्नहरुको समाधान
अभिलेखालय
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ▼  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ▼  August 2015 (4)
      • सांस्कृतिक कानुनले चेपिएको किराती चाड– ढ्वाङ्कुमो
      • सम्पर्क ठेगाना दिदै सृजना पठाउन अनुरोध
      • Henkhama head
      • विवश परदेशी जीवन (कविता)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |