photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा
नेपालको ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कमलपित्त ९जन्डिस०को प्रभावकारी घरेलु उपचार सोध्नुहोस् । धेरैले यस्तै बताउनेछन् कि “गँगटो वा झिँगे माछा खोज्नुहोस्, नपकाई पिँध्नुहोस्, अनि खानुहोस् ।”

काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भेटिएका गुल्मीका एक ३२ वर्षे एक व्यक्तिका अनुसार यो उपचार विधि उनका हकमा एकदमै प्रभावकारी भएको छ । करिब दुई वर्ष अगाडि जन्डिस लाग्दा आफूले एक पैसा पनि खर्च नगरी गँगटो खाएकै भरमा केही दिनमा रोगलाई चट् पारेको बताउँदा उनी मख्ख छन् ।

तर, अहिले उनी अस्पताल आउनुको कारण भने अर्कै छ ।

जन्डिस सञ्चो भएको केही महिनामा नै उनलाई अन्य रोगहरूले आक्रमण गरे । बारम्बार छाती दुख्न थाल्यो । खोकी लाग्न थाल्यो । ‘ह्या।। जाबो खोकी त हो नि’ भन्ठाने, खासै वास्ता गरेनन् । तर, बारम्बार उही समस्या दोहोरिएपछि बेवास्ता गरिराख्न पनि मिलेन । अस्पताल जानु नै पर्ने भो ।

सुरुमा उनी आफ्नै घर नजिकका अस्पताल चाहार्न थाले । विस्तारै पाल्पा, बुटवल हुँदै भरतपुरसम्म आइपुगे । लक्षण सामान्य नै भए पनि हरेक अस्पतालले उनलाई अर्कातिर ‘रिफर’ गर्न थाले । कतै नभएको उपचार काठमाडौँमा त होला नि भनेर उनी अहिले शिक्षण अस्पताल आइपुगेका छन् ।

उनकै साथ लागेर आएका छन् १० वर्षका छोरा । बिरामी कुर्न होइन, आफ्नै उपचारकै लागि । छोरालाई पनि खोकीले सताएको छ, छाती दुखेकै छ । बाबुछोरामा उस्तै लक्षण देखिएपछि चिकित्सकहरूले उनीहरूमा खुबै चासो दिएका छन् ।

सोधपुछका क्रममा छोरालाई पनि केही वर्ष अगाडि जन्डिस भएको पत्ता लाग्छ । उनको उपचारमा पनि उही ‘प्रभावकारी’ औषधी गंगटाको प्रयोग गरिएको थियो ।

विभिन्न प्रकारका परीक्षणपछि डाक्टरहरूले जे पत्ता लगाए, त्यो बिरामी परिवारका लागि सहजै स्वीकार्य थिएन । उनीहरूले बताए कि आज बाउछोराले भोगिरहेको सम्पूर्ण समस्याको मूल कारण नै काँचो गँगटो हो, जुन जन्डिसको उपचारका क्रममा ख्वाइएको थियो । उक्त गँगटाले उनीहरूमा ‘प्यारागोनिमियासिस’ नामको रोग सङ्क्रमित गराएको रहेछ ।

शिक्षण अस्पतालको माइक्रोबायोलोजी विभागका डा। रञ्जित साहका अनुसार खानाबाट मानिसको शरीरमा प्यारागोनिमस नामको परजीवी प्रवेश गरेपछि यो रोग लाग्छ ।


जोखिममा नेपाली

दक्षिणपूर्वी एशियाका प्रायः देशहरूमा व्याप्त यो रोग नेपालमा भने हालसम्म खासै सुनिएको छैन । यद्यपि काँचो गँगटो, चिप्लेकिरो वा झिँगे माछाले जन्डिस तथा हड्डी भाँचिएको समस्या समाधान हुन्छ भन्ने अन्धविश्वासका कारण यो बिमारको जोखिमलाई कम आँक्न नमिल्ने स्वास्थ्यकर्मीको ठहर छ ।

“यदि नेपालमा त्यस्तो अन्धविश्वास थिएन भने यसको जोखिम एकदमै कम हुन्थ्यो,” डा। साह भन्छन्, “किनकि त्यसबाहेक नेपाली संस्कृतिको कुनै पनि पक्षले गँगटो वा झिँगेमाछाको सेवनलाई प्रवद्र्धन गर्दैन ।”

हुन त गरिबीमा बाँच्न बाध्य कतिपय नेपालीलाई आफू वरिपरि सित्तैमा पाइने यस्ता किराफट्याङ्ग्रा खाएर जीविका चलाउनुपर्ने बाध्यता पनि छ । तराइमा हुर्किएका साह आफैँले पनि कतिपय अवस्थामा गँगटा तथा झिँगे माछा खाएका छन् । कतिपयले गंगटा परम्परागतरुपमै खाने गरेका छन् ।

गरिबीको अन्त्य गर्दै ती सबै जनतालाई स्वस्थ खाना सुनिश्चित गर्न त महाअभियान नै चलाउनुपर्ला । तर, हाललाई भने आफूलाई यो रोगबाट सुरक्षित राख्नका लागि सबैले खाने सबै कुरा राम्ररी पाकेको सुनिश्चित गर्नुपर्ने डा साहको सुझाव छ । “यदि गँगटो वा माछा पूरै पाकेको छ भने खासै केही फरक पर्दैन,” उनी भन्छन्, “तर यदि काँचै वा राम्ररी नपाकी खानुभो भने तपाईँमा सङ्क्रमण हुने करिब निश्चित छ ।”

अधिकांश गँगटाभित्र एक प्रकारको परजीवी किरा रहेको हुन्छ । जब मानिसले काँचै गँगटा खान्छन्, ती गँगटा पच्छन् तर भित्र रहेका किरा पच्न सक्दैनन् । ती परजीवी किरा बिस्तारै फोक्सोतिर जान्छन् र रोग सुरु हुन्छ । सामान्यतयाः गँगटा खाएको दुई महिनाजति पछि लक्षण सुरु हुन्छ ।

‘प्यारागोनिमस वेस्टरमानी’ नामक परजीवीका सबभन्दा डरलाग्दा ‘इन्टरमिडिएट होस्ट’ गँगटा र झिँगे माछा नै हुन् । यद्यपि यस्तै प्रकारका अन्य जीवबाट पनि यो रोग सर्न सक्छ । त्यसै गरी यसबाट सङ्क्रमित हुनेमा मानिस मात्र नभएर अन्य स्तनधारी जीव पनि रहेका छन् ।

गँगटा र झिँगे माछालगायतका किराबाट परै बस्ने शाकाहारीहरू भने यस रोगबाट पूर्णतः सुरक्षित छन् । यो रोग अन्य माध्यमबाट सर्दैन ।

“हालसम्म हाम्रो टोलीले यो रोग लागेका पाँचजनाको सफल उपचार गरेको छ । उनीहरू चितवनको कुरिनटार, स्याङ्जाको ज्यामिरे अनि गुल्मीको बेदुवाबाट आएका छन् । यी क्षेत्रका बासिन्दा अझ सचेत हुनु आवश्यक छ किनकि त्यहाँका गँगटामा सङ्क्रमण भएको पुष्टि भइसकेको छ,” उनी बताउँछन् ।

झुक्काउने लक्षण

उपचारका नाममा रोग बोक्नुपर्ने जोखिम आफ्नो ठाउँमा छ, प्यारागोनिमियासिस रोगको अर्को पक्ष झन् डरलाग्दो छ । यो रोगको प्रकृति क्षयरोग ९टीबी० सँग ठ्याक्कै मिल्छ । दुबै रोगहरू नेपालमा उल्लेख्य मात्रामा व्याप्त छन् । प्यारागोनिमियासिसको पहिचान गर्न केही कठिनाइ भएका कारण मात्र यसको उपस्थिति कम देखिएको हो । हुन त अधिकांश अवस्थामा यस रोगलाई पनि क्षयरोग नै मान्ने गरिएको छ ।

दुबै रोगका लक्षण पनि उही नै हुन्ः छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, बेलाबेला ज्वरो आउने । दुबैले आक्रमण गर्ने भनेको फोक्सोलाई नै हो । दुबै रोगको पहिचानका लागि अपनाइने प्रविधि पनि उही हो ।

“हामीले यी दुई रोगबीचमा देख्न सक्ने फरक अत्यन्त थोरै छन् । प्यारागोनिमियासिसका बिरामीको खकारमा परजीवीका फुल देखिन्छन् भने क्षयरोगका बिरामीमा यस्तो देखिँदैन । तर, समस्या के हो भने खकार जाँचले सधैँ यस्तो फुल देखाउन सक्दैन । खकार परीक्षणमा फुल देखिने सम्भावना २८देखि ३८ प्रतिशत मात्र हुन्छ,” उनी भन्छन् ।

“परजीवीको फुल देखिने सम्भावना शत प्रतिशत भएको प्रविधि पनि विकास नभएको होइन । प्यारागोनिमियासिसको परीक्षणका लागि यो प्रविधि एकदमै उपयोगी हुन्छ,” उनी भन्छन्, “तर त्यो प्रविधि हालसम्म नेपालमा उपलब्ध छैन ।”

रोगसँग जुध्ने इसिनोफिल्स नामको सेता रक्तकोषको सङ्ख्यामा आएको परिवर्तनले पनि यो रोग क्षयरोग हो कि प्यारागोनिमियासिस भन्ने सङ्केतसम्म दिन्छ । प्यारागोनिमियासिसको हकमा यो सङ्ख्या बढेर जान्छ ।

रोग पहिचानका लागि यी सबै दोस्रो प्र्राथमिकताका कुरा हुन् । बिरामीले विगत एक वर्षभित्र आफूले काँचो गँगटा वा यस्तै किरा खाएको वा नखाएको बताए भने रोग पत्ता लगाउन सबभन्दा सजिलो हुन्छ । यदि उनीहरूले यो कुरा लुकाए पनि रोग पत्ता लाग्ने सम्भावना त्यत्तिकै कम भएर जान्छ ।

गलत औषधीका जोखिम

प्यारागोनिमियासिसलाई क्षयरोग भनी गलतरूपमा पहिचान गरेपछि डाक्टरहरूले क्षयरोगकै औषधी लेखिदिन्छन् । तर, यसको असर एकदमै भयावह हुन्छ ।

क्षयरोगका सामान्य बिरामीमा औषधीले केही महिनाभित्रै काम गर्न थाल्छ । “कहिलेकाँही औषधीले काम गर्दैन । हामी सोच्छौँ कि बिरामीको रोग एकदमै बलियो छ । हामी त्यसैअनुसार बलियो औषधी चलाउन थाल्छौँ । प्यारागोनिमियासिसका हकमा पनि औषधीले काम गर्दैन, तर अझ बलियो औषधी चलाउँदा अझ धेरै नराम्रा असर देखिन्छन् ।”

डा साह थप्छन्, “क्षयरोगको औषधी साइड इफेक्टका लागि कुख्यात छन् । प्यारागोनिमियासिसका बिरामीलाई त्यो औषधी दियो भने करिब दुई वर्षभित्र उसको मृत्यु निश्चित छ ।”

प्यारागोनिमियासिस तिन प्रकारका हुन्छन् । पहिलो प्रकारले फोक्सोलाई असर गर्छ जसलाई पल्मोनरी प्यारागोनिमियासिस भनिन्छ । दोस्रो प्रकारले मस्तिष्क लगायतका अन्य अङ्गलाई असर गर्छ जसलाई एक्स्ट्रापल्मोनरी प्यारागोनिमियासिस भनिन्छ ।

तेस्रो प्रकारले फोक्सोको आवरणलाई असर गर्छ जसलाई प्लुरोपल्मोनरी प्यारागोनिमियासिस भनिन्छ । पल्मोनरी प्यारागोनिमियासिसको मुख्य जोखिम गलत पहिचान, गलत औषधी र अकाल मृत्यु हो भने एक्स्ट्रापल्मोनरी प्यारागोनिमियासिसको जोखिम फरक, तर उत्तिकै डरलाग्दो छ ।

“यदि यो रोगले दिमागलाई असर गर्‍यो भने बिरामीलाई नियमित टाउको दुख्त, पक्षघात हुन्छ र छारे रोग लाग्छ । यस्ता बिरामी पल्मोनरी प्यारागोनिमियासिसका बिरामीभन्दा धेरै बाँचे पनि उनीहरूको जीवन अत्यन्त कष्टपूर्ण हुन्छ,” डा साह भन्छन् ।

तर, सजिलो छ समाधान

यी सबै जोखिमको कारण रोगको गलत पहिचान नै हो । रोगको पहिचान सही भएको खण्डमा यसको उपचार अत्यन्त सहज छ ।

“त्यस्ता धेरै सङ्क्रामक रोगहरू छन् जसको सही उपचारमा नेपालीको सहज पहुँच छैन । तर, प्यारागोनिमियासिसका हकमा हामीसँग एकदमै प्रभावकारी औषधी छ,” डा। साह भन्छन् । अन्य सङ्क्रामक रोगको उपचारमा प्रयोग हुने प्राजिक्वान्टेल नामको औषधी तिन दिनसम्म, दिनको तीनपटक खाँदा यो रोग ठीक हुन्छ । यसमा करिब एक हजार रुपैयाँभन्दा कमै खर्च हुन्छ ।

“यस्तो सहज उपचारका लागि सबै डाक्टरहरूलाई नेपालमा पनि प्यारागोनिमियासिसको जोखिम छ भन्ने थाहा हुनुपर्छ । अर्कातर्फ बिरामी पनि इमान्दार भएर आफ्नो विगतबारे बताउन तयार हुनुपर्छ,” उनको सुझाव छ ।

गुल्मीका बिरामी र उनका छोराले त्यसै गरेका कारणले मात्र उनीहरू तमाम दुःखबाट मुक्त भए ।

अनलाइन खबरबाट साभार ।
  • ज्ञान किराती।
नेपालको बिभिन्न राजनीतिक काल खण्डमा जनआन्दोलन तथा क्रान्तिहरु हुँदै आईरहेका छन् । जस्तै २००७ सालको जहानीय राणा शासनले गरेको अन्यायको लागी नेपाली जनताले हतियार उठाउनु प¥यो । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य तथा वहुदालीय व्यवस्थाको निम्ति जनआन्दोलन भयो । मूलतः २०४६ सालको जनआन्दोलनद्धारा एक खालको उपलब्धीत भयो । वहुदलीय व्यवस्था त आयो नै तर त्यसवाट पनि पूर्ण रुपमा जनताको अधिकार प्राप्त हुनसकेन । जनताको सर्बभौमसत्ता प्राप्त हुन सकेन वा जनताको आफै निर्णय गर्ने अधिकार प्राप्त भएन । जनताको अधिकार राजाको हातमा रहिरहेयो ।जुन श्री ५ को हुकुमद्धारा वक्स हूने अथवा चल्ने पद्धति रहि रहयो । जसको कारण जनता आफै निर्णयक अधिकार सम्पन्न अथवा सार्बभौम अधिकार जनताको हातमा ल्याउनको निम्ति २०५२ सालवाट जनयूद्ध शुरु भयो ।

१० बर्षे जनयूद्धबाट १६र१७ हजार नेपाली जनताले वलिदान दिनका साथै हजारौ वेपत्ता तथा लाखौ नेपाली जनता घाईते,अपाङ्ग हुन पुगे । आज तिनै सहिद,वेपत्ता,घाइतेको बलिदानको कारण नेपाली जनताले मूक्ति पाएका छन् । आज जनयूद्ध, शान्तिबार्ता हुंदै संविधानसभा मार्फत अन्तरिम सरकारद्धारा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ । साथै प्राप्त संघिय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्नको निम्ती स्थानीय तह,प्रदेश सभा र प्रतिनिधीसभाको निर्बाचन सम्पन्न गरि सकेका छौं । स्थान्नीय तह प्रदेश सभा र प्रतिनिधि सभा तिन वटा निर्वाचन सम्पन्न गर्नका साथै संघिय लोकतान्त्रीक गणतन्त्र संस्थागत हुनका साथै देशमा ७ वटा संघीयसंरचनामा मूलुकले प्रबेश गर्ने अबसर त पायो तर प्रदेशको राजधानी कहाँ राख्ने रु भन्ने बिषयमा जनताबीच बिभिन्न बादप्रतिबादहरु भईरहेका छन । बादप्रतिबादले नै एउटा ठोस निष्कर्ष निकाल्न सक्छ । लोकतन्त्रको सौन्दर्य भनेकै जनताले यसैगरि बादप्रतिवादमा भाग लिन पाउनु हो ।


देशभरी चलिरहेको यस्ता जनस्तरका बादप्रतिबादहरु मध्ये प्रदेश नं १ को राजधानी कहाँ रहने रु भन्ने बिषयले यतिबेला चर्चाको बिषय बनेको छ । हामी पूर्वका जनतालाई पूषको चीसो जाडोमा पनि तताई रहेको छ । कसैले धनकुटामा राजधानी हुनुपर्छ भन्दै चक्काजाम समेत गरेका छन । कसैले धरानमा ठीक हुन्छ भनेर तर्कबितर्क गरिरहेका छन । कसैले बिराटनगर भनेर जनता जगाउंदै नाराजुलुस गरिरहेका छन भने कसैले गोठगाउँको बिश्वबिध्यालयमा राख्ने भनेर आबाज उठाई रहेका छन । कतिपयको ब्यबसायिक स्वार्थले काम गरेको छ भने कतिपयले आफनै लींडेढीपीले ताई न तुईका खोंचे थाप्दै राजधानी मागेर ओठतालु सुकाउंदैछन । इटहरीबासीले चौतर्फी सोच बनाएर प्रदेश न।१ को राजधानी दाबी गर्दै बिगतदेखि नै संघर्ष चलाउंदै आएका छन । यतिबेला नगरका बौधिक समुदायहरु राजधानी कायम गराउने कुरामा जनता जगाउने मात्र होइन केन्द्रमा रहेको सरकार र दलका नेताहरुको ध्यान आकर्षित गराउन ताँतीका ताँती लागेका छन । चौरस्तामा पर्ने इटहरी नगर राजधानी हुन के कारणले उपयूक्त छ रुभन्नेबारे बिभिन्न छलफलहरु भएका छन ।

बिद्धान महानुभाबहरुले प्रदेश भित्र पर्ने ओखलढुंगा, सोलु, खोटाङ, उदयपुर, भोजपुर, संअुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा लगायतका जनताकोलागि सहज र पायक पर्ने स्थान इटहरी नै हो भनेर सार्बजानिक रुपमा माग दाबी गर्दा उपरोक्त जिल्लाका जनताले कुनै आपत्ती जनाएका छैनन । यति बेला मौन छन् । उनीहरुको त्यो मौनता वस्नुको अर्थले के बुझिन्छ भने इटहरी नै राजधानी बनाउंदा ठिक हुन्छ हुन्छ भन्ने सजिलै बुझिन्छ । हुन त प्रदेश सभाको बहुमतले राजधानी बारे टुङगो लगाउन सक्ने संबैधानिक ब्यबस्था गरेको छ । त्यसमा के कस्तो रिजल्ट आउलारु भन्ने अनुमान पनि जो कोहीले गरि सकेका छन । इटहरी सबैतिरका जिल्लाबाट आउने जनताकोलागि पायक पर्ने स्थानमा छ । धनकुटा जस्तो भिरालो जमिन छैन इटहरी । धरान जस्तो सांगुरो पनि छैन इटहरी । बिराटनगर जस्तो छिमेकी देशमा बोर्डर रहेको पनि होइन इटहरी राजधानी बन्नको लागि योग्य र दिर्घकालिन सोच भएको हुनुपर्दछ । किनकी राजधानी धनकुटा आपत्तिको कुरा नरहेतापनि भावि दिनमा सवारीको चाप लाई साँघुरो सडकका कारण धान्न सक्ने अवस्था हुदैन ताकि जनतालाई छिटो छरीतो सेवा सुविधाको आवश्यकता पर्ने हुन्छ । धनकुटा पाहाडि इलाका भएको कारण सडक विस्तार गर्न सजिलो हुदैन । जसमा सडक विस्तारको निम्ती पनि इटहरी योग्य छ हाल इटहरी उत्तर दक्षिण ब्यापक रुपमा सडक निर्माण भईरहेको छ ।

