फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धी जानकारी

निर्वाचन आयोग नेपालले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य गर्नका लागि सम्पूर्ण गाविस तथा नगरपालिकाका वडाहरुमा २०७१ माघ १५ गतेदेखि चैत्र १५ गतेसम्म टोल खटाइरहेको हुँदा आफूलाई पायक पर्ने नामदर्ता केन्द्रमा नागरिकता सहित स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम समावेश गराऔं । साथै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा फोटो सहितको मतदाता नामावली संकलन कार्य निरन्तर भइरहेको...