photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा

खण्ड : एघार

क्रमश :

कोठामा दुईवटा दराजहरु । दराजका र् याकहरु सबै किताबहरुले भरिएका । चट्ट बेडसीट मिलाएको खाट । छेउमा टेवल । टेवल माथि किताब कापीहरु खातापाताहरु । टेवलको एक छेउमा पुूलदानी । पुूलदानीमा ताजा ताजा पुूलहरु । टेवलमा अगाडि पट्टि कलमदानी । कलमदानीमा दुईवटा कलमहरु । अनि टेवल सँगैको कूसर्ीमा छन्- सबैका आदरणीय गुरु हिराधन । ुदेश बन्नलाई विद्यार्थी शिक्षित र कर्मशील बन्नुपर्छु भन्ने भावना बोकेका उनी विगत केही वर्ष यता निकै गम्भिर देखिन्छन् । उनको विचारमा विद्यालय जस्तो शिक्षा आर्जन गर्ने तपोस्थललाई द्वन्दबाट टाढै राख्नु पर्छ भन्ने हो । उनकै शव्दमा- ुविद्यार्थीहरुले द्वन्द नबुझ्नु होइन तर यसको नकारात्मक प्रभाव कोमल विद्यार्थी मस्तिष्कमा पर्नु हुदैनु भन्ने थियो । विद्यार्थी हो भने विद्या आर्जन गर्नुपर्छ न कि विद्रोह गर्न । देशको राजनैतिक उथलपुथल द्वन्द र काटमारको स्थितिले पिरोलिएको शिक्षक विद्यालयमा द्वन्दको प्रभाव कम पार्ने सोचमा थिए ।

जिल्लाकै शिक्षक संगठन र शिक्षक सेवा आयोगका अग्रणी व्यक्तित्वमा यो भावना हुनु सामान्य नै हो । केही वर्ष यता देखि गाउँका हरेक विद्यालयहरुमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन गठन गरिएको थियो उनै बिद्रोहीहरु द्वारा । त्यही संगठनको तर्फबाट विद्यार्थीलाई सताउन सम्म सताइएको थियो । संगठनले निरंकुश शासन चलाउन खोज्थे । विहानको विद्यालयको प्रार्थना घण्टी निश्चित समय भन्दा एक घण्टा अगाडि लगाउने । र त्यस समय भरि सम्पूर्ण विद्यार्थीहरुलाई लाइनमै राखेर परेड खेलाउने गर्छन् । गोली र बन्दुक कसरी चलाउने र खेलाउने भन्ने ज्ञानहरु सिकाउने क्रान्तिकारी पक्षधरहरुले । र कहिले त उनीहरुको पार्टीका मान्छेहरु आएर लामो प्रवचन दिन्थे । पढाईको समय त्यसमा नै समाप्त हुन्थ्यो । उनीहरु यतिसम्म ख्याल गर्न सक्षम थिएनन् कि यी सबैजना विद्यार्थीहरु हुन् र उनीहरु स्वस्थ र अस्वस्थ अभ्यास गर्न सक्षम असक्षम सबैखाले छन् भन्नेकुरा । सबै किसिमको परीक्षण गरेर भर्ती गराई तालिम दिइने प्रहरी र सेनाहरु सरह तालिम गराउछन् विद्यार्थीहरुलाई । थाकेको बेला कक्षामा पठाउछन् ।

 अब उनीहरु थकाई मार्ने कि पढ्नेलेख्ने फेरि ग्रामिण वस्तीको गरिव परिवारका बालबच्चाहरु भोकै पनि आउथे कि आधापेट खाएर आउथे कि कसलाई चासो । छापामारहरु आएर बन्दुक चलाउन र द्वन्द गर्न सिकाउछन् त्यत्ति भए पुग्यो उनीहरुलाई । अर्काको छोराछोरी मरुन् कि बाचुन् वास्ता छैन कसैलाई । आफ्ना गुरुहरुकै टाउको काट्ने मन्त्र सिकाउछन् वस् । बेलुका विद्यार्थी बालबच्चाहरु घरमा पुग्दा थलापरीसकेका हुन्छन् । ुके भो ु भनी सोध्दा सब वृतान्त लगाउँछन् । तर गोली बम र बारुद खेलाउनेहरु सँग सीधा जनताहरु केही बोल्न सक्दैनन् आफ्ना छोराछोरीको विचल्ली देखेर आफ्नै भाग्यलाई दोष दिनु सिवाय । ुस्कूल नजा न त नानीु भ्ान्दा पनि गहभरि आँशु बनाएर ुएक दिन स्कूल नगए घरैमा आएर अपहरण गरेर लाने अरे । अनि यो स्कूल छोड्न पनि नपाइने रे एस।एल।सी। पास गरेर पनि अरु क्याम्पस जान नपाइने अरे यसै स्कूलमा एघार बाह्र पढ्नु रे ।ु भन्छन् । अनि अभिभावकहरु भन्छन् - ुरेडियोमा सुन्दै गरेका सात समुद्रपारीका कथाव्यथाहरु अव आफ्नै आगनमा थुपि्रए । आफ्नै शिरमा खनिए । आफ्नै धुरीमा आइपुगे । हरे ुशान्तिु कहाँ हराई बाहिर स्वतन्त्रता र गणतन्त्रको भाषण छाट्नॆले विद्यार्थीहरु माथि निरंकुशता लादेको देख्दा तिनीहरुको आन्तरिक सिद्धान्त सबका सामु छर्लङ्ग भएको थियो उनीहरु निरंकुश हुन् भनेर । र त्यस ताका नै दुईजना केन्द्रीय सदस्यहरुले पार्टीको खराब पक्षलाई सुधार गर्नु पर्ने सल्लाह दिदा मात्रै पनि ुपार्टीका गवारोहरु भन्ने उपनाम दिई पार्टीको साधारण सदस्यताबाट समेत निस्कासन पाएका थिए । यसबाट अझ स्पष्ट भयो कि उनीहरुको पार्टी सर्बसाधारण प्रति कति निरंकुश छ भन्ने कुरा । पार्टीको केन्द्रीय सदस्य जस्तो उच्च पदस्थ व्यक्तिले समेत एक शव्द जायज कुरा पार्टीमा बोल्न पाउदैन भने एकजना सामान्य नागरिकको त के स्थान भन्ने कुरामा प्रत्यक्ष प्रश्नचिन्ह खडा हुन्छ । यस्तै शैक्षिक समस्याहरु कहाँबाट कसरी उत्पन्न हुन्छन् र समाधानको बाटो के हुन सक्छ भन्ने कुरामा अध्ययन गरीरहेका थिए हिराधन सरले विगत देखि नै । समाधानको निष्पक्ष खोजीमा थिए उनी । शान्तिपूर्ण समस्या समाधानको बाटोमा खोज अनुसन्धानमा तल्लीन थिए ।दिउसो एक बजेको हुँदो हो । 

अचानक हतियारधारीहरुको एक समूह हिराधन सरको घर घेर्न पुग्छन् । केही क्षणमै उनलाई पेस्तोलले ताकिएको अवस्थामा बाहिर निकालिए । उनलाई हिडाए त्यो टन्टलापुर घाममा । चप्पल टेक्नसम्म दिएनन् । केही पर पुर् याए पछि आँखामा रातो रुमाल बाँधिदिए । सडकबाट छेउ लगाएर वारीका कान्ला भित्ताको बाटो हिडाए । पेट लागेका मोटो र पाको उमेरका थिए उनी । हिड्न नसक्दा पेस्तोलको नाल कन्चटमा राखेर ज्यान मार्ने धम्की दिन्छन् । उकालो ओरालो तलमाथि गराउँदै हिडाए । दुःख र पीडा दिदै उकालो हिडाए । पसिनै पसिनाले निथ्रुक्कै भिजे उनी । गलेर भुतुक्कै भए । यद्यपी एक शव्द पनि बोलेका छैनन् उनीले । स्याँस्याँ र फ्याँफ्याँ हुदै पनि हिडिरहे हिडिरहे । दुई घण्टा जत्तिको हिडाई पछि उनलाई एक सुनसान ठाउँमा पुर् याए । जहाँनेर एउटा पोखरी पनि छ । लगभग तीन बजेको थियो दिनको । आँखाको पट्टि खोलीदिए र चारैतिर संसारलाई अन्तिम पटक हेर्ने आदेश दिए । यद्यपी उनले कतै पनि हेरेनन् सामु अगाडि बाहेक । उनी उभीरहेका थिए नचट्पटाई । अचानक बन्दुक पट्कियो । दुईवटा बन्दुकबाट एकै चोटी दुईवटा गोलीहरु उछिट्टिए । एउटा काचटमा र अर्को टाउकोमा लाग्यो । हिराधन सर लडे । अन्तिम श्वास फेरे उनले । जीवनको अन्तिम श्वासमा- ुमेरो विद्यार्थी …………………॥ु सुनियो । घटनाको केही घण्टा बिते पछि हिराधन सरको हत्याको कुरा टोलभरि छ्याप्छ्याप्ती भयो । घरमा रुवाबासी शुरु भयो । छोराछोरी श्रीमति सब बेहोसीको सिकार बन्न पुगे । साँझ परिसकेको थियो । विविध अप्ठ्याराहरुले त्यो रात उनको शव घटनास्थलबाट ल्याउन सकेनन् । यद्यपी गाउका युवा र विद्यार्थीहरुको ठूलै जमात जम्मा भइसकेको थियो । घट्नास्थलमा गाउँटोल भरिका सबै विद्यार्थीहरु रोइरहेका थिए ।अर्को दिन घाम नझुल्कदै काठमाडौंबाट दुईवटा हेलीकोप्टरहरु आइपुगे । एउटा सेनाको र अर्को मन्त्रीको थियो। हेलीकोप्टरमा नै राखेर उनको शवलाई स्कूलसम्म ल्याए । श्रद्धााजली अर्पण गर्ने कार्यक्रम शुरु भयो । हजारौंले श्रद्धााजली स्वरुप पुूल गुच्छाहरु चढाए । सरु रसिला र सपनाले पनि भिडमै श्रद्धासुमन अर्पण गरे । खै किन हो श्रद्धाको पुूल चढाउदै गर्दा सपनाको आँखामा बादल लागे जस्तो भो । सपना लडी । पानीको फोहराले केहीबेरमै ठीक भयो । श्रद्धााजली कार्यक्रम दुईदिन सम्म यथावत चलीरह्यो । तेश्रो दिन उनीहरुको रीतिसंस्कृति अनुसार उनको शवलाई गाडियो विद्यालयकै जग्गामा । खै कुन हदको दुष्मनी हो । चारमहिना पछि सुन्नमा आयो- बिद्रोहीहरु आएर उनको चिहानबाट हड्डीखुड्डी समेत निकालेर जलाईदिए रे । विद्यार्थीहरु गएर हेरे । साँच्चिकै रहेछ । उनीहरुले फेरि त्यो हड्डीखुड्डीको खरानी त्यही चिहानमा राखेर माटोले पुरीदिए । यहाँ स्मरणीय कुरा के छ भने राईहरुको शव डराउदैनन् सुरक्षित साथ माटोमूनि गाड्छन् ।


खण्ड ः बाह्रसमय हो जसरी पनि वित्दो रहेछ बित्नको लागि । समय आउछ र जान्छ । जस्तॊ परिस्थिति आउछ त्यसलाई मानिसले भोग्नै पर्ने प्राकृतिक नियमलाई कसले रोक्न सक्छ र दिनहरु हप्ता महिना गर्दै वर्ष वित्न थालेछ । उस्तै छ देशको राजनीतिक द्वन्द । क्रान्ति र प्रतिक्रान्ति कि्रया अनि प्रतिकि्रया ।आतङ्क र द्वन्दका कारण गाउँका युवाहरु बस्न छाडे । एस्ा।एल।सी। पास गर्नै हँुदैन । भागीहाल्छन् शहरतिर । जनधनको सुरक्षा गाउँको तुलनामा केही हदसम्म बढी हुन्छ यहाँ । द्वन्द र राजनैतिक अस्थिरताले पीडित विद्यार्थीहरु शहरका क्याम्पसमा पुगे पछि शान्तिको श्वास फेर्छन् ।रबिन पनि आजकल कमैमात्र गाउँ आउँछ । गाउँ आउँदा पनि छोटो समयको लागि मात्रै आउँछ । यसपाली सपनाले पनि बाह्र कक्षा पास गरी । राम्रो अङ्क ल्याई । घरमा बाबाआमा पाको उमेरका भए । घरको कामकारवाही सबै उनैले मिलाउछे । घरव्यवहार कसरी चलाउने भन्ने राम्रो तालिम पाई । बाबाआमाले त्यसको निम्ति टाउको दुखाउनु पर्दैन । तर छोरीचेलीको जात माइतैमा राखेर पनि नहुने । पोहोरपरारदेखि सपनाको मगनी भएको हो तर उनको पढ्ने इच्छाले गर्दा नै होला सबै प्रस्तावहरु अस्वीकार गर्दै आई । यसपाली पनि प्रस्ताव आयो । सदा जस्तै सीधै उनले अस्वीकार गरी । उनको भनाई हो- ुदाइको पढाई नसकिएसम्म विहे नगर्ने ।ु तर बाबाआमाको स्ाल्लाहलाई उनले शिरोपर गर्नुर् यो । 

सपनालाई थाहा छ कोहीकसैका पनि बाबाआमा आफ्ना छोराछोरीको कुभलो सोच्दैनन् । तैपनि आपुू पराईघर गए पछि बाबाआमा एक्लैलाई गृहस्थी चलाउन गाह्रो हुन्छ भन्ने सोंचेर उनले विहे गर्न नचाहेकी हुन् । तर यसपाली उनी हारी । र सो विहेको प्रस्ताव स्वीकार्नु पर् यो । सपनाको विहेको अवसर पारेर रबिन घर आयो । उसले पूजालाई पनि साथै ल्यायो यसपाली । पूजालाई सबैतिर घुमायो रबिनले । खोलानाला झरना हिमाल सबैको दृष्यावलोकन गरायो । पूजाले रमाइलो मानी । यो नै उनको पहिलो पहाडको भ्रमण थियो । कुरैकुरामा एकदिन रबिनले सोध्यो- ुपहाडका यी दृष्यहरु तिमीलाई मन परे कि परेनन् ुुमलाई त असाध्यै मन पर् यो ।ुुधेरै सुन्दर छ नि नेपाल । वास्तविक नेपाल त यस्तै त छ नीुुनेपाल सुन्दर त छदैछ । तर अझ ज-जसले जे-जे भने पनि आपुू जन्मेको ठाउँ कहिल्यै दोश्रो हुन्न । कि कसो ुुअँ तिमीले ठीक कुरा गर् यो ।ु……………………॥ कुराकानी चलीरह्यो ।सपनाको विहे पनि ठीकठीकैसँगले भयो । केही रमाइलो अनि केही खल्लो पनि । खल्लो हुनुको कारण बाजागाजा बजेका थिएनन् बिहेमा । बिना बाजागाजाको बिहे रबिन लगायतका गाउँलेहरुलाई बिहे जस्तो पनि लागिरहेको थिएन । देशमा संकटकाल र गृहयुद्धको कारण सरकार र बिद्रोही पक्षले आ-आफ्नो पकडको क्षेत्रमा बिहे व्रतबन्ध भोज आदिमा बाजागाजा बजाउन निषेध गरेका थिए । त्यहीकारण बढी रमझम गर्न पाएनन् बिहेमा । यद्यपी गाउँका सबैजनाले आ-आफ्नो स्तरबाट सहयोग गरॆ बिहेमा । वरवधुको जोडी वास्तवमै प्रशंसा गर्न योग्य थियो । छिमेकीहरुले गर्वका साथ भन्दै थिए- ुछोरी राम्रो भए पछि ज्वाई पनि गतिलै पाइने रहेछ ।ु आफ्नै संस्कृति अनुसार रितहरु गरे । एकछिन बेहुला र बेहुली प्ाक्षहरुको जुहारी पनि चल्यो । अनि भोज भतेर भयो । बेहुलीलाई अन्माउने बेला भो । बेहुली अन्माउने वेला सबै चौरङ्गे भेला भए । बेहुलीको आँखाहरु रसाए । आमा र बाबा पट्टि फर्किई उनी । अनि नजिकै उभिएको दाइकॊ छातीमा लुकेर ग्वा ग्वा रोई । कति नमिठो कति नरमाईलो । बोल्दै थिई रोदनसँगै- ुदाइ बाबाआमा कोसँग बस्नुहुन्छ पढाई सकेर चाँडै घर आउनु ल वहाँहरु एक्लै बस्न सक्नुहुन्न अब ।ुुल बैनी ल । तिमीले भनेको के नै पो नमानेको छु र मैले ।ुजत्ति रोए कराए पनि आखिर जानु नै थियो । सबैबाट बिदा भई र बाटो लागी ।

 रबिनका गहबाट झरेको आँशु गाला हुदै बग्यो । चौरङ्गे उभिएका सबैजनाको अनुहार बेखुसी र बेमज्जाले बेस्सरी निचोर् यो । बेहुलाबेहुली लिएको जन्तीले डाँडा काट्यो । रबिन कोठामा गएर खाटमा लमतन्न घोप्टियो । खाटमाथि बिछ्याइएको तन्ना अश्रुधाराले भिजीरह्यो भिजीरह्यो ।सपनाको शुभ विवाह सकियो । रबिन र पूजाको फर्कने दिन आयो । जानु भन्दा एकदिन अगाडि नै सरुले भनी- ुदाइ तिहारमा त कसैगरी आउनुहोस् है ।ु सरुको आग्रहलाई स्वीकारेर ुहुन्छु भन्यो रबिनले ।अर्कोदिन बिहानै रबिन र पूजा फर्किए ।

खण्ड- दश

क्रमश: .....
ुभागौंऽ भागौंऽऽ भागौंऽऽऽुुपर्ख पर्ख पर्खन हौ ।ु ुसाइलाऽ ए साइलोउ …॥ऽऽुुविस्तारै हिड विस्तारै ।ुुतिनेरु आए है आए भेटाउन लागे है अलिक कुध ।ुुकान्छी अगाडि हेरेर कुध ।ुुनानोउ म त लडे ।ुुजोगिएर हिड जोगिएर ।ुुनचिच्याऊ न हौं चुपचाप चुपचाप ।ुुऊ आए आए साँच्चिकै रैुछ हामीलाई पछ्याउदैछन् ।ुुतिनेरु नै हुन् त ुुहेरन कुधेको ।ुुहो हो भागौं भागौं ऽऽऽुुभागौं भागौं ए माइली अगाडि कुध अगाडि ।ुसन्ध्यागमनको पूर्वकालको यो दृष्य एउटा चलचित्रको ुएक्सनु जस्तै थियो । तर चलचित्रको दृष्य भन्दा यो गम्भिर र गहन थियो । सबैजना आ-आफ्नो ज्यान जोगाउन खोज्नेहरु तैंछाड मैछाड गर्दै दौडिरहेका । नेतृत्व दिन चाहनेहरु अरुलाई सुचना दिदै गरेका । लड्छन् उठछन् किल्चिन्छन् खुट्टा मसार्छन् । धुलो टकटकाउन नभ्याई फेरि कुद्छन् । पल्लो गाउँदेखि शुरु भएको दौडभाग तल्लो गाउँ माथिल्लो गाउँ वल्लो गाउँ हुदै गाउँमा भएका बुढाबुढी र बालबच्चा बाहेकका युवायुवती अधबैसे सबको भागदौड हुदैछ । अपहरणकारीहरु जत्ति नजिकिन्छन् । भाग्नेहरुको रफ्तार बढाउँछन् । 

अपहरणकारीहरु अझ रफ्तार बढाउछन् भाग्नेहरु ज्यान फालेर कुद्छन् । यो दोहोरी चलीरह्यो । अब गाउँ काटेर बगरमा पुगे उनीहरु । साँझ पनि झमक्कै पर् यॊ ।
 बाटो देखिन छाड्यो । झन बगरको दौडाई । यता पनि ठोकिनॆ र उता पनि ठोकिने । वर पनि लड्ने पर पनि लड्ने । लड्ने र हिड्न नसक्नेहरुलाई बलियाबाङ्गाहरुले बोकेर हिडे ।जति दौडिदा पनि अपहरणकारीहरुले पीछा छोडेनन् । खेदाएको खेदाएकै छन् । रात पनि छिपिन लाग्यो । दौडधुपले भोक र तिर्खाको आभाष नभए पनि कमजोरीपनको अनुभव भने सबैलाई छ । जत्ति दौडदा पनि नहुने । मर्दै पर्दै सातठाउँ चोट बोकेर उनीहरु नदीको किनारमा पुगे । अब यो पार गर्ने कसरी कसले पार गराउने । सबै नाविकहरु सुतीसकेका थिए । फेरि साना साना चारवटा मात्रै नाउहरु छन् । तर्ने मान्छेहरु थप्रै छन् । वाफरे वाफ अब के गर्ने सबै नदी किनारमा थुपि्रए शरणार्थी जस्तै । ऐया र आत्थुको आवाजले नदीकिनार थर्कियो । घाउ मसार्ने र चिच्याउनेको भीडमा एउटाले चिच्यायो- ुलगे लगुन मारे मारुन् म त अब सक्दिन ।ुुमर्नु भन्दा पहिल्यै खुट्टा तान्ने ु अर्को करायो । ुलौ कसले लादो रहेछ । को आउदो रहेछ । जो आउछ त्यसमाथि जाइलाग्ने । कि मरिन्छ कि मारिन्छ ।ुुहो ठीक भन्यो माइलाले ।ु अर्कोले हो मा हो थप्यो । ुआऊ आऊ तरिहाल्ााैं ।ु एउटाले डुङ्गाको डोरी खोल्यो र वहनाले खियाउँन थाल्यो । गुडुडु सबै आए कति हो कतिजना । टेक्ने ठाउँ पनि बाँकी रहेन डुङ्गामा । ुओहो उत्र उत्रु एउटाले चिच्यायो । यत्तिकैमा अपहरणकारी भनिएकाहरु नजिकै आइपुगे र भन्दै थिए- ुपर्ख है साथी हो हामी पनि जाने ।ु डरले सबैजना तसर्िए । अपहरणकारीहरु आइपुगे । जसलाई पछाडिबाट लखेट्दै गरेको भनेर भाग्दै थिए । तिनीहरु नै आइपुगे । उनीहरु त पल्लो गाउका साथीहरु पो थिएछन् । आपसमा आपुू आपुू हेराहेर गरे र छक्क परे । अहिले आइपुग्नेहरु मध्ये एकजनाको हातमा लामो खुकुरी थियो । त्यही खुकुरी फनफनी घुमाउन थाल्यो । नाविकहरुलाई छिटो पारी तारीदिनको लागि कराउन थाल्यो । सबैले होमा हो थप्दै पारी तारी मागीरहेछन् । ुछिटो तारी दिने भए तारी देउ नत्र यही खुकुरीले काट्छु । आखिर यसै बिग्रेको उसै बिग्रेको ।ु फनफनी खुकुरी घुमाएको दृष्य हेर्न एकतरहले त हेर्न लायक थियो ।

सबैजना आतुर थिए पारी तर्नलाई उनीहरुलाई डर थियो अपहरणकारीले भेटाए भने लान्छन् भनेर । होहल्ला बढ्दै गयॊ । बल्ल बल्ल नाविकहरु उठे र डुङ्गामा बसेर भन्दै थिए- ुकस्तो युग आएछ घर छोडेर रातारात भाग्नु पर्ने । अहिले भर्खरसम्म कतिलाई तारी पठाएको । गाउका सबका सब गए भने गाउँमा को बस्ने हे हत्ते आज त सुत्नै नपाइने रहेछ ।ुुहामीलाई बाँच्न मात्रैको सुर्ता छ तपाईलाई चाँहि सुत्नकै सुर्ता भयो बाँचियो भने सुत्न त कति सुतिन्छ कति । पहिला तार्नु न खुरुखुरु । नौ दिन बाँच्नुभो भने नौ रात नै सुत्न पाउनुहुन्छ ।ु एउटाले करायो । त्यो नाविक बोलेन । अब दुईवटा डुङ्गाहरु चल्न थाले । एक एक गर्दै सबका सब पारी तरे । सबैले एकदुई रुपैयाँ उठाएर खेवा पैसा दिए। जब नदी तरे । सबैजनाले शान्तिको श्वास फेरे । नाविकहरुलाई धन्यबाद दिदै उनीहरु अगाडि बढे । सबका सबको हातमा लाठी खुकुरी अझ छदैथियो । बिहानको रिमझिममा शहरमा पाइला टेके उनीहरुले । शहरमा गाउँलेहरुको चाप बढीसकेको थियो । एउटा शहरले मात्रै थाम्नेवाला थिएन त्यत्रो मान्छेलाई । गाउँलेहरु आ-आफ्नो नातेदार पहिल्याउदै विस्थापित हुन थाले । जहाँ जहाँ उनीहरुलाई सहुलियत थियो त्यही त्यही । आफ्ना नातेदार नभएकाहरु कोठाभाडा लिएर पनि बसे भने कम आय भएकाहरु होटल लगायतका ठाउँहरुमा विस्थापित भए । अलिक खर्च बोकेकाहरु काठमाडौं र कोही सिलोङ्ग र मेघालय तिर पनि हानिए । यसरी द्वन्दका कारण विस्थापित भए निर्दोष जनताहरु । त्यसको केही दिनसम्म पत्रिका तथा रेडियो टि।भी।हरुमा प्रमुख समाचार भएर आइरह्यो- ुबिद्रोहीहरुले अपहरण गर्ने डरले हजारौ जनताहरु विस्थापित भए ।ुउता सरुको बाबा विरामी छन् । बाबा विरामी भएकै कारण सपना र सरु अरुहरु भाग्दा भागेनन् । अपहरणकारीहरु आएर अपहरण गरी लान्छन् भन्ने कुरा उनीहरुले पनि नसुनेका त होइनन् अनि बाबाआमाहरुले तिमीहरु पनि भाग भनी नभनेका पनि होइनन् ।

 यद्यपी मातृपितृ प्रेमलाई सर्बोपरी सम्झेर भागेनन्। ुमूर्ख देखि भूतै डराउँछु भने झै न त कोही अपहरणकारी आए न त केही अप्ठ्यारो नै पर् यो । केहि असजिलो परेन त्यस कुरामा । बरु गाउँका सबैजना भागेकाले विपीन दाईको औषधि पसल पनि बन्द थियो । त्यसैकारणले सपना र सरुले विरामी बाबालाई औंषधी किन्न पाएनन । जसका कारण घरेलु जडीबुटी नै प्रयोग गर्नु पर् यो उनीहरुले । शौभाग्यबस जसरी विहानीले विस्तार जित्दै गयो उसैगरी त्यही रफ्तारमा सरुको बाबालाई साचो हुँदै गयो । झुल्के घाम माथि पुग्यो । गाउँमा बुढापाका र बालबच्चा बाहेक अरु छैनन् । मात्रै जवान भनेका सरु र सपना । अब उनीहरुको मन कटक्क खायो । आफ्नो दौतरीहरु कोही छैनन् गाउमा । अब कहिले आउने हुन् । उनीहरुले सुने कोही उतै उतै ुभिसाुको बन्दोबस्त मिलाएर विदेश जाने रे । कोहीको त ुभिसाुको व्यवस्था पनि भैसकेको थियो रे । अबको गाउँ कति खल्लो र उराठ लाग्न थाल्यो सरु र सपनालाई । साँच्चिकै के नपुगेको के नपुगेको जस्तो । तरकारी मीठॊ भइकन पनि नुन कि अमिलो नपुगेको जस्तो गाउँको जीवन हुन थाल्यो । 

खै यो कस्तो इतिहास बन्ने हो । हिजो जनताहरुको निम्ति लड्दैछौ भन्नेकै डरका खातिर आज गाउँका सब युवाहरुले गाउँ छोड्नु पर् यो । अब झन जनतालाई कुनै राजनैतिक पार्टी र संघ संगठनहरु प्रतिको विश्वास शुन्यमा झर् यो । युवा जमात नै नभएको गाउँमा विकासको ुविु समेतको उच्चारण गर्नु मूर्खता मात्रै हो । अनि गाउँका बुढापाकाहरुले भन्दै थिए- ुअब जमाना साँच्चिकै सकिएकै रहेछ । आफ्नो घरमै आफू शरणार्थी बन्नु पर्छ भने युवा जमात कसरी गाउँ बस्न सम्भव छ । युवा जमात नै गाउँमा बस्दैनन् भने विकास कसले गर्ने यो एउटा चिन्ताको विषय बनेको छ गाउँभरि- ुअब देशमा विकास कसले गर्ने कि विश्व अगाडि बढ्दै गर्छ नेपाल चाँहि पछाडि फर्किने हो

+ + +

क्रमश : ........
पर्खीबसे तिमीलाई चौतारीमा साँझ
पर्खाइमै दिन वित्यो पर्खीरहे अझ
ढलीरह्यो साझ ।

प्रतिक्षाका पलहरु ढिलो बित्दा रैछन्
समयका प्वाखहरु ढिलो चल्दा रैछन्
बाढी पहिरो जान थाल्छ कोमल मुटु माझ
तिम्रै तस्बिर नाँचीरह्यो परेलीको माझ
ढलीरह्यो साँझ ।

हुरी आइ चौतारीको बरपीपल ढल्छन्
कुरी बसौं तिमीलाई मनको बाध बग्छन्
पानी पर्छ चट्याङ् पर्छ यो छातीको माझ
छिया छिया भयो हजुर पोल्यो मुटुु माझ
ढलीरह्यो साझ ।