बास्तवमै इटहरीलाई भन्नुपर्दा सेन्टर चौवाटो, फराकिलोको हिसाबले उदाहरणका निम्ती इटहरीलाई छिमेकी राष्ट्र भारतको गोहाटी सहरको रुपमा गोहाटी शहर भारतको सेन्टर, चौवाटो, फराकिलो रुपमा चिनिन्छ । जस्तै इटहरीलाई पनि नेपालको अधिराज्यभरिकै एक सेन्टर र चौवाटो र विस्तारीत शहरको रुपमा लिन सकिन्छ । विराटनगरः शहर आफैमा विकशित शहरको रुपमा चिनिन्छ । तर पनि राजधानी बनाउनका लागि भने उपयुक्त देखिदैन किनकि विराटनगर दुरीको रुपमा हेर्ने हो भने छिमेकी मुलुक भारतको बोडर नजिक पर्दछ । जुन छिमेकी राष्ट्रको सिमाना नजिक राजधान्नी बनाउँदा भावि दिनमा सुरक्षको खतरा हुन सक्छ साथै राष्ट्रियता माथि नै खतरा हुन सक्छ तसर्थ १ नं प्रदेशको राजधानी इटहरी उपयूक्त साथसाथै इटहरी फराकिलो र उर्बर भूमी हो । भौतिक संरचना निर्माण गर्नु पर्दा प्रयाप्त जग्गा उपलब्ध हुन सक्छ । निर्माण सामाग्रिको ढुवानी खर्च पनि कम पर्छ । यतायात सुबिधाको कारण मान्छेहरुको आबतजावत प्रयाप्त हुंदा राज्यको आम्दानी बडछ । प्रकतिक बताबरण,पर्याबरणीय क्षेत्र,बनजंगलको नजिक साथै पानीको स्रोत पनि प्रसस्त छ । जमिनको माटो राम्रो र बलियो रहेको कुरा भूकम्प जाँदा खेरी इटहरीका कुनै बिल्डीङमा सामान्य असर नपर्नुले पनि पुष्टि गर्छ ।

जनजीबनलाई आबाश्यक पर्ने साधनस्रोतलाई सजिलो र छिटो ढंगले परिचालन गर्न आबाश्यक यन्त्र उपकरणहरुको उपलब्धता र भण्डारण गर्न कुनै समस्या छैन । ठूलठूला बिल्डीङहरु छन । खेलमैदान छ । पर्यटकहरुलाई घुमफिर गर्न फराकिलोबाटो छ । प्रकृतिक बनजंगल, पानीपोखरी, नदी, तालहरु छन । शिक्षालय र अस्पततालहरुको निर्माणकोलागि प्रर्याप्त खाली जमिनहरु छन । सामाजिकसंघ संस्थाहरु प्रसस्त छन । शान्ती सुरक्षकोलागि सेनाको पूर्बी पृतना हेडक्वाटरअन्तरगत ३ हजारको हराहरीमा सैनिकहरु रहेका छन । शसस्त्र प्रहरी बल गन पकलीमा छ । ट्राफिकको क्षेत्रीय कार्यालय पनि छ । जनतालाई कामको लागि उद्दोग, कलकारखानाहरु पनि प्रसस्त छन । कृर्षी प्लानको जमिन तरहरामा १०५ हेक्टर खाली जमिन रहेको छ । ईटहरी पूर्व जुटविकासको जमिन करिब ४५ बिगा खाली रहेको छ । झुम्का पश्चिम हजारौ बिगा खाली रहेको छ साथै खनार दक्षिण पनि हजारौ बिगा खाली जग्गा रहेको छन् ।

जताततै मनोरञ्नात्मक पिक्निक पार्कहरु छन । जनताहरु संयम र भद्र छन । सामाजिक सदभाव राम्रो छ । होटल ब्यबसाय, सेमिनार, गोष्ठीहलहरु, मठमन्दिरहरु छन । धार्मिक स्थलहरु पनि छन । सामाजिक चेतना भएका सर्बसाधारण महानुभाबहरुबीच कुनै जातीय, धार्मिक, राजनीक द्धेश छैन । चाडपर्ब, रितीरिवाजमा यहाँका जनता एकदमै मिलनसार छन । हिन्दु, मुस्लिम, इसाई, बुद्दिष्ट, जैन, किरात इत्यादी समुदायका आआफना सामाजिक मूल्यमान्यताहरु छन । चाडपर्बहरु छन । सबैमा हार्दिकतापूर्ण सम्बन्ध रहेको छ । त्यसैले इटहरीबासीको यो सदभाव र चरित्रलाई अनुसरण गराउंदै पुरै राष्ट्रलाई जगाएर राष्ट्रिय भावनाको बिकास गराउने अभियानको लागि पनि इटहरीलाई एक नं प्रदेशको राजधानी बनाउन उपयूक्त छ ।

लेखक: ज्ञान किराती
इटहरी राजधानी सरोकार समितिका सदस्य साथै,
किराती राष्ट्रिय मुक्ति मोर्चाका सुनसरी इन्चार्ज हुनुहुन्छ ।
९८४२३७२३१७, ९८०४३३५१२९
२०७३ चैत्र १७। २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान प्रक्रिया र अाम मतदाताको भूमिका बारे यसैसाथ संलग्न श्रव्यदृश्यबाट थप जानकार हुन सकिनेछ।






साभार स्रोत: निर्वाचन अायोग नेपाल।

२०७३ चैत्र १७। अागामी बैशाख ३१ गते स्थानीय तहकाे निर्वाचन हुन गइरहेको छ । एउटै पन्नाको प्रयोगबाट ७ जना पदाधिकारीहरुलाई एकै पटक मत दिनु पर्ने भएकोले यसपटक मत संकेत गर्ने तरिका यस अघिका निर्वाचनहरु भन्दा केही फरक छ । यससँगै रहेको भिडियोबाट मत संकेत गर्ने सही तरिका सिक्न सिकनेछ ।






साभार स्रोत: निर्वाचन अायोग नेपाल।

२०७३ चैत ४। स‌घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हालै ४८१ गाउँ पालिकाहरुमा कार्यकारी अधिकृतहरु खटाएको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







साभार: अनलाइन खवर



२०७३ चैत ४। लोकसेवा आयोगले नायब सुब्बा वा सो सरह (एकिकृत) प्रथम चरण अन्तर्गत २०७३ फागुन २८ गतेको परीक्षामा साेधिएका प्रश्नहरुको समाधान देहाय बमाेजिम रहेको छ: 








साभार: विभिन्न अनलाइन साइटहरु।

२०७३ मंसिर २९। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (अप्राविधिक) को विज्ञापन सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 












२०७३ मंसिर १५। लोकसेवा अायोगले रा‍जपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (अप्राविधिक) काठमाडौंको सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ मंसिर १२। लोकसेवा अायोगले राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार (अप्राविधिक) खोटाङको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 











२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (न्याय सेवा) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (परराष्ट्र सेवा) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ असोज १८। लोकसेवा अायोगले स्टाफ नर्स काठमाडौंको अन्तिम नतिजा (सिफारिस)सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 











२०७३ असोज १०। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (अप्राविधिक) दिपायलको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 











२०७३ भदौ ३१। सामान्य प्रशासन मन्त्रालयले अन्तरमन्त्रालय सरुवा गरेको छ। सरुवाको विस्तृत विवरणका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी उपमहानगर तेस्रो अधिवेशनका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरु, संघसस्थावाट पाल्नुहुने अतिथिज्यूहरु, लगायत सम्पूर्ण उपस्थित आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु, कि.रा.मो. इटहरी नगर समितिको तर्फवाट तथा ब्यक्तिगत ज्ञान किरातीको तर्फ वाट स्विकार्नुहोस् सेवा तथा अभिवादन ।

आदरणिय उपस्थित माहानुभाहरु –
आज मिति २०७३ असार ३ गते 
आज यस किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी नगर समितिका अध्यक्ष ज्ञान किरातीको कार्य समितिको अवधि दुई कार्यकाल तथा पाँच बर्ष पार भएको छ । पहिलो कार्यसमिति २०६७ साल माघ १७ गते इटहरी न.पा. सांस्कृतिक भवन स्थित कि.रा.मो. केन्द्रीय उपाध्यक्ष अशोक किरातीको प्रमुख अतिथ्यमा १३ कार्यसमिति चयन भएको थियो ।

यसै गरी दोस्रो कार्यकाल इटहरीको मन शान्त पार्टिप्यालेस स्थित किरात राई हरुको ¥यालि तथा झाँकि सहित पुर्व किरात राज्य फ्याक्सन ईन्चार्ज तथा पुर्व संस्कृति मन्त्री गोपाल किराती (साईला) को प्रमुख अतिथ्यमा दोस्रो कार्यकाल पुन ज्ञान किराती कै अध्यक्षतामा १५ कार्य समिति चयन भएको थियो ।

आदरणिय उपस्थित माहानुभावहरु,
किराती राष्ट्रिय मुक्तिमोर्चा सैयौँ बर्ष देखि पछि परेका समुदाय हरुको हक अधिकार प्राप्त गर्न तथा पहिचान सहितको किरात स्वायत्त राज्य प्राप्तिको लागी संघर्ष गर्दै आइरहेको मार्चा भएको कारणले इटहरीमा मात्र नभई देशै भरि किरती राष्ट्रिय मुक्ति मार्चाले चुनौतिहरु सामना गर्दै किरात राज्यको निम्ती संघर्ष गरिरहेको छ । यिनै संघर्ष का कारण आज आदिवासी जनजाती तथा पिछडा बर्गहरु राज्यको निती निर्माण तहमा पुग्न सफल हुनुका साथै शुरक्षा अंगहरुमा समेत प्रधान सेनापती तथा माहानिरिक्षक बन्ने अवसर आदि यि सबै मोर्चाकै उपलब्धि मान्न सकिन्छ ।

किराती राष्ट्रिय मूक्तिमोर्चाले अधिवेशन द्धारा चुनिएका अधिकाशं सदस्यहरु निष्क्रिय भएता पनि कडा चुनौतिका वाबजुत इटहरी नगर समिति विचारको हकमा व्रिmयासिल रहि रह्यो । त्यासकारण कि.रा.मो. केन्द्रकै साख जोगाउन इटहरी नगर समिति सफल भएको महसुस गरेको छु । चाहे पार्टी टुक्रा टुक्रामा विभाजन हुँदा होस् वा आन्तरिक दोन्दमा होस  विभिन्न चुनौतिका वाबजुद विचार संम्प्रेशण तथा एकतामा बाँध्न मोर्चा सफल रहिरह्यो । जनताका समस्या तथा सामाजिक कार्यमा इटहरी नगर समिति सँधै लागि रह्यौँ । यिनै इमान्दार तथा कृयाशिलतको कारण पार्टीलाई विश्वासमा लिन इटहरी नगर समिति सफल भयो । मोर्चा र पार्टी बिचको सहकार्य बाट जनताको घर दैलोमा ब्यापक बजेट विनियोवन गर्न सफल भइयो । 

विकासका योजनाहरु–
जस्तै, 
  •   २०७०÷०७१ सालमा गणतन्त्र मार्गमा रु. ५०,००,०००÷– पचास लाख को कालोपत्रे
  • २०७०÷०७१ मै मादेन मार्ग टोल रु. २,००,०००÷– दुई लाख को ड्रेन ग्रावेल 
  • २०६८÷०६९ मा जनता बस्ती गोस लाईन ब्यावस्थापनमा रु. २ लाख
  • २०६८÷०६९ मा बुद्ध टोल र गैरिगाउँ लाई रु. २,५०,०००÷–
  •   २०७०÷०७१ म तुलसा टोल मदन मार्ग जोड्ने बाटो कालो पत्रे रु. ५ लाख
  • २०६९÷०७०  मा इटहरी –५, सङ्गम सगरमाथा रु. २ लाख
  •   २०७१÷०७२ मा रक्तमाला शिवालय टोल रु. ४ लाख
  •   २०७०÷०७१ मा इटहरी –५, तासि छ्योला गुम्बा रु. २ लाख
  •   २०७२÷०७३ मा माननिय अनिता परियार ज्यू को सभासद कोषबाट किरात राई तायरिप्ची            बहुद्देश्य भवन लाई रु. १०,००,००० न.पा. बाट २,००,००० गरि जम्मा रु. १२ लाख 
  • २०७२÷०७३ को माननिय अनिता परियारको सभासद कोष बाट किरात राई सुम्मीमा संघलाई रु. १,५०,००० एक लाख पचास हजार 
  •   २०७१÷०७२ मा इटहरी –७ ध्यान केन्द्र जाने बाटो डे«न ग्रावेल रु. २,५०,०००÷–
  • २०७२÷७३ हलगडा स्थित किरात मार्गलाई रु. ३,००,००० तीन लाख


आदरणिय उपस्थित महानुभावहरु,
पछिल्लो समय इटहरी नगरलाई विस्तार गर्ने क्रममा हाँसपोसा, पकलि खनार, एकम्वा लार्ई जोडेर ९ वार्ड वाट २६ वार्डको उपमाहानगर बनाईएको छ । जसमध्ये हाँसपोसा, पकलि, इटहरी वार्ड नं. २, ४ र ५ मा किरातीहरुको बाहुलियता भएको पाईन्छ । तर किरातीहरुको बसोवास रहेता पनि राजनैतिक शब्द सुन्नै चाहान्नन् त्यसकारण राजनैतिक चेतना नभएको कारण आफ्नो हक अधिकार गुमाउनका साथै पहिचान तथा किरात स्वायत्त राज्य विरोधि राजनैतिक पार्टीले प्रयोग गरिरहेको पाईएको छ । 

प्रदेश नं. १ को राजधानी इटहरी
अन्त्यमा किराती तथा आदिवासी जनजातिहरु साथै सम्पुर्ण आम जनताहरु एक भई अब बन्ने प्रदेश नं. १ को राजधानी ऐतिहाँसिकताको आधारमा नामाङ्कन किरात प्रदेश हुनु पर्छ जुन प्रदेशको राजधानी पुर्वाञ्चलको केन्द्रको हिसाबले इटहरीमा हुनुपर्छ, भन्दै किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी उपमाहा नगर समिति जोडदारका साथ आवाज उठाउँदै इटहरीलाई राजधानी हुने मुख्य अधारहरु— 
  •   पुर्वाञ्चलकै सेन्टर इटहरी 
  •   कार्यलयहरुको लगि प्रसस्त जमिनहरु खाली  
  •   विकास उन्मुख सहर 
  •   मजवुद जमिन, भुकम्प बाट कम क्षती 

                                                         ज्ञान किराती
                   अध्यक्ष
                                            किराती राष्ट्रिय मुक्ति मोर्चा
                                           इटहरी उप माहानगर समिति
सुझबका लागि– ९८४२३७२३१७, ९८०४३३५१२९ 

२०७३ भदौ ३१। स्मरण शक्ति बढाउन निम्न तरिकाहरु लाभदायी हुनेछन्—

१. विषयलाई जोड्नुहोस्
तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।

२. दोहो¥याउनुहोस्
यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।

३. नौलो तरिका अपनाउनुहोस्
यदि तपाईं कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउछ । अथवा, सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।

४. कार्डमा लेख्नुहोस्
जब महत्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब  तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।

५. गाउँनुहोस् र स्मरणशक्ति बढाउँनुहोस्
आफ्नो लयबद्धताका कारण संगित सजिलै तपाईंको दिमागमा बस्छ । आफ्नो मनपर्ने  गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईं सम्झन चाहनुहुन्छ । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।

६. पढेको कुरालाई महसुस गर्नुहोस्
पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुहोेस्, यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुनेछ । पढिरहेको बेलामा तपाईं ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो चिज कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।

७. उदाहरण दिनुहोस्
जब तपाईं कुनै पनि चिजलाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् । (साभार— स्वास्थ्य खबरपत्रिका)

२०७३ भदौ २६ । सरकारले लगभग सबै सचिवहरुको हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १२ सचिवहरुको सरुवा गरेको हो ।

सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट श्रम तथा रोजगार मन्त्रालमा र गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ । मैनाली भर्खरै सचिवमा बढुवा भएर क्षेत्रिय प्रशासक बनेका थिए ।

यसैगरी लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकुदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग, विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण, महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकुद, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्टको कार्यालयमा सरकारले सरुवा गरेको छ ।

यसैगरी धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र प्रेमकुमार राईलाई पर्यटन तथा नागरिक मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पदबाट दिएको राजीनामा स्वीकृत पनि गरेको छ । (अनलाइन खबरबाट साभार)

२०७३ भदौ २५। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा धनकुटाको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ भदौ ८। लोकसेवा अायोगले स्वास्थ्य सेवा पाचौं तह स्टाफ नर्स पद काठमाडौको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







२०७३ साउन १९। लोकसेवा अायोगले रा‍जपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) खुला तथा समावेशी पदको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







२०७३ साउन १। लोकसेवा अायोगले निजामती सेवा, सुरक्षा निकाय तथा अन्य सरकारी सेवाको परीक्षा सम्बन्धी २०७३–७४ को बार्षिक कार्य तालिका सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







दिल निसानि मगर । 
२०७३ साउन १। गुगल ब्वाइको जन्मकुण्डलीको नाम के हो मलाई थाहा छैन । उनका अभिभावक कहाँ के गर्छन्, त्यो पनि थाहा छैन । तर, आफ्नो सन्तानको माया कति लाग्छ, राम्रोसँग महशुस गर्न सक्छु । गुगल ब्वाइलाई काँडाले त के, फूलले अल्झायो भने पनि उनका बाबाआमालाई धेरै पीडा हुन्छ । यतिखेर म काँडा वा फूल बन्न खोजिरहेको छैन ।

प्रथमतः म गुगल ब्वाइको शिघ्र स्वाथ्य लाभको कामना गर्न चाहन्छु । उनी चाँडै निको हुन् । आम बालबालिकाहरु जस्तै हिँडडुल गरून् । शारीरिक र मानसिकरुपमा पनि तन्दरुस्त बनुन् ।

यस्तो कामना मैले मानवीयताको नाताले मात्रै गरेको होइन । आवश्यक परेको खण्डमा उनको उपचारका लागि सहयोगार्थ अभियानमा संलग्न हुनसमेत तयार छु म ।

तर, करोडौं रुपैयाँ राज्यको ढुकुटीबाटै गुगल ब्वाइका नाममा खोलिएको प्रतिष्ठानलाई दिनुपर्ने किन ? ओली सरकारको यो व्यवहार एकदमै पक्षपाती हो । झट्ट सुन्दा यो कुरा असन्तुलितजस्तो लाग्न पनि सक्छ । तर, भावनामा बहकिएर दिलबाटै सोच्यो भने मात्र यो कुरा असन्तुलित हो भन्ने बुझ्न सकिन्छ ।

दृष्टिकोणका आधारमा, दिमाखबाट सोच्यो भने यो कुरा सन्तुलित लाग्न सक्छ । र, यो कुरा गुगल ब्वाइका बाबाआमाले पनि स्वीकार्नुपर्छ । उनीहरु पनि यो देशका नागरिक हुन् । र, देशमा भूकम्प पीडितका बालवालिकाको अवस्था के छ भन्ने उनीहरुलाई पनि राम्रैसँग थाहा छ ।

के कुरा स्वीकार गर्नुपर्दछ भने जनताले तिरेको कर गुगल ब्वाइको प्रतिष्ठान सञ्चालनका लागि होईन । यदि कसैले हो भन्छ भनेपनि त्यति ठूलो रकमको एउटा परिवारलाई दिइनु उचित होइन । राज्यले आम नागरिकलाई गर्ने सहयोगका सीमाहरु पक्कै हुन्छन् ।

असल नागरिकको कर्तव्य त राज्यलाई बाटो देखाउने हो । तर, गुगल ब्वाइको परिवारले शक्ति र सम्बन्धको फाइदा उठाए ।

गुगल ब्वाइ निर्दोष छन् । दोषी त सरकार छ । गम्भीर रोग लागेका तर आर्थिक हैसियत नभएका कैयौं बिरामीका परिवारजनले सहयोगको हात अगाडि बढाएर उपचार गरेका उदाहरण छन् ।  समाजिक सञ्जालका कारण त्यो सम्भव पनि हुने गरेको छ । अझ गुगल ब्वाइको परिवारको मिडिया ‘कनेक्सन’ मजबुद भएकाले यो तरिका अपनाएको भए जनताले फेसबुकबाटै एक/एक रुपैयाँ दिएर भए पनि उनका लागि करोड जुट्न सक्थ्यो ।

राज्यले स्थापित गराउन खोजेको समाज ‘भविष्यवाणीको हो ?

म भविश्यवाणीमा विश्वास गर्दिँन । मजस्ता लाखाैं नेपाली नागरिकले भाग्यवादमा भन्दा कर्ममा विश्वास राख्छन् । तर, राज्यले भजिश्यवाणी-शक्तिलाई स्थापित बनाउन चाहेको देखिन्छ । यो रुढीवादी संस्कार हो यो । यसले विभेदको प्राचीन संस्कारलाई प्रचलित कानुनको झल्को दिन्छ । राज्यको चिन्तन उजागर गर्छ । विज्ञानमा भन्दा पनि धामी झाँक्रीप्रति आस्था जगाउन प्रेरित गर्छ, ओली सरकारको यस्तो पुस्कारले ।

म गुगल ब्वाइलाई ‘कथित गुगल ब्वाइ’ भन्छु । र, म उनलाई रोगी पनि भन्दिँन । उनी अरुजस्तै शारीरिकरुपमा अशक्त बालक मात्र हुन् । उनको फरक क्षमताको जो चर्चा हुने गर्छ, त्यो चलाख मानिसहरुको प्रपोगाण्डा हो भन्ने लाग्छ । फरक क्षमताको मापदण्ड के हो ? नागरिकको फरक क्षमताको मापदण्ड निर्धारण गर्ने निकाय कुन हो ?

मानिलिनुहोस् ‘गुगल ब्वाइ’ अशक्त बालक होइनन् र अदभुत क्षमता भएका बालक हुन् । त्यो हो भने उनको उपचार गर्न किन जरुरी छ ? उपचार गरेपश्चात यदि उनको ‘अदभुत शक्ति’ गुम्यो भने यसको जिम्मेवारी कसले लिन्छ ? किनभने उनको ‘अदभुत शक्ति’का लागि यो विभेदकारी सरकारलेे करोडौं लगानी गरेको छ । र, यो सरकारलाई भोलि कुनै पनिबेला यस्तो ‘अदभुत शक्ति’ आवश्यक पर्न सक्छ ।

यो तर्क पूर्वाग्राही लाग्यो भने अर्को तर्क गरौं । जस्तो कि राज्यको तर्फबाट नागरिकको उपचारका लागि गर्ने सहयोगका बारेमा चर्चा गरौं । कति रुपैयाँसम्म सहयोग दिने संबैधानिक अधिकार वा नियमावलीमा व्यवस्था छ ? जस्तो कि २ लाख, ५ लाख, वा १५ लाख ? कि प्रधानमन्त्रीको तजबिजी भएमा जति पनि निकाशा गर्न सकिन्छ ?

मन्त्रिपरिषदले नै निर्णय गरेर १ करोड रुपैयाँ आर्थिक सहयोग गर्नुको औचित्य पुष्टि भविश्यवाणी गरेका आधारमा हुन सक्दैन । भविश्यवाणी राज्यले प्रवर्धन गर्ने विषयवस्तु पनि होइन । यस्तो रुढीवादी कार्यलाई त निरुत्साहित गर्नका निम्ति राज्यले जनचेतना जगाउनुपर्ने थियो । तर, हामी कुन युगमा छौं भन्ने कुरा ओली सरकारले थाहा पाएन । यो हाम्रो भविश्यका निम्ति खराब नजिर बन्न पुगेको छ ।

भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन्

भूइँचालो पीडितलाई पाखा, गुगल ब्वाइलाई काख

भूइँचालो पीडितलाई १५ हजार दिने कुरामा महिनौं संसदमा बहस हुन्छ । तर, गुगल ब्वाइलाई १ करोड उपचार खर्च दिन एक मिनेट मात्र लाग्छ, कसैले बहस गर्दैन । चित्रबहादुर केसी र कमल थापा चुँ बोल्दैनन् । किनभने उनीहरु जातिवादी हुन् । जातिवादीलाई साक्षी राखेर अतिवादीले निर्णय सदर गर्छन् । भूइँचालोको झुपडी बदर हुन्छ ।

भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन् । यता ओली पण्डितको सोच भविश्यवाणी गर्न पट्टि छ ।

गुगल ब्वाइका कारण भूइँँचालो पीडितले राहत पाएनन् भनेर उनका आमाबाबालाई यो सन्देश सुनाउन खोजेको होइन । यदि उहाँहरुलाई यस्तो भ्रम परेमा म ह्रदयदेखि नै माफी चाहान्छु । पि्रय बालकप्रति पनि विनम्रताका साथ माफी चाहान्छु । मैले राज्यको सोच र प्रवृत्तिको कुरा गरेको हो । किनभने त्यो एक करोड रुपैयाँमा म जस्ता नेपाली नागरिकको हिस्सा र अधिकार छ । र, यो निर्णय गर्ने ओली सरकारलाई भूइँचालो पीडितहरुले माफी दिन सक्ने छैनन् । भूकम्पमा बुबा आमा गुमाएर टुहुरा बनेका बालवालिका र तिनका मृत आमाबुबाहरुले पनि माफी दिने छैनन् ।

जसरी हजाराैं भूईँचालो पीडितहरुलाई बस्ने घर बनाउनका लागि व्यक्ति-व्यक्ति मिलेर करोडौं रुपैयाँ संकलन गरियो, त्यसैगरी गुगल व्बाइको उपचारका निम्ति विश्वभर सहयोग संकलन गर्न सकिन्थ्यो । अरु धेरैले यसै गरेको देखिन्छ, सुनिन्छ, पढिन्छ । तर, ‘गुगल ब्वाइ’ माथि यो समान्य नियम लागेन र उनलाई राज्यले देवताको जस्तै व्यवहार गर्‍यो ।

राज्यले आफ्ना नागरिकलाई गच्छेअनुसार सहयोग गर्नुपर्छ । तर, बन्धकी बस्न मिल्दैन । असाधारण क्षमताका बारेमा हरेक मानिसहरु वीच आ-आफ्ना मत छन् । मेरो कुरा गर्नुहुन्छ भने म त यसलाई प्रपोगाण्डा ठान्दछु । केही गडबड छ भन्छू । र, अधिकांशले यस्तै भन्ने गर्छन् । त्यसो त सबै मानिसभित्र कुनै न कुनै असाधारण क्षमता लुकेकै हुन्छ । तर, के ती सबैलाई राज्यले जनही एक-एक करोड रुपैयाँ वितरण गर्न सक्छ ?

फरक क्षमता भनेको हावादार भविश्यवाणी हुन सक्दैन । फरक क्षमता वा असाधारण क्षमताका रुपहरु अनेक छन् । जो न्यानो लुगा र औषधिको अभावमा अकालमै मरे, हाम्रो नजरमा उनीहरुमा पनि फरक क्षमता हुन सक्छ ।

दिल निसानि मगरदिल निसानि मगर
शंकाको घेरा

गुगल ब्वाईको परिवारको आर्थिक हैसियत के हो ? ओलीसँगको सम्बन्ध के हो ? यस्ता कुरा बाहिर ल्याउने मिडियाहरुको सरोकार के हो ? यस्ता प्रश्नहरु पनि उठ्न सक्छन् । भविश्यवाणीजस्तो काइते कुरा राज्यको प्रथामिकतामा किन पर्‍यो ? अमेरिका पुगेर उपचार गराउँदासमेत किन रोग पत्ता लागेन ?

सरकारले फरक क्षमता भएका बालबालिकाहरुका लागि बर्षेनी करोडौं रुपैयाँ खर्च गर्न सक्छ । तर, योजनाअनुसार सामुहिकरुपमा । यसका लागि बालविकास केन्द्रहरु छन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोगार्थ वर्षेनी करोडौं रुपैयाँ खर्च हुन्छ । र, यी सबै योजनाअनुसार नै सञ्चालित हुन्छन् । तर, गुगल ब्वाइले पाउने सुविधामा किन नयाँ सिस्टम ?

भविश्यवाणी गर्ने असाधारण क्षमता भएको बाहनामा राज्यको ढुकुटीमार्फत करोडौं रूपैयाँ खर्च गर्ने काम विभेदकारी छ । यसलाई राजनैतिक पहुँच, धार्मिक, जातीय र नातावादी कोणबाट विश्लेषण गर्न सकिन्छ । किनभने विश्लेषणको आधार नै यस्तै प्रष्ट रुपमा देखिने विभेदका संकेतहरु हुन् भन्ने लाग्छ । यो पहुँचका आधारमा गरिएको जातीय लुट हो ।

आज हजाराैं मधेसी दाजुभाइका बालबच्चाहरु कालाजार, औंलोका कारण बितेका छन् । उनीहरुले सामान्य औषधिसमेत सेवन गर्न पाएका छैन्न । हजारौं हिमालका सन्तानहरु निमोनियाका कारण मर्छन् । उनीहरुले न्यानो लुगा पनि पाउँदैनन् । कर्णालीमा झडापखाला जस्तो सामान्य स्वास्थ समस्याको औषधिको अभावमा महामारी फैलिन्छ, त्यहाँ सरकारको ध्यान जाँदैन ।

तर गुगल ब्वाइ किन प्राथामिकतामा परे ? यो कुरा शंकाको घेरामा छ । सामाजिक सञ्जालमा अनेक प्रश्न उठेका छन्, जुन स्वाभाविक छ ।

सरकारमा रहेको राजनैतिक पार्टीसँग हिमचिम भएका आधारमा, विभेदकारी सामाजिक संरचनाले निर्धारण गरेको कथित उपल्लो जातको सन्तान भएका आधारमा, वा नातापाता वा जिल्लावासी भएका आधारमा गुगल ब्वाइको हैसियत कुनै एक उत्पीडित थारूको सन्तानको भन्दा माथिल्लो भनेर मान्न सकिन्न । व्यक्तिगत स्वार्थका लागि राज्य कोष ब्रहमलुट गर्नेहरुलाई राष्ट्रघाती एवं भ्रष्टाचारी मान्न सकिन्छ ।

कामचलाउ सरकारको कुकर्म

वैधानिकताको लक्ष्मण रेखा पार गरिसकेको ओली सरकार अब नैतिकरुपमा सरकार होइन । नयाँ सरकार निर्माणको समीकरण बनिसकेको अवस्थामा औपचारिकरुपमा मात्रै ओलीले पद त्याग्न गर्न बाँकी छ । असमान्य अवस्थामा बाहेक यस्तो काम चलाउ अवस्थामा कुनै पनि सरकारले महत्वपूर्ण निर्णय गर्दैनन् । गरे पनि त्यो अराजनैतिक हुन्छ, वैधानिक हुँदैन ।

गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले

जाँदाजाँदैको समयमा कथित गुगल ब्वाइलाई संरक्षण गर्न भनेर सरकालेर छुट्टाएको एक करोड रुपैयाँ अराजकता र भ्रष्टाचारको कडी हो । यसले सम्पूर्ण नेपालीहरुको भावनालाई न्याय दिन पनि सक्दैन । बरु विभेद र असमानता नयाँ प्रारूप तयार गर्दछ । ओली सरकार मूलतः विभेदकारी छ भन्ने कुरा मधेसमा गोली खाने निर्दोष बालकको परिवारलाई नहेर्नुबाटै बुझिन्छ ।

लेखक
सायद ओली प्रधानमन्त्री नहुँदै गुगल ब्वाइले सही भविश्यवाणि गरेका थिए । बक्सिस स्वरुप एक करोड हो भने पनि त्यो गलत नै हुन जान्छ ।

गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले । त्यसैले यी सबै कुरा अपवादमा मेल खाने अनूभुतिजन्य विषय मात्रै हुन् ।

उनले हातले अनेकभाँती लेख्ने कुरा पनि शंकाको घेरामा छ । उनी स्कुल नगए पनि घरमा पढेका हुन सक्छन् । सांकेतिक भाषाको पढाइ गरेको हुन सक्छन् । बोल्न नसक्ने चर्चित साहित्यकार झमक घिमिरे पनि लेख्छिन्, उनले पनि विद्यालयको ढोका टेकेकी छैनन् । तर, झमकले आफूलाई कहिल्यै ‘दैविक’ दाबी गरेकी छैनन् ।

मैले गुगल ब्वाइको उपचार नहोस् भन्ने एकप्रतिशत भावना बोकेको रहेंछु भने गाईको मासु खाए समानको पाप लागोस् । पि्रय निर्दोष बालकप्रति सदभाव राखेर राज्यले गरेको विभेद, एकल जातीय पृष्ठपोषण अनि उनको परिवारले प्रश्रय दिइरहेको भाग्यवादी चिन्तनका बारेमा सैद्धान्तिक असन्तुष्टि राखेको हुँ ।

किनभने विसंगति र विकृतिको विरुद्धमा बोल्न र सोच्न छाडेपछि मानिसहरु मर्छन् । जिवितै भएर पनि जब मानिसहरु बोल्न र सोच्न छाड्छन्, ती पनि मरे समान हुन्छन् । म मरे समानको हुन चाहान्न । (अनलाइन खवरबाट साभार)

नाक काटेको प्रमाण भएकालाई एक मोहर लिएर अनि जाँच गराउन नआएका अटेरीहरूलाई दुई मोहर लिएर जग्गा दर्ता गरिदिनू भन्ने अर्को आदेश भएको उक्त विन्तीपत्रबाट बुझिन्छ।

नाक काटेकै हो 

शुक्रसागर। 
२०७३ जेठ २६। २०१५ सालमा म पाँच वर्षको थिएँ। बसाइ थियो– मामाघर नुवाकोटको थानसिङमा। दी बगैंचा भन्ने ठाउँमा मतदान हुँदै गर्दा अचानक हुलदंगा भयो। हूलमा कसैले ‘ए… ए… नाक काट्या भान्जा’ भन्दै च्याप्प समातेर सुरक्षित ठाउँतिर पुर्यानइदिए, म जोगिएँ। नाक पनि यसो छामी हेरें, काटेको रहेनछ।

त्यसपछि पनि म चार/पाँच वर्ष मामाघरमै रहें। जो पनि मलाई ‘नाक काट्या भान्जा’ भन्थे। कतिले त मेरो नेप्टो नाक तान्दै ‘यसरी बिहान–बिहान तान भान्जा, तिम्रो नाक पनि हाम्रो जस्तै लामो र राम्रो हुन्छ’ भन्थे। कुराको छेउटुप्पो नबुझी ट्वाल्ल पर्थें म। २०२१ सालमा कीर्तिपुरकै पाँगाको सरकारी स्कूलमा कक्षा ६ को इतिहासको क्लासमा गोर्खालीले कीर्तिपुरमा नाक–कान काटेको घटनाको चर्चा भएपछि मात्र मैले थानसिङे मामाहरूको कुरा बुझें । नाक काटिने र डबल दस्तुर तिरेर जग्गा पाउने कीर्तिपुरेमध्ये कुन पुर्खाको शाखा–सन्तान हुँ भन्ने चाहिँ अझै थाहा पाएको छैन। 

२०२१ सालमा कीर्तिपुरकै पाँगाको सरकारी स्कूलमा कक्षा ६ को इतिहासको क्लासमा गोर्खालीले कीर्तिपुरमा नाक–कान काटेको घटनाको चर्चा भएपछि मात्र मैले थानसिङे मामाहरूको कुरा बुझें ।

लुकाउन खोजिएको इतिहास

गोर्खाली राजा पृथ्वीनारायण शाहलाई काठमाडौं उपत्यका विजय गरेर शान्ति कायम गराइराख्न कीर्तिपुर नजिती नहुने भयो। पहिलो आक्रमणमा हुनसम्मको खति बेहोरेर फर्केका गोर्खाली फौज त्यसको सात वर्षमा फेरि सूरप्रताप शाहको नेतृत्वमा चढाइ गर्न आए। तर, कीर्तिपुरेको बाण सूरप्रतापको आँखामा लागेपछि त्यो प्रयास पनि असफल भयो।

गोर्खालीहरूले अब कीर्तिपुर दक्खल गर्न शेरको शैली छाडेर ब्वाँसोको युक्ति लगाए। उनीहरूले सबै किसिमको धोखाधडी र घेराबन्दीको नीतिबाट चारैतर्फका नगाउँ, पाँगा, चोभार, भाजंगललगायतका बस्तीहरू कब्जामा लिएपछि कीर्तिपुर रणनीतिक हिसाबले टापू बनी केही गर्न नसक्ने अवस्थामा पुग्यो। केन्द्र पाटनमा पनि अक्षम राजा थिए– तेजनरसिंह मल्ल। त्यसरी कीर्तिपुर पूर्णतः निरीह बन्यो।

नभन्दै, ६–७ महीनामै नाकाबन्दीले नतीजा देखाउन थाल्यो। शहरभित्र भकारीहरू रित्तिसकेका थिए, आङका कपडा पनि थोत्रिए। नगाउँ, पाँगा, चोभार, सतुंगललगायतका बस्ती र कीर्तिपुरका नातागोताबीच शंका उपशंका उब्जाई पूरै सामाजिक वातावरण भताभुंगै पारिएको थियो। आत्मसमर्पण गरे हुने फाइदा र आममाफीको प्रचार भइराखेकै थियो। 

धनवन्तका छोरा वीरनरसिंह र अर्का एक सरदारलाई पाटन, कान्तिपुर र भादगाउँको बीचमा पर्ने वाभु कब्जा गर्दा अपहरण गरी नुवाकोट पुर्‍याएर तादी नदीमा चोपी चोपी यातना दिइँदैथियो।
केन्द्र पाटनका कीर्तिपुर हेर्ने धनवन्त सिंह पनि गोर्खालीकै हितैषी थिए। उनले एक वर्षअघि मात्रै दलमर्दन शाहलाई आफ्नो घरमा लुकाएर सकुशल गोर्खा पुर्‍याइदिएका थिए। दलमर्दनसँग मीत समेत लगाएर पृथ्वीनारायणका मीतभाइ बनेका थिए, धनवन्त। धनवन्तका छोरा वीरनरसिंह र अर्का एक सरदारलाई पाटन, कान्तिपुर र भादगाउँको बीचमा पर्ने वाभु कब्जा गर्दा अपहरण गरी नुवाकोट पुर्‍याएर तादी नदीमा चोपी चोपी यातना दिइँदैथियो।

वीरनरसिंहलाई आत्मसमर्पण गरे बाँच्ने मात्र नभई प्रशस्त जग्गा र पद पाउने पत्र लेखाई पाटन पठाइएको थियो। अर्का सरदार भने चरम यातनाले मरिसकेका थिए। पुलमा बाँधेर राखिएका धनवन्तका छोराले नदीमा हाम्फालेर आत्महत्या गर्ने प्रयास पनि गरे, तर मर्न दिइएन। यता धनवन्त पुत्रको समाचार र सुर्ताले आकुल–व्याकुल बनेका थिए। त्यही तोडमा उनले ९ चैत १७६६ का दिन कीर्तिपुरका क्वाथः नायक सिख्वांल प्रधानलाई शहरको ढोका खोल्न आदेश दिएपछि गोपुर (हाल सागल टोल) को ढोका खोलियो। त्यसरी भित्र पसेका गोर्खालीहरूले सिख्वांल प्रधानले आत्मसमर्पण गर्दागर्दै हत्या गरेर सबै पूर्व प्रतिज्ञा र आश्वासनहरू लत्याए। गोर्खालीहरूले मुख्य–मुख्य कीर्तिपुरेको तुरुन्तै हत्या गरे। 

अघि बाबु मारिएका वंशराज पाण्डे र आँखा फोडिएका सूरप्रताप शाहको अगुवाइमा दुई दिनमा १२ वर्षभन्दा माथिका ८६५ जनाको नाक र ओठ काटियो। भाग्न सक्नेहरूको मात्र नाक जोगियो।
अघि बाबु मारिएका वंशराज पाण्डे र आँखा फोडिएका सूरप्रताप शाहको अगुवाइमा दुई दिनमा १२ वर्षभन्दा माथिका ८६५ जनाको नाक र ओठ काटियो। भाग्न सक्नेहरूको मात्र नाक जोगियो। पृथ्वीनारायणले ९ वर्षअघि आफ्ना काजी कालु पाण्डे मारेको र १७ महीनाअघि भाइ सूरप्रतापको आँखा फुटाएको रीस विजित जनतामाथि फेर्ने मौका पाण्डे पुत्र वंशराज र सूरप्रतापलाई नै दिएका थिए। त्यसबेला वंशराज १७/१८ वर्षका र सूरप्रताप २५ आसपासका थिए। नाक–कान काट्न भोटे रैतीलाई लगाइयो। पछि ती भोटेहरूको पनि प्राण हरण गरियो। त्यसो गर्नुको कारण भने थाहा छैन।

आजको बुझाइमा विजित जनतामाथि त्यस्तो पासविक दमन गर्नु मानवता विरुद्धको अत्याचार हो। कीर्तिपुरमा त आत्मसमर्पण गर्न आएकाहरूको हत्या र अंगभंग गरिएको थियो। आममाफीको घोषणा नगरिएको भए यसो भनिरहनुपर्ने थिएन। त्यसबेला दुई अक्षर पढ्न र लेख्न सक्ने सबैले त्यो पासविक घटनाको टिपोट गरेर राखे। त्यो बेलाको कुनै टिपोट छैन, जसमा यो घटना उल्लेख नभएको होस्। 

एउटा विन्तीपत्रले गोर्खाली शासकले नाक काटिएका कीर्तिपुरेको जग्गा तुरुन्त दर्ता गर्ने र नाक काट्न बाँकी रहेकाको जाँच गर्नुपर्ने भएकोले जँचाउन आउन आदेश जारी गरेको देखाउँछ।

प्रतिशोधको तुष्टि
वाघभैरव मन्दिर जहाँ कालु पांडेका हतियार झुण्ड्याइएको विश्वास गरिन्छ

गोर्खालीहरूले कीर्तिपुरे जनतामाथि पछिसम्म पनि प्रतिशोधको आगो बालेरै बसे। हालसालै फेला परेको एउटा विन्तीपत्रले गोर्खाली शासकले नाक काटिएका कीर्तिपुरेको जग्गा तुरुन्त दर्ता गर्ने र नाक काट्न बाँकी रहेकाको जाँच गर्नुपर्ने भएकोले जँचाउन आउन आदेश जारी गरेको देखाउँछ। (हे. प्रतिलिपि) कीर्तिपुरेहरूलाई प्रति परिवार दुई रोपनी पानी नलाग्ने जग्गा दिएको पनि उक्त पत्रबाट थाहा हुन्छ।

नाक काटेको हो, होइन जाँच गर्न आउनु भन्दा कोही गएनन्, फेरि काटिदेलान् भन्ने डरले। पछि नाक काटेको प्रमाण भएकालाई एक मोहर लिएर अनि जाँच गराउन नआएका अटेरीहरूलाई दुई मोहर लिएर जग्गा दर्ता गरिदिनू भन्ने अर्को आदेश भएको उक्त विन्तीपत्रबाट बुझिन्छ। उनीहरूको जग्गा दर्ता पनि मूल पुरोहितको तिरोतिरानमा पारियो, जुन त्यस बेलाको सबभन्दा कठिन तिरान थियो। पुरोहितको तिरानमा सुक्खा या अति वर्षाले उब्जनी नभए पनि आधा बाली बुझाउनै पर्थ्यो, ऋण काढेर भए पनि। त्यस्तो तिरान राजाले पनि मिनाहा गर्न सक्दैनथे।

नाक काटिएका कीर्तिपुरेका १२/१३ औं पुस्ताको यो पंक्तिकारको बाल्यकालीन अनुभव, कीर्तिपुरमा सुन्दै आएको स्थानीय भनाइ र कतिपय इतिहासकारको किटानीलाई हेर्दा गोर्खालीले कीर्तिपुरेको नाक–कान काटेको होइन भनेर थप मसी सुकाउनुपर्ने देखिन्न। हिजो जो भयो, त्यो भइसक्यो। त्यसलाई स्वीकारेर वर्तमानलाई सच्याउँदै अगाडि बढ्ने हो। (इसमताबाट साभार)

२०७३ बैशाख २६। लोकसेवा अायोगले रा‍जपत्राङ्कित द्वितीय श्रेणी उपसचिव वा सो सरह (अप्राविधिक) खुला तथा समावेशी पदको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ बैशाख २४। उदयपुर मैनामैनीका भक्तकुमार राई (ओमनन्द)ले स्वर्गीक मार्ग संघ मार्फत किरातीहरुले मान्दै आएको धार्मिक, साँस्कृतिक परम्परा बिगारेको भन्दै पम्प्लेट, पुस्तिका र पुस्तक प्रकाशन गर्दै आएका भद्रगोल किरातीलाई केहीबेर अघि प्रहरीले पक्रेको छ ।

उनको पछिल्लो पुस्तक ‘गड होइन ठग एन्जल’ भोलि २५ गते प्रज्ञा भवन कमलादीमा सार्वजनिक गर्ने कार्यक्रम थियो । कमलपोखरी प्रहरी कार्यालयले फोन गरेर उनलाई भोलिको कार्यक्रमबारे बुझ्नु छ भनेर बोलाएर आज अपरान्ह भेनमा राखेर महानगरीय प्रहरी परिसर टेकु लगेको छ ।
bhadragolभक्तकुमार राईले किरात राईहरुले मान्दै आएको धार्मिक संस्कार भन्दा भिन्न संस्कारको बिकास गरेर भक्तहरु बनाएर प्रचार प्रशार गर्दै आएका छन् ।

नयाँ संस्कारको बिकास गरेर पुस्तौदेखि गर्दै आएको धार्मिक परम्परा बिगारेको भन्दै किरात राई समुदायले विरोध गर्दै आएका छन् । किरात राईहरुले पितृको रुपमा तीन चुलालाई पुजा गर्दछन् । भक्तकुमार राईले नयाँ संस्कारको बिकास गरेर पितृ र प्रकृति पुजक राई समुदायको परम्परागत संस्कारमाथि प्रहार गरेको भन्दै विरोध आइरहेको छ ।

यसै विषयमा भद्रगोल किरातीले ‘ठग एन्जल’ नामक पुस्तिा निकाल्दै आएका थिए । किरातीले किराती इन्टरनेश्नल कल्चर (किक) समुह बनाएर अभियान समेत चलाउदै आएका छन् । पछिल्लो पुस्तकमा ओमनन्द समुहले भारतको सिक्किम र दार्जेलीङमा भनेको नमानेको भन्दै दुई जनालाई पिटेर, आगो लगाएर हत्या गरेको समेत तथ्य आउने किरातीले जनाउदै आएका छन् । त्यो मुद्धामा केही जेल परेको र भक्तकुमार राई (ओमनन्द) फरारलिष्टमा रहेको पुस्तमा उल्लेख रहेको बताइएको छ । ओमनन्दको दुई वटा नागरिकता, दुईवटा पासपोर्ट समेत रहेको यसअघि प्रकाशित पुस्तिका उल्लेख छ । (इसमताबाट साभार)

प्रवेशाज्ञा खारेजविरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन 

२०७३ बैशाख २२।  नेपालका विषयमा सामाजिक सञ्जालमार्फत सीमान्तकृत नेपालीको पक्षमा लेख्ने रोबर्ट पेन्नर नामका क्यानडेली नागरिकको गृहमन्त्रालयले प्रवेशाज्ञा खारेज गरेको छ ।

नेपालमा लामो समयदेखि कार्यरत पेन्नरलाई गिरफ्तार गर्ने र उनको प्रवेशाज्ञा खारेज गर्ने सरकारी कामकारबाहीविरुद्ध वीरगञ्जमा प्रदर्शन भएको छ । ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा सोमबार ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई २६ घण्टासम्म हिरासतमा राखेर छाडिएको छ ।

क्यानडेली नागरिक पेन्नरले नेपाल बसाइका लागि लिएको कामदार प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले राससलाई जानकारी दिए । प्रवक्ता कोइरालाले भने–“प्रवेशाज्ञा खारेज भएपछि टिकट पाए आजै उनी स्वदेश फर्किनुपर्छ, नपाए दुई दिनभित्र उनी फर्किनैपर्ने व्यवस्था छ ।” 

क्यानडेली नागरिक पेन्नरले सामाजिक सञ्जालमार्फत नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि सोमबार पक्राउ गरिएको थियो । उनी कामदार प्रवेशाज्ञामा नेपाल बस्दै आएका थिए । उनी सफ्टवेयर इन्जिनियरका रुपमा क्लाउड कम्पनीमा कार्यरत छन् ।

उनले मधेस आन्दोलनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका थिए । उनको आलोचनात्मक टिप्पणी मन नपाएका केही मानवअधिकारवादीले समेत सामाजिक सञ्जालमा उनलाई देशनिकाला गर्न अभियान चलाएका थिए । कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोही अनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुन उल्लङ्घन गरेको सरकारी भनाइ छ ।

यसबारे सोसल मिडियामा सरकारको व्यापक आलोचना भइरहेको छ । एक राजनीति विश्लेषक उज्ज्वल प्रसाईंले सरकारी व्यवहार ज्ञानेन्द्र शाहको व्यवहारभन्दा फरक नभएको टिप्पणी गर्दै नयाँ राजाको उदय भएको हो कि भनी प्रश्न गरेका छन् । उनले लेखेका छन् : जनआान्दोलन २ मा पुलिसको कुटाइले घाइते भएका आन्दोलनकारीको उपचार गर्दै हिँड्ने एक विदेशी डाक्टरलाई देश निकाला गरेका थिए हैन ज्ञानेन्द्रले ? अहिले केही महत्वपूर्ण प्रश्नसहित आफ्ना फरक मत राख्ने एक विदेशी नागरिकलाई निकाला गरे खड्गप्रसादले । (साभार: इसमताबाट)

डा. ज्योति रायमाझी ।
२०७३ बैशाख १७ । हालको आधुनिक र अप्राकृतिक जीवनशैली, खानपान, वातावरणीय प्रदूषण एवं विविध रसायनका कारण विश्वका वयस्कमात्रै नभएर यौवनावस्थाका महिलासमेत स्तन क्यान्सरको सिकार हुन थालिसकेका छन्।

पश्चिमी राष्ट्रहरू अझ भनौ विकसित मुलुकमा त प्रत्येक आठ महिलामध्ये एकलाई स्तनसम्बन्धी कुनै न कुनै जटिलता देखा पर्नु निश्चय नै भयावह स्थिति भएको स्वीकार्नुभन्दा अर्को विकल्प छैन। एसियाली महिलामा चाहिँ प्रत्येक २२ जनामा एकजनालाई उक्त समस्या देखा पर्ने गरेको तथ्यांक उपलब्ध छ।

स्तन क्यान्सर कुनै पनि उमेरसमूहका महिलाहरूलाई हुन सक्छ। तर पनि बढ्दो उमेरका महिला नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमै यस रोगको सिकार हुन थालेका छन्। महिलामा हुने क्यान्सर रोगमध्ये पहिलो पाठेघरको मुखको क्यान्सर रहेको छ भने दोस्रो स्तन क्यान्सर नै हो। संख्याका हिसाबले हेर्दा नेपालमा क्यान्सरका कारण मृत्यु हुने महिलामा स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा रहेको छ। रोग लागेपछि विशेषज्ञ चिकित्सक कहाँ बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति आइपर्नुको प्रमुख कारण हो। 

रोगीलाई जब रोगले ग्रस्त पार्छ, त्यसपछि मात्रै बिरामीहरू चिकित्सककहाँ जाने गर्छन्, जुनबेला क्यान्सर रोग फैलिइसकेको वा दोस्रो÷तेस्रो श्रेणीमा पुगिसकेको हुन्छ। त्यस अवस्थामा पुग्दा सफल उपचार सम्भव नहुन पनि सक्छ, यदि भइहाले पनि बिरामीलाई धेरै समय बचाउनै सकिँदैन।

बिरामीहरू रोगको प्रारम्भिक अवस्थामै विशेषज्ञ चिकित्सककहाँ पुग्ने हो भने धेरै भन्दा धेरै रोगीको सफल उपचार सम्भव हुन्छ। तिनको स्तन काटेर फ्याक्नुपर्ने अवस्था आइपर्दैन, उपचार खर्च कम हुन्छ र अमूल्य जीवनसमेत बचाउन सकिन्छ।

नेपालमा बढ्दो उमेरका युवतीहरूसमेत यस समस्याबाट पीडित हुने गरेको पाइनु निश्चय नै चिन्ताको विषय हो। युवतीमा उक्त रोगले तीव्र रूपमा आक्रमण गर्ने गरेको पाइएको छ। आश्चर्यको कुरा त यो छ कि स्तन क्यान्सर केवल महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गरेको छ। रोगी जनसंख्यामध्ये करिब एक प्रतिशत पुरुषलाई सो रोग लागेको पाइन्छ। रोगका कारणमध्ये पाँचदेखि १० प्रतिशत वंशानुगत देखिएका छन् भने ९० प्रतिशत चाहिँ रोगको पारिवारिक इतिहास भएको कारणले हुने गरेको देखिन्छ।

रोगका लक्षणहरू
करिब ६० देखि ८० प्रतिशत महिला आफ्नो जीवनकालमा क्यान्सर नभए पनि स्तनसम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित हुने गरेको पाइएको छ।

स्तन क्यान्सरको सुरुसुरुको अवस्थामा बिरामीले सामान्यतया कुनै लक्षणको अनुभव गर्न सक्दैनन्। त्यस कारणले नै सबै महिलाले नियमित पहिले आफैंले आफ्नो स्तनको परीक्षण गर्ने र कुनै शंका भएमा त्यसपछि विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु अत्यन्तै महत्वको विषय हुनेछ। जब स्तन क्यान्सर बढ्दै जान्छ, तब लक्षणहरू देखा पर्न सक्छन्। लक्षणहरूमध्ये केही निम्न छन्:

- कुनै एक वा दुवै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरू आउने
- कुनै एक वा दुवै स्तनको आकार प्रकारमा परिवर्तन हुने
- स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने, छालाको अल्सर हुने
- स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रङ परिवर्तन हुने
- स्तनको मुन्टो वरिपरि वा मुन्टो मै स-साना घाउ÷खटिरा÷बिमिराहरू देखा पर्ने
- स्तनको मुन्टो पहिलेको भन्दा फरक रूपमा देखा पर्ने वा मुन्टो स्तनभित्र धस्सिने आदि।
- अकस्मात शारीरिक तौल घट्ने
- शरीरका हड्डीहरू दुख्ने

स्तन क्यान्सर महिलामा हुने क्यान्सरहरूमध्ये दोस्रो र क्यान्सरकै कारण हुने महिला मृत्युको पनि दोस्रो ठूलो कारण रहेको छ। धेरै महिलाले सर्वप्रथम थाहा पाउने स्तनसम्बन्धी समस्यामध्ये स्तन वा काखीमा आउने नदुख्ने गिर्खा÷कडा डल्लाहरू नै हुन्। 

४० वर्षमुनिका महिलामा ८०-९० प्रतिशत गिर्खाहरू क्यान्सर नहुन सक्छन् भने ४० वर्ष माथिका महिलामा ती गिर्खाहरू क्यान्सरकै लक्षण हुन सक्ने सम्भावना बढी हुन्छ। तर सबै महिला स्तन क्यान्सरको जोखिममा भने रहेकै हुन्छन्। 

लक्षणप्रतिको बेवास्ता, जनचेतनाको कमी र प्रभावकारी रोग निदान योजनाको अभावका कारण एसियाली महिला रोगको पछिल्लो अवस्थामा मात्रै चिकित्सककहाँ पुग्ने हुँदा मृत्युदर एकदमै ज्यादा हुने गरेको छ।

तसर्थ, २० देखि ४० वर्षका महिलाले स्तनको नियमित स्वयं परीक्षण गर्नुका साथै प्रत्येक दुई-तीन वर्षमा विशेषज्ञ चिकित्सकबाट जाँच गराउनु बुद्धिमानी हुनेछ। ४० वर्ष माथिका महिलालाई बर्सेनि स्क्रिनि· म्यामोग्रामका साथ विशेषज्ञ चिकित्सकसँगको परामर्श अपरिहार्य छ। समयमै रोग पत्ता लाग्दा सफल उपचारका साथ स्तन बचाउनुका साथै अमूल्य जीवन गुम्नबाट पनि बचाउन सकिन्छ।

आफैं स्तन परीक्षण गर्ने तरिका

१) २० वर्षमाथिका हरेक महिलाले महिनावारी भएको ५-७ दिनमा परीक्षण गर्ने।
२) महिनावारी सुकेको र गर्भवती महिलाले हरेक महिनाको एउटै गते ÷दिनमा परीक्षण गर्ने।
३) आफ्नो स्तनको बारेमा थाहा पाउने जसले गर्दा सानोतिनो परिवर्तनमा आफू जानकार हुन सकियोस्।
४) परीक्षण हरेक महिना अनिवार्य रूपमा गर्ने।
५) परीक्षणका लागि जम्मा जम्मी १० मिनेट लाग्ने हुँदा अल्छी गर्ने वा हेलचेक्रयाइ गर्ने बानी हटाउने।

तरिका
क) पहिलो तरिका
१) ऐना अगाडि बसेर कमरमा हात राखेर आफ्नो स्तन परीक्षण गर्ने
२) स्तनको आकार, प्रकार एकनास छ छैन परीक्षण गर्ने
३) गिर्खा छ, छैन परीक्षण गर्ने
४) स्तनको मुन्टोभित्र गएको छ, छैन परीक्षण गर्ने
५) छालाको रङमा फरक छ छैन हेर्ने, सुन्तलाको जस्तो रङ छ छैन हेर्ने।
ख) दोस्रो तरिका
दुवै हातमाथि उचालेर हेर्ने, दुवै स्तन एक प्रकार र किसिमले माथि जान्छ कि जाँदैन भनेर जमिनमा पल्टिएर पनि हेर्ने।
ग) तेस्रो तरिका
अनि बायाँ हातले दायाँ र दायाँले बायाँपट्टिको स्तनको मुन्टो वरिपरिबाट पूरै स्तन छाम्ने। फोटोमा देखाए जस्तैः
घ) चौथो तरिका
अनि काखीमुनि छाम्ने
ङ) पाँचौ तरिका
स्तनको मुन्टो निचोरेर पीप, रगत वा पानी आएको छ छैन हेर्ने

माथिका जाँचहरू गर्दा यदि गिर्खा फेला परेमा स्तनसम्बन्धी विशेषज्ञ शल्य चिकित्सक कहाँ गई विशेष परीक्षण गराउने।

क्लिनिकल परीक्षण

रेडियोलोजीकल परीक्षण, भिडियो एक्स-रे, म्यामोग्राम, एमआरआई, टिस्यु डायग्नोसिस, एफएनएसी, बायोप्सी आदि गराउँदा रोगबारे यकिन गर्न सकिने हुन्छ। तसर्थ अनुभवी शल्यचिकित्सकको सल्लाह-सुझावमा ती परीक्षणहरू गराउनु वाञ्छनीय हुन्छ।

विशेषज्ञबाट स्तन परीक्षण र सुझाव

- ४० वर्ष माथिका महिलाको हरेक वर्ष कम्तीमा एक पटक गरिन्छ।
- २०-४० वर्षका महिलाका लागि हरेक तीन वर्षमा कम्तीमा एक पटक जाँच गर्नुपर्छ।
- बढी जोखिमको संकेत भएका महिलाका लागि अरूभन्दा चाँडै यो किसिमको जाँच गरिन्छ।
- यो विशेषज्ञ चिकित्सकबाट मात्र गरिने परीक्षण हो।

म्यामोग्राम कहिले गरिन्छ ?

- ३५ वर्षभन्दा माथिका उमेरसमूहका महिलाका लागि मात्र यो जाँच गरिन्छ।
- ४० वर्षमाथिका महिलाको लागि हरेक वर्ष एक पटक गर्नुपर्छ।
- अति जोखिम भएका महिला जस्तै जसको परिवारमा यो किसिमको रोग भएको इतिहास छ, उनीहरूका लागि अरू महिलाको तुलनामा बढी गर्नुपर्ने सक्छ।

यो जाँचको माध्यमले ८५ प्रतिशत क्यान्सर पत्ता लगाउन सकिने हुँदा यो अत्यन्तै महत्वपूर्ण जाँच हो।

यसले पाँच मिलिमिटरसम्मको अर्थात् चामलको दाना जत्रो क्यान्सरयुक्त ट्युमर पनि पत्ता लगाउन सक्छ र यस्तो अवस्थामा पत्ता लाग्दा स्तन जोगाउन सकिने त निश्चितै हुन्छ र बिना किमोथेरापी बाँच्ने समय ९७ देखि १०० प्रतिशत बिरामीमा पाँच वर्ष या बढी हुन सक्छ।

एसियाली महिलामा पश्चिमी देशका महिलाका दाँजोमा यो रोग निश्चित रूपमा कम हुने गरेको पाइएता पनि रोगसम्बन्धी ज्ञान नभएकोले हाम्रोजस्तो देशमा महिला यो रोगको विकसित अवस्थामा अथवा यो रोग फैलिसकेको अवस्थामा मात्रै डाक्टरको सल्लाह लिन आउँछन्।

त्यसैले यो रोगसँग लड्ने तरिका भनेको नै रोगसम्बन्धी ज्ञान आर्जन गर्ने, नियमित आफ्नो स्तन परीक्षणका साथ नियमित म्यामोग्राम परीक्षण र विशेषज्ञद्वारा स्तन परीक्षण नै हो।

रोगसम्बन्धी आवश्यक जनचेतनाको विकास होस् भनेर हामीले नर्भिकमा नियमित रूपमा रोग परीक्षण शिविरहरू सञ्चालन गर्ने/गराउने, आफ्नो स्तन आफैंले कसरी जाँच्ने, जीवनशैलीमा कस्तो र कसरी सुधार ल्याउने, खानपान कस्तो हुनुपर्ने, नियमित गर्नुपर्ने व्यायाम कस्तो, कति र कसरी गर्ने आदि बारे पनि बिरामीहरूलाई आवश्यक सरसल्लाह/सुझाव दिने गर्दै आएका छौं।

ती प्रक्रियाहरूले पनि समयमै रोग पत्ता लगाउन धेरै हदसम्म मद्दत गर्ने हुँदा तिनको अनुसरण गर्नु अति आवश्यक हुन्छ। किनकि रोग लागि अथाहा धनराशिका साथ रोगको उपचार गराउनुभन्दा रोग लााग्नै नदिनु अति उत्तम हो। रोक्न सकिने रोग लागी अकालमै ज्यान गुमाउनुभन्दा भविष्य सुरक्षित पार्नु अझ उत्तम हो। (अन्नपूर्ण पोष्टबाट साभार) 

नयाँ अपडेट

पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • प्रितीफन्टबाट युनिकोडमा रुपान्तर गर्नुहोस्
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • सम्पर्क ठेगाना दिदै सृजना पठाउन अनुरोध
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • (no title)
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • पुमा (राई) जाति तथा संस्कृति : एक परिचय
  • पुमा राईका भाषा, धर्म र संस्कारहरु
अभिलेखालय
  • ▼  2025 (1)
    • ▼  December 2025 (1)
      •  
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |