असई (प्रहरी सहायक निरीक्षक) मा नयाँ भर्ना खुल्यो

साउन ४, प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेको छ । खुल्ला तर्फ २ सय ४०, आदिवासी जनजाति तर्फ ६६, मधेशी तर्फ ५७, महिला तर्फ ४०, दलित तर्फ ३०, पिछडिएका क्षेत्र तर्फ ११ र अमर प्रहरी र अशक्त प्रहरी परिवारका लागि नौ सिट गरी जम्मा ४ सय ५३ सिटमा नेपाल प्रहरीले भर्ना आह्वान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको योग्यता भएको साथै १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

 २०७१ साउन ५ गतेदेखि भदौ ४ गतेसम्म क्षेत्रीय र अञ्चल प्रहरी कार्यालयमा फाराम लिएर बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ । काठमाडौमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट दरखास्त फाराम लिन सकिनेछ । साथै दरखास्त फारम नेपाल प्रहरीको वेवसाइट www.nepalpolice.gov.np बाट पनि डाउनलोड गर्न सकिनेछ ।

प्रकाशित मिति: Sunday, July 20, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।