गणेश पुमा चिन्तन
दिप्लुङ्ग–७, खोटाङ
जन्मथलो पाँचथर भई हाल विराटनगर राजवंशी चौंक निवासी क्याप्टेन जीवनध्वज राईद्वारा डिजाइन गरिएका किरात लिपिका विभिन्न प्रकारहरु प्रयोग गरी फाइदा उठाऔं । उहाँले नेपाली र अंग्रेजी लिपिका विभिन्न प्रकारका फन्टहरु पनि डिजाइन गरिसक्नु भएको छ । यद्यपि तिनलाई भने वहाँले सार्वजनिक गर्नु भएको छैन । तर किरात लिपि भने वहाँ विशेषगरी सन्तोष कुमार राई राम लावती र गणेश पुमा चिन्तनको अनुरोधमा बनाइदिनु भएको छ । 

पहिलै देखि प्रयोग गर्दै आएका फन्टहरु सिरिजंगा श्रीजंगा याक्थुङ आदि भन्दा विशेष डिजाइनको फन्ट हो यो । जसको फन्ट नाम उहाँले जेडीआर जेभाले दिनु भएको छ । यस फन्टमा लोप हुन लागेका किरात अक्षरहरुका साथै लिम्बू भाषामा प्रयोग नहुने तर राईहरुका विभिन्न भाषामा प्रयोग हुने अक्षरहरु जस्तै झ जस्ता अक्षरहरु पनि समावेश छन् । यसका अलावा किरात लिपिकै विभिन्न प्रकारहरु डिजाइनहरु उहाँले अथक प्रयास र मिहिनेत लगाएर बनाइरहनु भएको छ ।
              
ती फन्टहरु प्रयोग गर्नको लागि निम्न ठेगानामा इमेल गर्नुहोला ।

ganeshchintan@yahoo.com
pumacomputersbrt@gmail.com

२०५३ पौष २१
आँखाभरि हिमाल काखभरि नेपाल बनैभरि डाफेमुनाल
अबिरल रुपमा बग्ने त्यो नदी झैं वग्यो जीवन सलल

फुलैफुल्यो गुराँश लाग्छ मलार्इ उराठ जीवनमा दुखै दुख छ
मन भुल्यो बसन्तको हरियाली मुनामा मेरो आज यस्तै धुन छ

गार्इ चर्‍यो लेकैको हरियो त्यो चउरमा डुबेके छु म आफनै सूरमा
गीत गायो कार्इलीलेे भाखा थियो विरहमा अफनै रहरमा

नेपालको उत्तर हेर्दा सेतै चाँदी फुलेछ यो मनले संसार डुलेछ
तरार्इ हेर्दा ढपक्क ढाक्ने हरियो बनमा यो मन भुलेछ
                                           २०५३ मंसिर १६ गते आइतबार
बसाइँ जाने साथीलार्इ गाउको माया छैन कि
गाउको माया यो दु:खलार्इ नदिएको हैन कि
जन्मेको गाउघर छोडेर जान्छौ धेरै टाढा
रमाइलो गाउघर तिमीलार्इ माया छ मेरो गाढा
बसाइ जाने तातिलार्इ ˜˜

आकाशको जूनले झैं शीतलता दिएर
बाँच्नु छ पहाडी गाउँमा रगत पसिना पिएर
बसाइ जाने तातिलार्इ ˜

˜बसन्तको मुनालार्इ नदेखेर कोइलीले
फुलेको सुन्दर सायपत्री शरदसंगै ओइलिने
बसाइ जाने तातिलार्इ ˜˜

हातको ठेला पसिना हेर हामी छौ कति पौरखी
पातको शीत एक चित भएका छौं हामी
बसाइ जाने तातिलार्इ ˜˜



नयाँ अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • प्रितीफन्टबाट युनिकोडमा रुपान्तर गर्नुहोस्
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु
  • शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) एकमुष्ट योग्यताक्रम सिफारिस
  • नेपालमा राजनीतिक सर्वोच्चता र सामाजिकीकरणको अवस्था
  • नक्कली भूकम्पपीडितलाई निर्धारित अवधि अगावै चीनले फर्काइदियो
अभिलेखालय
  • ▼  2025 (1)
    • ▼  December 2025 (1)
      •  
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |