photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा
निजामती कर्मचारी समायोजन सूचीको जेष्ठता क्रममा तपाईँ कति नम्बरमा पर्नुभएको छ? यो लिङ्कबाट हेरी सुनिश्चित हुनुहोस्।

कर्मचारी समायोजन ऐन, २०७५ अन्तर्गत कर्मचारी समायोजनार्थ कर्मचारी जेष्ठतासम्बन्धी पछिल्लो विवरण



नेपाल आइडल सिजन २ इपिसोड १०








नेपाल आइडल सिजन २ इपिसोड ९










नेपाल आइडल सिजन २ इपिसोड ८










नेपालको ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कमलपित्त ९जन्डिस०को प्रभावकारी घरेलु उपचार सोध्नुहोस् । धेरैले यस्तै बताउनेछन् कि “गँगटो वा झिँगे माछा खोज्नुहोस्, नपकाई पिँध्नुहोस्, अनि खानुहोस् ।”

काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भेटिएका गुल्मीका एक ३२ वर्षे एक व्यक्तिका अनुसार यो उपचार विधि उनका हकमा एकदमै प्रभावकारी भएको छ । करिब दुई वर्ष अगाडि जन्डिस लाग्दा आफूले एक पैसा पनि खर्च नगरी गँगटो खाएकै भरमा केही दिनमा रोगलाई चट् पारेको बताउँदा उनी मख्ख छन् ।

तर, अहिले उनी अस्पताल आउनुको कारण भने अर्कै छ ।

जन्डिस सञ्चो भएको केही महिनामा नै उनलाई अन्य रोगहरूले आक्रमण गरे । बारम्बार छाती दुख्न थाल्यो । खोकी लाग्न थाल्यो । ‘ह्या।। जाबो खोकी त हो नि’ भन्ठाने, खासै वास्ता गरेनन् । तर, बारम्बार उही समस्या दोहोरिएपछि बेवास्ता गरिराख्न पनि मिलेन । अस्पताल जानु नै पर्ने भो ।

सुरुमा उनी आफ्नै घर नजिकका अस्पताल चाहार्न थाले । विस्तारै पाल्पा, बुटवल हुँदै भरतपुरसम्म आइपुगे । लक्षण सामान्य नै भए पनि हरेक अस्पतालले उनलाई अर्कातिर ‘रिफर’ गर्न थाले । कतै नभएको उपचार काठमाडौँमा त होला नि भनेर उनी अहिले शिक्षण अस्पताल आइपुगेका छन् ।

उनकै साथ लागेर आएका छन् १० वर्षका छोरा । बिरामी कुर्न होइन, आफ्नै उपचारकै लागि । छोरालाई पनि खोकीले सताएको छ, छाती दुखेकै छ । बाबुछोरामा उस्तै लक्षण देखिएपछि चिकित्सकहरूले उनीहरूमा खुबै चासो दिएका छन् ।

सोधपुछका क्रममा छोरालाई पनि केही वर्ष अगाडि जन्डिस भएको पत्ता लाग्छ । उनको उपचारमा पनि उही ‘प्रभावकारी’ औषधी गंगटाको प्रयोग गरिएको थियो ।

विभिन्न प्रकारका परीक्षणपछि डाक्टरहरूले जे पत्ता लगाए, त्यो बिरामी परिवारका लागि सहजै स्वीकार्य थिएन । उनीहरूले बताए कि आज बाउछोराले भोगिरहेको सम्पूर्ण समस्याको मूल कारण नै काँचो गँगटो हो, जुन जन्डिसको उपचारका क्रममा ख्वाइएको थियो । उक्त गँगटाले उनीहरूमा ‘प्यारागोनिमियासिस’ नामको रोग सङ्क्रमित गराएको रहेछ ।

शिक्षण अस्पतालको माइक्रोबायोलोजी विभागका डा। रञ्जित साहका अनुसार खानाबाट मानिसको शरीरमा प्यारागोनिमस नामको परजीवी प्रवेश गरेपछि यो रोग लाग्छ ।


जोखिममा नेपाली

दक्षिणपूर्वी एशियाका प्रायः देशहरूमा व्याप्त यो रोग नेपालमा भने हालसम्म खासै सुनिएको छैन । यद्यपि काँचो गँगटो, चिप्लेकिरो वा झिँगे माछाले जन्डिस तथा हड्डी भाँचिएको समस्या समाधान हुन्छ भन्ने अन्धविश्वासका कारण यो बिमारको जोखिमलाई कम आँक्न नमिल्ने स्वास्थ्यकर्मीको ठहर छ ।

“यदि नेपालमा त्यस्तो अन्धविश्वास थिएन भने यसको जोखिम एकदमै कम हुन्थ्यो,” डा। साह भन्छन्, “किनकि त्यसबाहेक नेपाली संस्कृतिको कुनै पनि पक्षले गँगटो वा झिँगेमाछाको सेवनलाई प्रवद्र्धन गर्दैन ।”

हुन त गरिबीमा बाँच्न बाध्य कतिपय नेपालीलाई आफू वरिपरि सित्तैमा पाइने यस्ता किराफट्याङ्ग्रा खाएर जीविका चलाउनुपर्ने बाध्यता पनि छ । तराइमा हुर्किएका साह आफैँले पनि कतिपय अवस्थामा गँगटा तथा झिँगे माछा खाएका छन् । कतिपयले गंगटा परम्परागतरुपमै खाने गरेका छन् ।

गरिबीको अन्त्य गर्दै ती सबै जनतालाई स्वस्थ खाना सुनिश्चित गर्न त महाअभियान नै चलाउनुपर्ला । तर, हाललाई भने आफूलाई यो रोगबाट सुरक्षित राख्नका लागि सबैले खाने सबै कुरा राम्ररी पाकेको सुनिश्चित गर्नुपर्ने डा साहको सुझाव छ । “यदि गँगटो वा माछा पूरै पाकेको छ भने खासै केही फरक पर्दैन,” उनी भन्छन्, “तर यदि काँचै वा राम्ररी नपाकी खानुभो भने तपाईँमा सङ्क्रमण हुने करिब निश्चित छ ।”

अधिकांश गँगटाभित्र एक प्रकारको परजीवी किरा रहेको हुन्छ । जब मानिसले काँचै गँगटा खान्छन्, ती गँगटा पच्छन् तर भित्र रहेका किरा पच्न सक्दैनन् । ती परजीवी किरा बिस्तारै फोक्सोतिर जान्छन् र रोग सुरु हुन्छ । सामान्यतयाः गँगटा खाएको दुई महिनाजति पछि लक्षण सुरु हुन्छ ।

‘प्यारागोनिमस वेस्टरमानी’ नामक परजीवीका सबभन्दा डरलाग्दा ‘इन्टरमिडिएट होस्ट’ गँगटा र झिँगे माछा नै हुन् । यद्यपि यस्तै प्रकारका अन्य जीवबाट पनि यो रोग सर्न सक्छ । त्यसै गरी यसबाट सङ्क्रमित हुनेमा मानिस मात्र नभएर अन्य स्तनधारी जीव पनि रहेका छन् ।

गँगटा र झिँगे माछालगायतका किराबाट परै बस्ने शाकाहारीहरू भने यस रोगबाट पूर्णतः सुरक्षित छन् । यो रोग अन्य माध्यमबाट सर्दैन ।

“हालसम्म हाम्रो टोलीले यो रोग लागेका पाँचजनाको सफल उपचार गरेको छ । उनीहरू चितवनको कुरिनटार, स्याङ्जाको ज्यामिरे अनि गुल्मीको बेदुवाबाट आएका छन् । यी क्षेत्रका बासिन्दा अझ सचेत हुनु आवश्यक छ किनकि त्यहाँका गँगटामा सङ्क्रमण भएको पुष्टि भइसकेको छ,” उनी बताउँछन् ।

झुक्काउने लक्षण

उपचारका नाममा रोग बोक्नुपर्ने जोखिम आफ्नो ठाउँमा छ, प्यारागोनिमियासिस रोगको अर्को पक्ष झन् डरलाग्दो छ । यो रोगको प्रकृति क्षयरोग ९टीबी० सँग ठ्याक्कै मिल्छ । दुबै रोगहरू नेपालमा उल्लेख्य मात्रामा व्याप्त छन् । प्यारागोनिमियासिसको पहिचान गर्न केही कठिनाइ भएका कारण मात्र यसको उपस्थिति कम देखिएको हो । हुन त अधिकांश अवस्थामा यस रोगलाई पनि क्षयरोग नै मान्ने गरिएको छ ।

दुबै रोगका लक्षण पनि उही नै हुन्ः छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, बेलाबेला ज्वरो आउने । दुबैले आक्रमण गर्ने भनेको फोक्सोलाई नै हो । दुबै रोगको पहिचानका लागि अपनाइने प्रविधि पनि उही हो ।

“हामीले यी दुई रोगबीचमा देख्न सक्ने फरक अत्यन्त थोरै छन् । प्यारागोनिमियासिसका बिरामीको खकारमा परजीवीका फुल देखिन्छन् भने क्षयरोगका बिरामीमा यस्तो देखिँदैन । तर, समस्या के हो भने खकार जाँचले सधैँ यस्तो फुल देखाउन सक्दैन । खकार परीक्षणमा फुल देखिने सम्भावना २८देखि ३८ प्रतिशत मात्र हुन्छ,” उनी भन्छन् ।

“परजीवीको फुल देखिने सम्भावना शत प्रतिशत भएको प्रविधि पनि विकास नभएको होइन । प्यारागोनिमियासिसको परीक्षणका लागि यो प्रविधि एकदमै उपयोगी हुन्छ,” उनी भन्छन्, “तर त्यो प्रविधि हालसम्म नेपालमा उपलब्ध छैन ।”

रोगसँग जुध्ने इसिनोफिल्स नामको सेता रक्तकोषको सङ्ख्यामा आएको परिवर्तनले पनि यो रोग क्षयरोग हो कि प्यारागोनिमियासिस भन्ने सङ्केतसम्म दिन्छ । प्यारागोनिमियासिसको हकमा यो सङ्ख्या बढेर जान्छ ।

रोग पहिचानका लागि यी सबै दोस्रो प्र्राथमिकताका कुरा हुन् । बिरामीले विगत एक वर्षभित्र आफूले काँचो गँगटा वा यस्तै किरा खाएको वा नखाएको बताए भने रोग पत्ता लगाउन सबभन्दा सजिलो हुन्छ । यदि उनीहरूले यो कुरा लुकाए पनि रोग पत्ता लाग्ने सम्भावना त्यत्तिकै कम भएर जान्छ ।

गलत औषधीका जोखिम

प्यारागोनिमियासिसलाई क्षयरोग भनी गलतरूपमा पहिचान गरेपछि डाक्टरहरूले क्षयरोगकै औषधी लेखिदिन्छन् । तर, यसको असर एकदमै भयावह हुन्छ ।

क्षयरोगका सामान्य बिरामीमा औषधीले केही महिनाभित्रै काम गर्न थाल्छ । “कहिलेकाँही औषधीले काम गर्दैन । हामी सोच्छौँ कि बिरामीको रोग एकदमै बलियो छ । हामी त्यसैअनुसार बलियो औषधी चलाउन थाल्छौँ । प्यारागोनिमियासिसका हकमा पनि औषधीले काम गर्दैन, तर अझ बलियो औषधी चलाउँदा अझ धेरै नराम्रा असर देखिन्छन् ।”

डा साह थप्छन्, “क्षयरोगको औषधी साइड इफेक्टका लागि कुख्यात छन् । प्यारागोनिमियासिसका बिरामीलाई त्यो औषधी दियो भने करिब दुई वर्षभित्र उसको मृत्यु निश्चित छ ।”

प्यारागोनिमियासिस तिन प्रकारका हुन्छन् । पहिलो प्रकारले फोक्सोलाई असर गर्छ जसलाई पल्मोनरी प्यारागोनिमियासिस भनिन्छ । दोस्रो प्रकारले मस्तिष्क लगायतका अन्य अङ्गलाई असर गर्छ जसलाई एक्स्ट्रापल्मोनरी प्यारागोनिमियासिस भनिन्छ ।

तेस्रो प्रकारले फोक्सोको आवरणलाई असर गर्छ जसलाई प्लुरोपल्मोनरी प्यारागोनिमियासिस भनिन्छ । पल्मोनरी प्यारागोनिमियासिसको मुख्य जोखिम गलत पहिचान, गलत औषधी र अकाल मृत्यु हो भने एक्स्ट्रापल्मोनरी प्यारागोनिमियासिसको जोखिम फरक, तर उत्तिकै डरलाग्दो छ ।

“यदि यो रोगले दिमागलाई असर गर्‍यो भने बिरामीलाई नियमित टाउको दुख्त, पक्षघात हुन्छ र छारे रोग लाग्छ । यस्ता बिरामी पल्मोनरी प्यारागोनिमियासिसका बिरामीभन्दा धेरै बाँचे पनि उनीहरूको जीवन अत्यन्त कष्टपूर्ण हुन्छ,” डा साह भन्छन् ।

तर, सजिलो छ समाधान

यी सबै जोखिमको कारण रोगको गलत पहिचान नै हो । रोगको पहिचान सही भएको खण्डमा यसको उपचार अत्यन्त सहज छ ।

“त्यस्ता धेरै सङ्क्रामक रोगहरू छन् जसको सही उपचारमा नेपालीको सहज पहुँच छैन । तर, प्यारागोनिमियासिसका हकमा हामीसँग एकदमै प्रभावकारी औषधी छ,” डा। साह भन्छन् । अन्य सङ्क्रामक रोगको उपचारमा प्रयोग हुने प्राजिक्वान्टेल नामको औषधी तिन दिनसम्म, दिनको तीनपटक खाँदा यो रोग ठीक हुन्छ । यसमा करिब एक हजार रुपैयाँभन्दा कमै खर्च हुन्छ ।

“यस्तो सहज उपचारका लागि सबै डाक्टरहरूलाई नेपालमा पनि प्यारागोनिमियासिसको जोखिम छ भन्ने थाहा हुनुपर्छ । अर्कातर्फ बिरामी पनि इमान्दार भएर आफ्नो विगतबारे बताउन तयार हुनुपर्छ,” उनको सुझाव छ ।

गुल्मीका बिरामी र उनका छोराले त्यसै गरेका कारणले मात्र उनीहरू तमाम दुःखबाट मुक्त भए ।

अनलाइन खबरबाट साभार ।

नयाँ अपडेट

पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • भोगाई जीवनको (कविता)
  • कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु
  • शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) एकमुष्ट योग्यताक्रम सिफारिस
  • 'जि वया ला लछि मदुनि' काव्यको प्रेरणाबाट 'मुना-मदन'को रचना
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • लोकसेवा आयोगले नासु प्रथम चरणमा साेधिएका प्रश्नहरुको समाधान
अभिलेखालय
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ▼  2018 (6)
    • ▼  December 2018 (1)
      • निजामती कर्मचारी समायोजनसम्बन्धी सूचीको पछिल्लो जे...
    • ►  September 2018 (4)
      • नेपाल आइडल सिजन २ इपिसोड १०
      • नेपाल आइडल सिजन २ इपिसोड ९
      • नेपाल आइडल सिजन २ इपिसोड ८
      • Header new
    • ►  August 2018 (1)
      • काँचो गंगटो जण्डिसको औषधि फोक्सोलाई खराबी
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |