
गणेश पुमा राई चिन्तन नेपालको पूर्वी पहाडी जिल्लाहरूमा किरातीहरूको बसोबास क्षेत्र रहेको छ । उनीहरू आफूलाई प्रकृतिपुजक भन्न रुचाउछन् । किरात भित्रकै एक जाति पुमा राई पनि हो । पुमाहरूको आफ्नै मौलिक भाषा, संस्कृति र परम्पराहरू छन् । खोटाङ जिल्लाको दक्षिणी भेगका दिप्लुङ, मौवाबोटे र देवीस्थान गाविसहरू पुमाहरुको प्रमुख बोबी (थलो) हो । त्यसैगरी खोटाङकै चिसापानी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा, काहुले र बोपुङ...