
नेपालको ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कमलपित्त ९जन्डिस०को प्रभावकारी घरेलु उपचार सोध्नुहोस् । धेरैले यस्तै बताउनेछन् कि “गँगटो वा झिँगे माछा खोज्नुहोस्, नपकाई पिँध्नुहोस्, अनि खानुहोस् ।” काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भेटिएका गुल्मीका एक ३२ वर्षे एक व्यक्तिका अनुसार यो उपचार विधि उनका हकमा एकदमै प्रभावकारी भएको छ । करिब दुई वर्ष अगाडि जन्डिस लाग्दा आफूले एक पैसा पनि खर्च नगरी गँगटो...