फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धी जानकारी

निर्वाचन आयोग नेपालले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य गर्नका लागि सम्पूर्ण गाविस तथा नगरपालिकाका वडाहरुमा २०७१ माघ १५ गतेदेखि चैत्र १५ गतेसम्म टोल खटाइरहेको हुँदा आफूलाई पायक पर्ने नामदर्ता केन्द्रमा नागरिकता सहित स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम समावेश गराऔं । साथै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा फोटो सहितको मतदाता नामावली संकलन कार्य निरन्तर भइरहेको छ । कार्यालय समयमा उपस्थित भई सो सेवाको सुलभ उपयोग गरौं । 

ख्याल रहोस् फोटो सहितको मतदाता नामावली व्यक्तिको मतदान गर्ने अधिकार सुनिश्चित गर्न मात्र नभई नागरिकको राष्ट्रिय परिचय पत्र बनाउने आयोगको बृहत्तर योजना रहेको कुरा सबैलाई जानकारी गराइन्छ ।
                                                                              – नागरिक सूचनाका साथमा हेन्खामा ब्लग ।

प्रकाशित मिति: Thursday, January 29, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।